२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

जय कार्कीको कविता-हड्ताल

कविता-हड्ताल

सोमवार , जेठ ११, २०८३

जय कार्कीको कविता-हड्ताल

रहर छैन हामीलाई हड्तालमा उत्रिन
तर हातको हतकडि तोड्ने औधि रहर छ
कालो कानुनलाई धुजाधुजा पार्ने रहर छ
भोकभोकै काममा जोतिएर,
तिम्रो नाफा कैयौं गुणा बढाउँन मन छैन ।
हामीलाई पसिनाको मूल्य खोज्ने रहर जागेको छ
हामीलाई युनियनमा लाग्ने रहर जागेको छ
हाम्रो हक खोस्नेका विरुद्ध जुझ्ने उपदै्र भोक जागेको छ
तिमीले अवैध भनेको हड्ताल
पटक पटक गर्न मन लागेको छ ।
हडताल हाम्रो प्यारो अन्तिम अश्त्र हो
थाहा छ मुर्ख तिमीलाई ? घोत्लिएर सोच एकपटक
तिमीले पुज्ने देउताले पनि चलाउँथे अन्तिम अश्त्र
कान खोलेर सुन
जब तिमीले घेराबन्दि गरी हाम्रो प्राण हर्न खोज्छौ
के बैध के अबैध गरिन्छ हड्ताल
जाबो नोकरी खुस्किए खुस्कियोस
हामी धावा बोल्न छोड्दैनौ
आधुनिक गुलामी विरुद्ध लड्नलाई
हड्ताल गर्न छोड्दैनौ
जबसम्म हाम्रो अधिकार फिर्ता पाउँदैनौ
जायज माग पूरा गराउँन हडतालमा उत्रिन्छौं
हडताल हाम्रो प्यारो हतियार हो
हडताल हाम्रो तोपगोला हो
हड्ताल हाम्रो मिसाइल हो
आधुनिक सर्बहाराबर्गले रुचाउँने
मजदुरबर्गले सहजै चलाउँने
तिम्रो छलकपट र कानुनी दाउपेचलाई
धुजाधुजा पार्ने
हाम्रो जीवनको रक्षाकवच हो
हड्ताल !
……………………………
२०७७ साल असोज २१ गते
जोरपाटी
काठमाण्डौ