२०८३, भाद्र २९ गते

२०८३, भाद्र २९ गते

यातायात व्यवसायीद्वारा प्रधानमन्त्री उद्धार कोषमा रू १ लाख ११ हजार सहयोग

मंगलवार , भाद्र २३, २०८३

भाद्र २३, काठमाडौं

भोटेकोशी  नदीमा आएको विनासकारी बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै एन.वि. मनकामना माई यातायात प्रा. लि.ले राहत तथा उद्धार कार्यका लागि आर्थिक सहयोगको घोषणा गरेको छ। बाढीबाट प्रभावित आम नागरिक, यातायात व्यवसायी तथा मजदुरहरूको घाउमा मल्हम लगाउने उद्देश्यले कम्पनीले रू.१,११,७५१/- (एक लाख एघार हजार सात सय एकाउन्न रुपैयाँ) सहयोग प्रदान गरेको हो।

Cheque Badhi Pidit Sahayog.png
undefined

​गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको थियो। बाढीले सर्वसाधारण नागरिकका साथै यातायात व्यवसायी, यातायात मजदुर तथा सवारी साधन र अन्य भौतिक संरचनाहरूमा धेरै ठूलो क्षती पुर्‍याएको छ।

​प्राकृतिक विपत्तिको यस कठिन घडीमा मानवीय उत्तरदायित्व वहन गर्दै एन.वि. मनकामना माई यातायात प्रा. लि.का अध्यक्ष नर बहादुर रानाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, बालकुमारी, ललितपुरलाई एक औपचारिक पत्र र चेक हस्तान्तरण गर्नुभएको छ। उक्त पत्रमार्फत रिलायन्स फाइनान्स लिमिटेडको चेक महासंघमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी हस्तान्तरण गरिएको जानकारी गराइएको छ।

​बाढीपीडितहरूसँग ऐक्यबद्धता जनाउँदै अध्यक्ष रानाले संकटको बेला सबै क्षेत्रबाट एकजुट भई सहयोग गर्नुपर्ने बताउनुभयो। यो सानो सहयोगले बाढी प्रभावित क्षेत्रमा सञ्चालन भइरहेका राहत तथा उद्धार कार्यमा केही हदसम्म भए पनि सकारात्मक योगदान पुग्ने विश्वास कम्पनीले लिएको छ ।

Letter 123.jpeg
undefined