२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

विश्वविख्यात साहित्यकार माक्सिम गोर्कीको उथलपुथलकारी जीवन यात्राबारे- जय कार्की

शुक्रवार , भाद्र १२, २०७७

♦ विश्व सर्वहारावर्गका महान नेता तथा विचारक भ्लादिमिर इलिच लेनिन र विश्व साहित्यकार रुसी महान साहित्यकार माक्सिम गोर्की गहन छलफलमा व्यस्त रहँदाको एउटा दृश्यको पेन्टिङ सोभियत संघका महान साहित्यकार अलेक्सेइ माक्सिमोभिच गोर्कीको जीवनी आँधितुफानमय मात्र थिएन । सबैभन्दा सालिन र भद्र पनि थियो उपद्र्याह र हजुर बाउको पिटाई खाईरहनेमात्र थिएन । सबैभन्दा गएगुज्रेको जीवन संघर्ष र फोहोरको डंकुर र हिलोमा फक्रिएका कहिल्यै नमासिने सर्वहाराबर्गका सबैभन्दा शिखर ब्यक्तित्व थिए । अहिले पनि विश्व साहित्य उनले कोरेको राजमार्गमा द्रुत गतिमा अघि बढिरहेको छ र बढिरहने छ । हाम्रा अगुवाहरुले कम्युनिष्ट आन्दोलनका बारेमा अनेकौं पटक प्रशिक्षण लिएपनि उनिहरुले प्रयोग गरेका शब्दहरु नबुझेर यो स्तम्भकार निक्कै अक्मकिएको थियो । तर गोर्कीको आमा उपन्यास पढेपछि आफु टे«ड युनियन आन्दोलनमा आकर्षित भई कम्युनिष्ट भएको थिएँ । रुसको समाजवादी अक्टोबर क्रान्तिमा यो महान कृति "आमा" ले मजदुरहरुलाई आन्दोलित गरी जारसाही सत्ताालाई संधैको लागि उखालेर फ्याँकी लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गरेको थियो । समीक्षकहरु भन्छन गोर्कीको लेख रचनाहरुले सिधै आमूल परिवर्तनको ठाडो प्रशिक्षण नदिएर उनीहरुको समश्यालाई उधिनेर प्रकाश पारिदिने र त्यसपछि उनीहरु आफै आन्दोलन खोज्दै जाने र परिर्वतनको बाटोमा लागेको पाइन्छ । गोर्की प्रगतिवादी साहित्यको सबैभन्दा विशाल स्तम्भ हुनुहुन्छ । गोर्कीको जन्म सन १८२८ को मार्च २८ का दिन निझ्नी नोभ्गोरोद(गोर्की शहर)मा भएको थियो भने सन १९३६ को जुन महिनामा दिबंगत हुनुभएको थियो । पाँच वर्षको हुँदा हैजाको कारण पिताको मृत्यु भएको थियो भने आमाले दोश्रो विवाह गरेकी थिईन । तर, आमाको मृत्युपश्चात मावली घरमा हजुर आमाले पालन पोषणको लागि लगेकी थिइन । माक्सिम गोर्कीको उपन्यास आमालाई संसारभरीको सबैभन्दा चर्चित उपन्यासकोरुपमा सम्मान गरिएको भएतापनि एकथरी समीक्षकहरु भने यसलाई उपन्यासकोरुपमा गन्ति गर्नु नहुने र गतिलो उपन्यास होईन बरु पहिलो उपन्यास मकर मकर चुद्र नै गतिलो कृति हो भनि बखेडा झिक्न लालायित देखिएका थिए । त्यतिमात्र होईन आधा दर्जन पटक नोबेल साहित्य पुरस्कारको लागि सिफारिस भएतापनि यथार्थादी समाजवादी तथा प्रगतिवादी धाराको लेखक भएकै कारण गोर्की सो पुरस्कारबाट बंचित भएका थिए । मावली आर्थिक अवस्था झन झन विग्रदै गएपछि उनको जीवन सडकछाप हुन पुगेको थियो । उनको सक्कली जीवनगाथा र पढाई यहींबाट प्रारम्भ भइ सुबिख्यात हुनु भएको थियो । मेरो बाल्यजीवन, मान्छेको माझमा र मेरो विश्वविद्यालय उनको