भ्लादिमिर उल्यानोभले (लेनिन छद्म नाम निक्कै पछि राखेको हो यो नाम नै प्रशिद्ध भयो) बसन्तको सन १८९१, समारा
मार्गः भाग २
मृत्युदण्ड दिइएको क्रान्तिकारीको भाई स्वयं क्रान्तिकारी संघर्षको मार्गमा अग्रसर र आफ्नो जीवनको पहिलो निर्वासनको सँजाय भोग्नु भएको भ्लादिमिर उल्यानोभले(लेनिन छद्म नाम निक्कै पछि राखेको हो यो नाम नै प्रशिद्ध भयो) बसन्तको सन १८९१ मा निबेदन पत्र दिनु भएको उहाँलाई प्राइभेट विद्यार्थीको रुपमा पिटर्सबर्ग विश्वविद्यालयको विधि संकायको परीक्षामा सामेल हुन माग गरिएको थियो । निवेदनपत्रको साथमा फोटो पनि नत्थी गरेको थियो ।
उनन्तीस वर्ष बितिसकेछ ।
सन १९२० को गर्मीयाममा लेनिन पेत्रोग्राद आउनु भयो । यो निभा नदीको किनारामा थियो यो नगरसित उहाँको अन्तिम भेट थियो । संगीत गुंजिरहेको थियो । उत्सवको वातावरण थियो र नगरले झण्डा, ब्यानर र नाराहरुले कम्युनिष्ट इन्टरनेशनलको दोश्रो महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुको स्वागत गरिरहेको थियो । क्रान्तिकारी मान्छेहरु सोेभियत रुसबाट सिक्न आएका थिए कि विजय कसरी प्राप्त गर्न सकिन्छ । पुष्प, अभिनन्दन र आलिङ्गनको क्रम सकिने छाँट आएको थिएन । उरित्सकी दरबारको हल खचाखच भरिएको थियो, भाषण गर्ने मन्चमा लेनिन उभिनु भएको थियो । कोही अपरिचित फोटोग्राफरले उनको भाषण गरिरहेको फोटो खिचिरहेका थिए । क्रान्तिकारीको कठिन मार्ग चुन्ने व्यक्तिको जीवनको यो कति हर्षमय तथा सुखद क्षण थियो ।
यी दुई चित्रको वीच तीन दशकभन्दा कमको अन्तर रहेको छ ।
तस्बिरमाः लेनिन कोमिंटर्नको दोश्रो काँग्रेसमा रिपोर्ट प्रस्तुत गर्दै । सन १९२०, १९ जुलाई पेत्रोग्राद । लेनिन उरित्स्की प्रासादको प्रांगढमा कोमिन्टर्नको दोश्रो काँग्रेसको प्रतिनिधिहरुकासाथमा
यो अवधिमा लेनिनले एक वर्षभन्दा बढि जेलको कालकोठरीमा, तीन वर्ष निर्वासनमा र लगभग पन्द्र वर्ष प्रवासमा काट्नु परेको थियो । उहाँले आफ्नो पहिलो महत्वपूर्ण रचना रुसमा पूँजिवादको विकास जेलमा लेख्न प्रारम्भ गर्नु भएको थियो । त्यो लेखि सक्नुभयो साइबेरियामा । शुशून्स्कोये गाउँमा, अलिअलि उज्यालो छिर्ने झ्याल र मट्टितेलको ल्याम्प भएको झुप्रोमा उहाँले एक दर्जन भन्दा बढि रचनाहरु लेख्नु भयो । त्यसपश्चात जब साईबेरियाबाट फर्किनु भयो, त्यसपछि भने अखिल रुसी क्रान्तिकारी मजदुर अखबार ईस्क्रा प्रकाशन गर्ने तयारीमा जुट्नु भयो ।
