२०८३, आश्विन ४ गते

२०८३, आश्विन ४ गते

तरपनि म लेख्ने छु-रूपेशकुमार सिंह

कविता

आइतवार , आश्विन ४, २०८३

कविता: तरपनि म लेख्ने छु- रूपेशकुमार सिंह, भावानुवादः जय कार्की

उनले भने-
न लेख
मैले भने-
“लेख्छु”
उनले भने-
अरूको जस्तै लेख
मैले भने-
“म जनताको बारेमा लेख्छु
उनिहरुमाथी भैरहेको
दमन शोषण बारे लेख्छु।”
उनले भने-
जेलमा जाकीदिंछू
मैले भने-
“तर पनि लेख्छु”
उनले मतिर ख़ाली चेक फाल्दै भने-
यो चेकमा जती चाहिंछ लेख
र लेख्न बंद ग़र-
“मैले त्यो चेक अश्विकार गर्दै भने
मेरो कलम बिकाऊ होईंन ।”
त्यसपछि उसले मुरमुरीदई भन्यो
त्यसो भए जेलमैं सड़-
मैले भने
“म जेलमा पनि लेखिरहँछु”
 
  • रूपेशकुमार सिंह
  • भावानुवादः जय कार्की