अखिल नेपाल ट्रेड युनियन महासंघ यही बैशाख ३१ गतेका दिन हुन गैरहेको स्थानीय सरकारको निर्वाचनमा नेकपा माओवादी केन्द्रको घोषित नीति र कार्यक्रमलाई आत्मासात गर्दै निर्वाचनमा हेलिए लगतै आज चैत्र २६ गतेका दिन कामाडौको दरबारमार्गबाट नेकपा माओवादी केन्द्रलाई जिताउँन अपिल गर्दै भब्य र्यालीको आयोजना गरेको छ । र्यालीको नेतृत्व अन्टुफ अध्यक्ष जगत सिम्खडा,उपाध्यक्ष धनबहादुर बि.क. उषा देबकोटा, महासचिव सालिकराम काफ्ले , महिला कमिटी अध्यक्ष बिष्णुथापा तथा पेसागत संगठका अध्यक्षहरुले गरेका थिए ।
जस्को नीति उसको नेतृत्व,
गाउँघर जाउँ, माओवादीलाई जिताऔं,
ब्यवस्था बदल्यौं , अवस्था बदल्न माओवादीलाई केन्द्रलाई भोट,
१३३ मई दिवस सफल पारौं,
सामाजिक सुरक्षा लागू गर,
दफा १४५ खारेज गर,
महंगीको आधारमा तलब बृद्धि गर,
मजदूर आयोग गठन,
आठ घन्टे कार्य दिन लागू गर,
संसारका मजदूर एक हौं
जस्ता नाराले शहर गुन्जायमान भएको थियो । जुलुशको समापन सुन्धारामा भव्य आमसभासहित सम्पन्न भएको थियो । एकाविहानै निस्केको गर्मी यामको जुलुशमा सिमसिम पानी परेकोले अझ उत्साह थपेको थियो ।
र्यालीमा मजदुर समश्यालाई जसरी उठाईएको छ त्यसरी नै राजनैतिक परिवर्तनको आकाँक्षालाई पनि उठाएको छ ।

[video width="640" height="368" mp4="https://www.communistonline.com/wp-content/uploads/2022/04/video-1649490552.mp4"][/video]
[video width="640" height="368" mp4="https://www.communistonline.com/wp-content/uploads/2022/04/video-1649490608.mp4"][/video]