अचेलका कठघराभन्दा बाहिर हेर्दा प्रष्ट देख्न सकिन्छ, लेनिन र क्रान्ति लेनिनको जीवन र क्रान्तिको इतिहास एक अर्कासित कति अटुट रुपबाट गाँसिएका छन् । लेनिनको जन्म महिना अप्रिलको केही घटनाहरुलाई स्मरण गरौं । अप्रिलमा वहाँ काहाँ हुनुहुन्थ्यो ? भन्नु पर्दैन होला मानिस कुन वर्ष आफ्नो जन्म दिन कहाँ र कसरी मनाउँछ केही हदसम्म यसबाट उसको सारा जीवनको बारेमा जान्न सकिन्छ ।
लेनिन अप्रिल १९०१ म म्युनिखमा, अप्रिल १९०२ मा र अप्रिल १९०३ मा लण्डनमा ईस्क्राको प्रकाशनमा व्यस्त हुनुहुन्थ्यो । अप्रिल १९०५ मा जेनेभामा पार्टी (रुसी सामाजिक जनवादी मजदुर पार्टी)को तेश्रो काँग्रेसलाई निर्देशन गर्नमा बित्यो । अघिल्लो अप्रिलमा उहाँ स्टकहोममा हुनुहुन्थ्योः त्याहाँ पार्टीको चौथो (एकीकरण) काँग्रेस चलिरहेको थियो । अप्रिल १९०७ मा उहाँ पाँचौं पार्टी काँग्रेसको तयारीमा व्यस्त हुनुहुन्थ्यो । २२ अप्रिल १९१२ मा उहाँ एक पत्रमार्फत सोध्नु हुन्छ मजदुरहरुको बहुप्रतिक्षित समाचारपत्र प्राभ्दा कहिले निस्केला ः दैनिक प्रकाशनको बारेमा चाडैभन्दा चाँडै सूचित गर्नु होला । यसको आकार कस्तो हुन्छ ? लेख कति ठूलोसम्म पठाउन सकिन्छ ? र अन्तमा, सन १९१७ को अप्रिलमा पेत्रोग्राद फिर्ता हुनुभयो । त्यसको लगतै महान अक्टुबर समाजवादी क्रान्ति र विश्वको प्रथम समाजवादी राज्यको निर्माणको वर्ष आइहाल्यो । उहाँको लगभग हरेक जन्मदिन सोभियत सरकारको मिटिंगहरुको अध्यक्षता गर्दैमा समय गुज्रिन्थ्यो ।
बिरामीले थलिंदा पनि लेनिन पहिले जत्तिक्कै काम गरिरहनु भयो । नातागोता आफन्तहरुले आफ्नो हिफाजत गर्न अनुरोध गर्दथे तर उहाँको उत्तर हुन्थ्योः “मसित अरु केही छैन।” यी शब्दहरुमा अपसोच या भाग्यको बारे शिकायत खोज्ने कोशिश नगरियोस । लेनिन मात्रै त्यही भनिरहनु भएको थियो जुन वास्तविक थियो । उहाँले आफ्नो जीवनलाई क्रान्तिसित जोड्नु भएको थियोः क्रान्तिको ढुक्ढुकी उहाँको ढुक्ढुकी थियो र क्रान्तिको भाग्य नै उहाँको भाग्य थियो ।
लेनिनको विषयमा जर्मन कम्युनिष्ट पार्टीकी नेतृ क्लारा जेट्किन भन्नुहुन्छः
" लेनिनको शक्ति उहाँको स्पष्ट चिन्तन, अकाट्य तर्क एवम् सुसंगत नीतिमा रहेको छ । उहाँको शब्द यस्तरी निस्कन्छन् कि जसरी अनगढ प्रस्तर खण्ड त्यो हो , उहाँले आफैमा पूर्ण समष्टिको निर्माण गर्नुभएको छ । लेनिन झिलिमिलि पार्न र बहकिन चाहानु हुन्नथ्यो उहाँ केवल विश्वस्त पार्न चहानु हुन्थ्यो । यस विषयमा उहाँ सफल रहनु भयो र यो नै उहाँको आकर्षण हो ।"
-
जय कार्की माघ १० गते २०८० साल
-
लेनिन शब्दचित्रप्रगति प्रकाशन मास्को १९८७
-
हिन्दी अनुवादः बुद्धिप्रसाद उपाध्यायरुसी अंग्रेजी अनुवाद येगोर याकोभ्लेभ
- Lenin’s Portrait: A Few More Touches.