जीवनमा आधारित पुस्तकहरु हुन । ♦ एकातेरिना पेश्कोभा र माक्सिम गोकी एकातेरिना पेश्कोभा(१८७८—१९६५) सामारा (१९३५ देखि कुइनिशेभ नगर) को कुलिन पावेल वोस्झिनको पुत्री । उच्च माध्यमिक परीक्षामा स्वर्णपदक प्राप्त गरेर समारास्काया गजेता(समारा समाचारपत्र) मा काम गर्न थालिन । त्यहीं गोर्कीसित परिचय भयो र सन १८९६ मा दुवैजना प्रणयसूत्रमा वांधिए । पेश्कोभाले निझ्नी नोवगोरोद (१९३२ वाट गोर्की नगर) को क्रान्तिकारी तथा सार्वजनिक जीवनमा तथा रेडक्रसको कामा सक्रिय भाग लिइन् । सन १९०४ मा गोर्कीसित उनको सम्वन्ध विच्छेद भयो । परन्तु जीवनपर्यन्त दुवै वीच मित्रता कायमै रह्यो । एकातेरिना पेश्कोभाले गोर्कीको वारेमा कयौं संस्करण लेखिन् उनको साहित्यीक धरोहरको प्रकाशनमा भाग लिइन । पेश्कोभाको नाममा गोर्कीको लगभग ६ सय पत्र प्रकाशित भएका छन्। मैले धेरै अघि सस्मरण पढ्नेक्रममा प्रगति प्रकाशन सोभियत संघबाट प्रकाशित माक्सिम गोर्कीको सस्मरण ग्रन्थ हिन्दीबाट अनुवाद गरेको हो । पेश्कोभा गोर्कीको पहिलो श्रीमती हुनुहुन्थ्यो । यो सस्मरण उहाँले नै लेख्नु भएको हो । उहाँहरुको पहिलो भेट सामारामा भएको थियो ।  

गोर्की सामारामा

एकातेरिना पेश्कोभा(१८७८—१९६५ 

♦ एकातेरिना पेश्कोभा र माक्सिम गोर्की सामाराको समय गोर्कीको जीवनको एउटा निकै महत्वपुर्ण समय हो । यहां म गोर्कीको लेखक रुपमा बर्णन गर्दिन—त्यो त साहित्यीक समालोचकको काम हो । वास, यति भन्न चाहान्छु कि सामारास्कया गजेतामा अलेक्सेई माक्सिमोविच गोर्कीले एउटा लेखक र एउटा पत्रकारको रुपमा काम गरे । वस्तुतः सामारामा नै उनी पेशेवर लेखक वने । सामारामा गोर्कीको जीवन तथा उनीसितको मेरो भेटको वारेमा म छोटकरीमा भन्छु । अलेक्सेई माक्सिमोभिच गोर्की १८९५ मा समारा आएका थिए । जव मेरो उनीसित पचिय भयो –जुन १८९५ को मध्येमा) भने उनले भनेका थिए उनी ५ या ६ मार्चमा सामारा आएका थिए र  उनी निझ्नी नोवगोरोदवाट मास्को हुंदै यहां आएका थिए । सामारा पुगेपछि उनी स्टेशनवाट पैदलै सामारास्काया गजेताको अफिसमा आएका थिए । उनीसित सानो सुटकेस थियो । त्यसमा केही कितावहरु र भित्री कपडा एक जोर थियो । सम्पादकीय कार्यालयमा कसैले उनलाई वस्नको लागि कोठा उपलब्ध गराई दिए, जहांसम्म मलाई संझना छ, त्यो मोस्कातेल्नाया सडकमा थियो । अघिल्लो दिन नै अखवारको कार्यालयमा गोर्कीको कुराकानी अलेक्सान्द्रोविच स्मिर्नोबसित भयो, उनी समारास्काया गजेताको लागि लेख्थे । उनलाई गोर्की एउटा रोचक व्यक्ति लाग्यो, दुवैमा मित्रता भैहाल्यो र तुरुन्तै नै स्मिर्नोबले गोर्कीको परिचय मारिया सेर्गेएब्ना र कार्ल कार्लोभिच पोर्जेनसित गराए । मारिया सेर्गेएब्ना पोर्जेनलाई गोर्की निकै मन प¥यो । उनी र उनको छोरी जिनाइदा कार्लोब्ना –अ.अ.