२०८३, भाद्र २९ गते

२०८३, भाद्र २९ गते

मनाङको डना हिमतालको तत्काल सर्वेक्षण गर्न सरकारसँग ने.क.पा. का  नेता  देव गुरुङको माग

आइतवार , भाद्र २१, २०८३

 “ग्लोबल वार्मिङले गर्दा हिउँ पग्लिने र तालको सतह बढ्ने क्रम जारी छ। अतः यो हिमताल जोखिममा रहेको भनेर विगतमा त्यहाँ स्थलगत भ्रमण गर्नेहरूले बताउने गरिरहेका छन्।” - नेता देव गुरुङ
 
ने.क.पा. का  नेता  गुरुङले मनाङको नासों गाउँपालिका–२ मा अवस्थित ‘डना हिमताल’को अवस्था जोखिमपूर्ण बन्दै गएको भन्दै तत्काल अध्ययन तथा वैज्ञानिक सर्वेक्षण गर्न सरकारसँग माग गरेका छन्।
विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) का कारण तालमा पानीको सतह बढ्दै गएकाले तल्लो तटीय क्षेत्र ठूलो जोखिममा परेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता गुरुङले तालको भौगोलिक अवस्था र सम्भावित विपद्बारे विस्तृत विवरण प्रस्तुत गरेका छन्।
उनका अनुसार मर्स्याङ्दी नदीको किनारमा १८५० मिटर उचाइमा रहेको धारापानीबाट पूर्वतर्फ मर्स्याङ्दीको शाखा डना खोला बगेको छ। सोही डना खोलाको मूल स्थान करिब १३ किलोमिटरको दूरी तथा करिब ४७०० मिटरको उचाइमा डना हिमताल अवस्थित छ।
 
dana khola.jpg
undefined
मनास्लु हिमालको उत्तर-पश्चिमी फेदीमा उत्तर-पश्चिमदेखि दक्षिण-पूर्वतर्फ लाम्चो आकारमा फैलिएको उक्त तालको लम्बाइ ३२०० मिटर र चौडाइ ३५४ मिटर रहेको देखिन्छ। तालको पूर्वतर्फ करिब ३ देखि ४ किलोमिटर लम्बाइ र आधा किलोमिटर चौडाइ क्षेत्र हिमतालले ढाकेको छ।
बढ्दो तापक्रमका कारण हिउँ पग्लिएर तालको सतह निरन्तर बढिरहेको उल्लेख गर्दै गुरुङले लेखेका छन्, “ग्लोबल वार्मिङले गर्दा हिउँ पग्लिने र तालको सतह बढ्ने क्रम जारी छ। अतः यो हिमताल जोखिममा रहेको भनेर विगतमा त्यहाँ स्थलगत भ्रमण गर्नेहरूले बताउने गरिरहेका छन्।”
तालको हालसम्म कुनै आधिकारिक र भरपर्दो प्राविधिक सर्वेक्षण नहुँदा मर्स्याङ्दी नदी किनारका तल्लो तटवर्ती क्षेत्रहरू निरन्तर जोखिममा परेको उनको भनाइ छ।
सम्भावित हिमताल विस्फोटबाट हुन सक्ने ठूलो जनधनको क्षति रोक्न पूर्वतयारी आवश्यक रहेको औँल्याउँदै महासचिव गुरुङले डना तालको वास्तविक जोखिमको स्थिति पत्ता लगाउन अविलम्ब विशेषज्ञ टोली खटाएर सर्वेक्षण गर्न नेपाल सरकारसँग जोडदार माग गरेका छन्।