“ स्रमजीबी जनताहरु ज्ञानका निम्ति किन तिर्खाएका छन भने भने उनिहरुलाई जितको आवश्यकता छ। दस जनामध्ये नौ जना श्रमजीवी जनताले मुक्तिको आफ़नो संघर्षका लाग़ि ज्ञान एक अस्त्र हो भन्ने बोध गरेका छन, शिक्षाको अभावले गर्दा उनिहरु असफल भएका हुन भन्ने बोध गरेका छन, शिक्षाको अभावले गर्दा उनिहरु असफल भएका हुन भन्ने अनुभवगरेका छन र अब शिक्षाका लाग़ि सबलाई वास्तवमा रुपले बाटो दिनु उनिहरुमा नै भर पर्छ ।”
- लेनिन यसै पुस्तकको पेज १०५ बाट
भ्ला.इ. लेनिनकी पत्नी क्रूपसकाया
“ समाजबादको निर्माणको अर्थ बिशालकाय कारख़ाना र मिलहरूको निर्माण गर्नु होईन। यी क़ुरा आवश्यक छन, तर समाजवादको निर्माण यत्तिले मात्र हुनै सकतैन । मानिसका दिमागहरु र हृदयहरुको विकास पनि आवश्यक हुंछ । अनि प्रत्येक व्यक्तिको यस वैक्तिक उन्नतिको आधारमा अंततोगत्वा एऊटा त्यस्तो नयाँ किसिमको बलशाली समाजवादी सामूहिक इच्छा सृष्टिगर्न आवश्यक हुंछ जस्को “ म” र “हामी” अभिन्न रुपले मिलेर एकाकार हुन सकुन ।यस किसिमको सामूहिक इच्छाको बिकास गहिरो बैचारिक एकता र त्यत्तिक़ै गहिरो पारस्परिक सौहार्द्र भाव एवं आपसी समझदारीको आधारमा मात्र गर्न सकिंछ ।”
- भ्ला.इ. लेनिनकी पत्नी क्रूपसकाया यसै पुस्तकको पेज १०४ बाट
यो “अक्टूबर क्रांति शतवार्षिकी स्मारिका” पुस्तकमा रूसी समाजवादी क्रांति अर्थात् अक्टूबर क्रांतिका विषयमा नेपाल, अमेरिका, बंगलादेश र भारतका मुर्धन्य समाजवादी लेखक, ट्रेड यूनियन अगुवा तथा समाजवादी विश्लेषकहरुको वैचारिक लेख़हरू समावेश गरिएको प्रस्ट छ।
अपत्य शर्मा, डा. अमर गिरी, आनंद सिंह, कृष्णदास श्रेस्ठ, घनश्याम शर्मा पौडेल, जय कार्की, दीपेन्द्र बहादुर क्षेत्री,धनकुमारी सुनार, निनु चापागाई, प्रभाष घोष( भारत), प्रमोद धिताल, डा. महेश मास्के, मोहनबिक्रम सिंह, मोहनवैद्य किरण, रमेश सुनुवार, रोशन जनकपुरी, लोककृष्ण भट्टराई, बिनोदखण्ड तिमिल्सिना, शशिप्रकाश (भारत), श्याम श्रेस्ठ, समाजवादी पार्टी बांग्लादेश, सरिता तिवारी, स्वनाम साथी र स्टीफ़ेन माइकसेलका कालजयी लेख तथा विश्लेषणहरुको संग्रहसहित दस्तावेज र समाचार खण्ड मिलाएर महान अक्टूबर क्रांतिको सांगोपांगो पुस्तक ४०० पेजको रहेको छ । यस्को मूल्य रु. ५०१ रहेको छ ।
पुस्तक अक्टूबर समाजवादी क्रांतिको एक शताब्दीको दस्ताबेज नै भन्न सुहाऊंछ । पठनीय मात्र होईन की समाजबादी ज्ञानको लाग़ि अत्यंत महत्वपूर्ण सैद्धांतिक पुस्तक हो- “ अक्टूबर क्रांति शतवार्षिकी स्मारिका” पुस्तक।
अक्टूबर क्रांति शतवार्षिकी स्मारिका समितिद्वारा प्रकाशन गरेको यो पुस्तकको प्रधान सम्पादक निनु चापागाई हुनुहुंछ भने सम्पादकहरूमा घनश्याम शर्मा पौडेल, मात्रिका पोखरेल र शरद पौडेल हुनुहुंछ । यो पुस्तकको प्रकाशन २०७७ साल कार्तिक महिनामा भएको हो ।
यो अमूल्य पुस्तक “अक्टूबर क्रांति शतवार्षिकी स्मारिका” सबैभन्दा उपयोगी समाजवादी आन्दोलनमा लागि रहेका पार्टीहरु, ट्रेड युनियनहरु, युवा संगठन, महिला संगठन, किसान संगठन, विद्यार्थी, बुद्धिजीविवर्ग, जनजाति आदिवासी, दलित, बिस्तारबाद- साम्राज्यवाद विरोधी तथा अत्याचार, शोषण, दमन र न्यायका खातिर लडिरहेका हरेक समूह , विचारक तथा हरेक मानिसको लागि बर्दान सावित हुनेछ । समाजवादि क्रांति बुझ्ने र बुझाऊने यो भंदा सरल र गहन पुस्तक बिरलै होलान । यत्ति पढ़ेपछि अबशय थाहा हुनेछ नेपालको समाजबादी तथा साम्यबादी पार्टीहरुको राजनीतिक चरित्र र व्यवहारिक पक्षको सही चित्र ।
अक्टूबर क्रांति शतवार्षिकी स्मारिका प्रकाशन समितिका संयोजक तथा प्रधान सम्पादक निनु चापागाई सदस्यहरु- किसन शर्मा, घनश्याम शर्मा पौडेल, तुलसीदास महर्जन, मात्रिका पोखरेल, मुरारी अर्याल, बिनोद लोहनी, शंकर दुलाल, शंकर पौडेल, शारदारमण नेपाल र शिव फुयांलको अथक प्रयत्नका कारणले नै यो समाजबादी आंदोलनको माइलस्टोन पुस्तक प्रकाशन भएक़ो हो ।
यसक़ो लाग़ि कम्युनिस्ट नेता तथा जनताका प्यारा साथी “कामरेड स्वनाम साथी” को सराहनीय तथा अभिभावकिय भूमिका रहेको थियो