स्मिर्नोभको पत्नी) गोर्कीको हेरविचार गर्न थाले । उनीहरुले मारिया सेर्गेएब्नाको भाई दिमित्री सेर्गेएविच किश्किनको घरमा गोर्कीको वस्ने वन्दोवस्त गरिदिए । यहां उनलाई एउटा कोठा दिएको थियो । त्यो थियो त तहखानाको तलामा तर सवैभन्दा फरक र शान्त थियो । गोर्कीको खानापिनाको उनीहरुले आफैले नै बोकेका थिए । गोर्की विरामी अवस्थामा सामारा आएका थिए । उनी भयंकर मानसिक तनाव र तंत्रिकावसादवाट ग्रस्त थिए । राम्रो भयो कि मारिया सेर्गेएब्नालाई उनले गोर्कीलाई आप्mनो परिवारभित्र समावेश गरे र उनको निकै स्याहार गरे । अलेक्सेई माक्सिमोभिच गोर्की कसैको उदारता कहिल्यै भुल्दैनथे । यो हितचिन्ताको आभास्वरुप उनले आफ्नो कथाहरुको दोश्रो खण्ड मारिया सेर्गेएब्नालाई समर्पित गरे । समारास्काया गजेताको सम्पादकीय कार्यालयमा पनि गोर्कीको राम्रै स्वागत भयो । तत्कालीन सम्पादक निकोलाई पेत्रोभिच अशेशोभ र समाचारपत्रको मालिक, प्रकाशक सेम्योन इभानोविच कोस्तोरिन तथा कार्यालयको प्रधान येब्गेनिया सोम्योनोब्ना इभानोभा— सवैले गोर्कीप्रति गहिरो रुची देखाए र उनको खातिरदारीमा ध्यान दिन थाले । अलेक्सेइ माक्सिमोविच गोर्कीसित जव मेरो परिचय भयो, त्यतिखेर उनी अलि स्वस्थ भएका थिए । उनको तंत्रिकातन्त्र अव त्यति तनाव ग्रस्त थिएन । यो त्यो वेलाको कुरा हो जव उनी समारास्काया गजेतामा प्रान्तीय समाचारपत्रको सम्पादकको भूमिकामा केही दिन शीर्षक लेखमाला छपाई रहेका थिए । शुरुमा यसको शीर्षक थियो प्रान्तीय प्रेसको सम्पादकको भूमिकामा केही दिन । प्रत्यक्षतः छापाखानाको कम्पोजिटरहरुलाई यो नाम निकै मनपरेको थियो, अतः हरेक पटक प्रुफमा प्रेस शब्दको ठाउंमा समाचारपत्र शब्द लेख्नुपथ्र्यो । .. विदेशी शब्द उनलाई ज्यादा राम्रो लाग्थ्यो गोर्की हांस्तै भन्थे । मैले जव समाराको उच्च माध्यमिक विद्यालयको पढाई पुरा गरेको मात्रै थिएं । र, समारास्काया गजेताको सम्पादक निकोलाई पेत्रोभिचले मलाई विरामी परेका प्रुफरिडरको ठाउंमा काम गर्नको लागि वोलाएका थिए । पहिलोपटक सम्पादकीय कार्यालयको प्रवेशद्धार छिर्दा मुटुको ढुकढुकी वढिरहेको थियो । ठुलाहरुको संसारमा पाइला राख्ने मौका यो भन्दा पहिले कहिल्यै पाएको थिइन र अव ढोका खोल्ने वित्तिकै मैले खलवली र हलचल सुने । गोर्की कुर्सीमाथि उभिएर संगीत मास्टरले जसरी हात हल्लाई रहेका थिए अरु मानिसहरु एकै श्वरमा मज्जाले विद्यार्थीहरुले गाउने गीत गाईरहेका थिए, मोज गर उमेर छंदै............। मैले डराउंदै पाइला पछि हटाएं र ढोका वन्द गरें, तर अशेशोव दौडदै वाहिर आए र उनले मलाई भने अखवारको कामदार सेर्गेइ गुसेवलाई विदाई भोज दिइरहेका छौं । अशेशोवले मलाई प्रुफ रिडरको कोठामा लिएर गए । मेरो डरको कारणले सवै कामदारहरु अकमक्क परे । त्यसपछि खाजाको साथमा सबैले पिउनेक्रम शुरु भयो । अब नास्तामा समोभार आउन थाल्यो, छापाखानाको एउटा केटा निकिता येगोरिचले तातो तातो फ्रेन्च