माक्सिम गोर्की (मार्च २८, १८६८- सन १९३६ को जुन १८)
"केही लेखक विश्लेषकहरुले गोर्कीको अरु कृतिहरुलाई महान भनि आमा उपन्यासलाई ओझेलमा पार्ने धृष्टता गर्दछन् र कहिले कहिं आमा त उपन्यास नै होइन पनि भन्दछन् । यसो भन्नु मलाई भने पटक्कै उचित विश्लेषण गरे जस्तो लाग्दैन । गोर्कीलाई महान बनाउँने उपन्यास नै आमा हो । यो उपन्यासको लेनिनले खुलेर प्रशंसा गर्नु भएको थियो ।"
सोभियत लेखक अलेक्सेई माक्सिमोभिच पेश्कोभको जन्म मार्च २८, १८६८ मा भएको थियो । उहाँ खासमा माक्सिम गोर्कीको नामले शुप्रशिद्ध हुनुहुन्छ । गोर्कीले नै समाजवादी यथार्थवादी साहित्य लेखनको गठन गर्नु भएको थियो । साथै उहाँ समाजवादको प्रखर समर्थक र प्रचारक पनि हुनुहुन्थ्यो । गजबको कुरा त के छ भने नोबेल पुरस्कारको लागि उहाँ पाँच पटक छनौटमा पर्नु भएको थियो तर पुरस्कार भने समाजवादी भएकै कारणले दिन अस्विकार गरेको देखिन्छ ।
झण्डै १५ वर्षको उमेरमा लेखन कार्यमा उहाँले सफलता पाईसकेपछि बारम्बार काममा भने परिवर्तन गरिरहनु भयो र रुसी साम्राज्यभरिको यात्रा गर्नुभयो । यो घुमन्तु जीवनले उहाँलाई सारै मजबुत र जीवन र जगतको यथार्थसित परिचय गरायो । उहाँको सबै कृतिहरु निकै चर्चित छन तर आमा सबैभन्दा चर्चित उपन्यास हो । त्यसरी नै उहाँको जीवनका बारेमा लेख्नुभएको मेरो बाल्यकाल, मेरो विश्व विद्यालय,मान्छेको माझमा, तलछट, समरफल्क, हुरी चरा पेत्रेलको कथा लगायतका सबै कृति अत्यन्तै चर्चित रहेका छन् । उहाँ रुसमा समाजवादको स्थापना भैसकेपछि लेनिनसितको मतभेद र उपचारको लागि इटलीको काप्रीमा गएर बस्नु भएको थियो । त्यतिखेर लेखेको कथाहरु चर्चित रहेका छन् । सन १९३२ मा इटलीबाट जोसेफस्टालिनको निमण्त्रणा पुनः सोभयत संघ फिर्ता हुनुभएको थियो भने सन १९३६ को जुन १८ का दिन उहाँको निधन भएको थियो ।
भि.आई लेनिन र साहित्यकार माक्सिम गोर्की
गोर्की प्रख्यात साहित्यकार लिओ टल्सटय नाटककार तथा कथाकार आन्तोन चेखभसितको घनिष्ठ सम्बन्ध थियो ।
गोर्कीका थुप्रै नाटकहरु, निबन्ध,कथाहरु र उपन्यास नेपाली भाषामा प्रकाशित भएका छन् । तर सबैभन्दा चर्चाको शिखरमा रहेको "आमा" उपन्यास नै हो । नेपाली श्रमजीविबर्गलाई समाजवादी आन्दोलनप्रति विश्वास गर्न, आस्था जगाउँन र बिचार निर्माण गरी संगठित पार्न धेरै ठूलो भूमिका
"आमा" उपन्यासले नै खेलेको हो ।
साहित्यकार माक्सिम गोर्की
केही लेखक विश्लेषकहरुले गोर्कीको अरु कृतिहरुलाई महान भनि आमा उपन्यासलाई ओझेलमा पार्ने धृष्टता गर्दछन् र कहिले कहिं
आमा त उपन्यास नै होइन पनि भन्दछन् । यसो भन्नु मलाई भने पटक्कै उचित विश्लेषण गरे जस्तो लाग्दैन । गोर्कीलाई महान बनाउँने उपन्यास नै आमा हो । यो उपन्यासको लेनिनले खुलेर प्रशंसा गर्नु भएको थियो ।विश्वको श्रमजीवी आन्दोलन अहिले पनि
आमा उपन्यासले निर्देशित गरेको समाजवादी मार्गदर्शनकै वरिपरि त्यसले कोरेको मजदुर आन्दोलनको रुपरेखामा घुमिरहेको छ ।
गोर्कीसंग भएको एक वार्तालापको सिलसिलामा लेनिनले "आमा" उपन्यासबारे भन्नु भएको थियो, जरुरी पुस्तक हो, धेरै मजदूरहरु क्रान्तिकारी आन्दोलनमा सजग रुपमा नभएर स्वतःस्फूर्त रुपमा भाग लिँदै थिए । अब आमा उपन्यास पढेर उनीहरुले निकै फाइदा उठाउँने छन् ...अति समयनुकूल पुस्तक हो यो ।
