२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

क्युबाली कम्युनिष्ट पार्टीको आठौं महाधिवेशन सम्पन्न. प्रथम महासचिवमा राष्ट्रपति मिगुएल डियाज केनल सर्बसम्मत तस्बिरमा (भिडिओ) सहित

शुक्रवार , बैशाख १०, २०७८

यही अप्रिल १९ का दिन समाजबादी क्युबामा सो पार्टीको आठौं महाधिवेशनले बर्तमान राष्ट्रपति मिगुएल डियाज कयानेल बर्मुदेजलाइ प्रथम महासचिबमा चुनेको छ । यसभन्दा सो पार्टीको महासचिब फिडेल क्यास्ट्रो र त्यसपछि राउल क्यास्ट्रो चुनिनु भएको थियो । महाधिवेशनले १४ सदसीय पोलिटब्युरो पनि गठन गरेको छ । आठौं महाधिवेशनलाई सम्बोधन गर्दै राष्ट्रपतिले समाजवादी क्रान्तिलाई निरन्तरता दिइरहने, आर्थिक सम्बृद्धिका लागि नयाँ कदम चाल्ने तर समाजवादभित्रबाटै खोज्ने बताएका छन् । उनले अमेरिकाबाट ९० किलो मिटरको फासलामा रहेको क्युबाले सही बाटो अप्नाएकोले जनताको अपार विश्वास हाँसिल गरेकोले उस्ले क्युबालाई सिध्याउँन आर्थिक नाकाबन्दी लगायत आतंबवादी हमला गरेपनि असफल रहेको बताएका छन् । बिगत ६० बर्षदेखि क्युबाले अमेरिकी आर्थिक नाकाबन्दी झेलिरहेको छ । समजवादभित्रको आार्थिक,राजनीतिक, साँस्कृतिक, बिज्ञान तथा स्वास्थ्य, सुरक्षा, खेलकुद, क्षेत्र लगायत सम्पूर्ण समाजवादी आधारहरु तयार गर्नुपर्दछ, नत्र साम्राज्यवादले टिक्न दिंदैन भनेका छन । त्यसकालागि क्युबाले आधार तयार गरी विकासको चरणमा फड्को मारिसकेको पनि उनको तर्क छ । क्युबाली क्रान्तिका नायकहरु सबैको हरदम सम्मान गरिरहने र रिटायर भएपनि सम्मानमा कुनै कमी हुन नदिने पनि उनको योजना रहेको छ । उनको आधा जसो भाषणमा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रो र राउल क्यास्ट्रो र चेग्वाभाराको क्रान्तिप्रतिको देनको विषयमा चर्चा गरेका थिए ।       https://youtu.be/wvSBxSTtFWM?list=TLGGrZThrIik2kIyMzA0MjAyMQ