- रुसी साहित्यकार माक्सिम गोर्कीलाई विश्व चर्चित एबम् अमर अजर, अटल बनाउने मजदुर आन्दोलन र समाजवादी आन्दोलनलाई जोड्ने उपन्यास नै आमा हो ।
माक्सिम गोर्कीले केही समय अमेरिकामा पनि बिताउँनु भएको थियो । लेनिनले नै उहाँलाई समाजवादको प्रचार प्रशार र आन्दोलनको लागि आर्थिक संकलनका गर्न पठाउँनु भएको थियो भनिएको छ । अमेरिका बसाईमा उहाँले थु्रप्रै लेखक कलाकार, मजदुर नेताहरु, खानीमा काम गर्ने मजदुरहरु, पत्रकारहरुसित भेटघाट गर्नु भएको थियो । त्यसैताका उहाँले न्युयोर्क शहर र त्यहाँकी स्वतन्त्रताकी देबीको स्टाचुलाई गतिलो ब्यंग्य कस्तै लेख लेख्नु भएको छ ।
अमेरिकी पत्रकारिताप्रति त्यत्तिकै जोडको दनाका दिनु भएको छ । भने अमेरिकाले कालाजाति माथि गरेको विभेद,दमन र आतंकबारे अमेरिकाको सातो उडाउँनु भएको छ । अमेरिका बसाई कति पिडादायी रह्यो भनि उहाँले दर्जनौ दर्जन पत्र लेखेर आफ्नी श्रीमती र रुसी लेखक साहित्यकारहरुलाई पत्रमार्फत बताउँनु भएको छ ।
ती पत्रहरुमा अमेरिकाले उहाँलाई हण्डर दियो भनि बताउँनुभएको छ ।
अमेरिका बसाईको क्रममा लेख्नु भएको पुस्तक जस्ले स्टाचु अफ लिबर्टीले अमेरिकी प्रजातन्त्रलाई नराम्ररी गिज्याएको माक्सिम गोर्कीले प्रमाणित गर्नु भएको छ
उहाँको जीवनमा आधारित यी दुई डकुमेन्ट्री निकै महत्वपूर्ण लागेकोले यहाँ पोष्ट गरेका छौं । धन्यवाद।
https://youtu.be/jVJU0qCT5LE
यहाँ गोर्कीको मेरो विश्वविद्यालय पुस्तकबाट मिजासिला मानिसहरुको विषयमा व्यक्त भएको संक्षिप्त सम्बालाई एक उद्धहरण प्रस्तुत गरिएको छ । यो उहाँको भनाई भन्दा पनि दुई पात्रवीच भैरहेको सम्बादको खास अंश मात्र हो ।
" नरम मिजासका मानिसहरु सबभन्दा बढी मापाका हुन्छन् त्यसमा पनि पूजापाठ गर्नेहरु त अति खतरणाक हुन्छन् । खरो मिजासको मान्छेसित डराउनु पर्ने खण्ड आईपर्दैन । ऊ टाढैबाट देखिन्छ र उसबाट यथासमयमै बच्न सकिन्छ । तर मिजासिलो मान्छे गोमन सर्प जस्तै हुन्छ । त्यो देख्दै नदेखिने गरी घाँसमा लुकिरहेको हुन्छ र अपर्झट त्यसैले मर्मस्थलमा नै डसिदिन्छ । यस्तै मिजासिलाबाट म भयभित रहन्छु।"
दुन्किन मुझ वास्तवमा सही कुरा गर्दै थियो, यद्यपि ऊ स्वयं नै विनम्र थियो र खुबै छट्टु पनि थियो । ऊ मेदनिकोभको विश्वासपात्र थियो र एक–एक कुरा सुटुक्क मालिकलाई सुनाउँथ्यो।
- माक्सिम गोर्कीः मेरा विश्वविद्यालयहरु
पेज नम्बर १००
रादुगा प्रकाशन मास्को
" कहिले कहिं म के सोच्न पुग्थे भने विनम्र मान्छेहरु जीवनरुपी पत्थरको मुटुमा उम्रेका यस्ता लेउ हुन् जस्ले उस्लाई बढी मुलायम र उर्वर बनाई दिन्छ । परन्तु अक्सर विनयशीलहरुको चालामाला हेर्दा, नीचताप्रति उनीहरुको धूर्ततापूर्ण संलग्नता, उनीहरुको आत्मा दुर्गाह्य चञ्चलता र लचकपना, अनि उनीहरुको झ्याउलाग्दो गुनगुनाहट देख्ता भने उनीहरुको माझमा म आफूलाई त्यस्तै अनुभव गर्थें जस्तो डाँसहरुको माझमा त्यस घोडाले गर्छ जसका गोडाहरु बाँधिएका हुन्छन् । प्रहरीकाहाँबाट निस्केपछि मेरो मथिङ्गलमा यस्तै विचारले घर जमाई रहेको थियो ।"
- माक्सिम गोर्कीः मेरा विश्वविद्यालयहरु
पेज नम्बर १०१
रादुगा प्रकाशन मास्को
https://youtu.be/f3khg7SRfcI?t=17
लेनिनको संस्मरण गर्दै गोर्की यसो भन्नुहुन्छ:
मप्रति उहाँको स्वभाव कठोर परामर्शदाता र एक दयालु भरपूर ख्याल राख्ने मित्रकोे जस्तो थियो ।
एक दिन उहाँले मजाक गर्दै भन्नुभयो “तपाई अचम्मको मान्छे हुनुहुन्छ । साहित्यमा त गजबको यथार्थवादी लाग्नुहुन्छ । परन्तु जहाँसम्म जनताको सम्बन्ध छ, भावुकतावादी हुनुहुन्छ । तपाईंको सोचाई छ कि सब इतिहासको शिकार हुन, होइन त ? हामीले इतिहासलाई बुझेका छौं र त्यसको शिकार हुनेवालालाई भन्छौंः
उखालेर फालिदिउँ पूजा बेदिहरुलाई , तोडफोड गरिदिउँ मन्दिरहरुलाई र लखेटि दिउँ देउताहरुलाई । फेरी पनि तपाई मलाई विश्वास दिलाउन चहानुहुन्छ कि मजदुर वर्गको जुझारु पार्टी प्रथम तथा सर्वोपरी बुद्धिजीविहरुको जीवन आरामदायी बनाउनको लागि कर्तव्यबद्ध छन् ।”
हुन सक्छ , मेरो बुझाई गलत पनि हुनसक्छ, परन्तु मलाई लाग्यो कि इलिच मसंग विचारविमर्श गर्न सार्थक मान्नु हुन्थ्यो ।
उहाँले करिब करिब हरेक पटक आग्रह गर्नुहुन्थ्यो “अझै पनि यहा आउनुभयो भने मलाई फोन अवश्य गर्नु होला । हामी बसेर कुराकानी गर्नुपर्दछ ।”
एउटा आर्को मौकामा उहाँले भन्नुभयो :
“तपाईसित विचार–विमर्श गर्न संधै रमाइलो लाग्छ । तपाईको विचार भावहरुको परिधि निकै व्यापक र ठूलो छ ।”
उहाँले मसित बुद्धिजीविहरुको भावनाहरुको बारे– विद्धानहरुको बारेमा खास जोड दिएर सोध्नुभयो, त्यो समय अ.व. खलातोव र म, दुबै व्यक्ति “विद्यानहरुको लागि अवस्थाहरु सुधार गर्ने सम्बन्धमा समिति”मा काम गरिरहेका थियौं । भ्लादिमिर इल्यीचको सर्वहारा साहित्यमा पनि दिलचस्पी थियो ।
“यसबाट तपाईं कुनै चीजको आशा गरिरहनुभएको छ ?”
मैले भने मलाई उनीबाट ठूलो आशा छ, परन्तु म महशुस गरिरहेको छु, एक साहित्य कलेज खोल्नु निकै आवश्यक छ जोसित भाषा शास्त्र, पूर्व तथा पश्चिमको विदेशी भाषाहरु, लोक साहित्य, विश्व साहित्यको इतिहासबाट सम्बोधित शाखाहरु होस तथा रुसी साहित्यको इतिहासको एक अलग विभाग होस ।
“हुँ, उहाँ आँखा झिमिक्क गर्दै मुस्कुराउँदै बोल्नुभयो । यो त निक्कै व्यापक तथा आँखालाई तिरिमिरी पार्ने कुरा हो । यो व्यापक हुनुपर्दछ, यो क्षेत्रमा हाम्रो एउटा पनि आफ्ना प्रोफेशर छैनन् । जहाँसम्म पुँजिवादी प्रोफेशरहरुको प्रश्न छ, तपाईं कल्पना गर्नसक्नुहुन्छ कि तिनले स्वयं हामीलाई कस्तो किसिमको इतिहास देलान् …हुँदैन, यतिबेला यो विषय हाम्रो बुता भन्दा बाहिरको विषय हो । हामीले लगभग तीन, शायद पाँच बर्षसमम प्रतीक्षा गर्नु पर्ने हुन्छ ।”
फेरी उहाँ निक्कै विषद भरिएको ढंगले बोल्नुु भयोः
“मसित पढ्नको लागि समय नै छैन ।”
लेनिन देम्यान बेद्नीको पुस्तकको प्रचारात्मक महत्वमाथि पटक पटक जोड दिनु हुन्थ्यो, परन्तु साथै यो पनि भन्नुहुन्थ्यो ।
“त्यो केही अपक्व छ । उनले पाठकको अनुसरण गरेकाछन्, जबकी उनले अझ अघि बढ्नु आवश्यक छ ।”
माक्सिम गोर्की: भ्लादिमिर इल्यिच लेनिन एक साहित्यिक आकृतिचित्रबाट