पाउरोटी, मक्खन र ससेज ल्याउंथ्यो समग्रमा सम्पादकीय कार्यालयको कर्मचारीहरुको साथमा कार्यालयको प्रधान येब्गेनिया सेम्योनोब्ना इवभानोभा र झ्दानोभ छापाखानाको, जहां समारास्काया गजेता छापिन्थ्यो । म्यानेजर इभान आन्द्रेयेभिच कोस्तेरिन पनि खाजाको समयमा आउथे । उनी अखवारको निकै भद्र एवं सज्जन मालिक थिए । उनी माने लिउ आफ्नो मालिकीये हैशियतमाथि संकोच मान्थे । उनी आफ्नो कर्मचारीहरुको हरेक कुरामा ध्यान दिन्थे, गोर्कीसित त उनको छिट्टै नै मित्रता भयो । उनी गोर्कीलाई असाध्यै मान्थे । कहिले कहीं यो खाजा निकै लामो समयसम्म चल्थ्यो । यस्तो त्यतिखेर हुन्थ्यो, जव गोर्की रुसको भ्रमणको दिनहरु बारे आफ्नो अनुभव सुनाउन लाग्थे । उनी यो वताउन शुरु गर्थेकी कस्ता कस्ता मानिसहरु उनले भेटेका थिए । कहिले कहीं इभान आन्द्रेयेभिच गुसेव आफनो किस्सा सुनाउथे । केही किस्साहरुलाई गोर्कीले आफ्नो शब्दचित्रहरुको विषय वनाउथे । तव त्यो दुई ग उपनाम (अर्थात गुसेब—गोर्की) ले यो शब्दचित्र दिन्थे । यसमध्ये एउटा शीर्षक थियो बुलबुल (जुरेली) अर्कोको शीर्षक जहांसम्म मलाई संझना छ आगो, एउटा आर्कोको शीर्षक थियो तीन हजार । https://youtu.be/LIok2AF5t5Q?t=9 सोभियत युनियन रुसका महासचिव स्टालिन र माक्सिम गोर्कीवीचको अंतरंग सम्वाद गोर्की गुसेबको किस्साहरुलाई कहीं अधिक ज्वलन्त र रोचक वनाउंथे । यस्तो शब्दचित्रहरुकोे लागि प्राप्त हुने पारिश्रमिक येब्गेनिया सेम्योनोब्ना पुरै इमान्दारीसित आधा आधा (वरावर) बांडिदिन्थिनः एउटा हिस्सा गोर्कीको खातामा हाल्थिन् र आर्को हिस्सा गुसेवको खातामा हाल्थिन, तर यसो गरिएकोमा उनी राम्रो मान्दैनथे । ती दिनहरुमा अलेक्सेई मक्सिमोभिच गोर्कीको कयौं उपनामहरु थिए ः म. गोर्की, म.ग., अ.प. एक्स, एक एक्स, दोन क्विाइजोट, पास्कारेल्लो र एगुदिल ख्लामिदा । मेलै प्रुफ पढ्न कुनै पेचिलो काम थिएन, छिट्टै सिकिहालें । शूरुमा त मैले दुई दुई दिनमा काम गर्थे । फेरी हप्तामा चार दिन काम गर्न लागें । शुरुको दिन देखि नै मेरो ध्यान यसतर्फ गयो कि अखवारको सवै कर्मचारीहरुमा मात्रै गोर्की नै आफ्नो प्रुफ हेर्न आउनु हुन्थ्यो । उनी निकै ध्यान दिएर पढ्थे, कहिलेकाहीं कुनै शब्द काटेर त्यसको ठाउंमा आर्कोे शब्द लेख्ते, सेंसरको कांटछांट सम्वन्धमा बरबराउथे । जसको कारणले कहिले कहीं पुरै प्यारा नै बेमतलवको हुन्थ्यो । तव उनी त्यो प्यारालाई परिवर्तन गर्थे र त्यसलाई पुनः सेंसरको लागि पठाउंदैन थिए । यसतो फेरवदलको कारणले अखवार प्रकाशक कोस्तेरिनलाई प्राय गरेर सेंसरकोमा जानुपथ्र्यो त्यसको गाली र अखवार वन्द गर्ने धम्की सुन्नुपथ्र्यो । त्यसवेला गोर्कीको समय समारास्काया गजेताको काममा वित्थ्यो । उनी समीक्षाको लागि अखवारको कटिङहरु तयार गर्थे, येगुदिल ख्लामिदा उपनामले समाराको जीवनमा आधारित लेख लेख्थे । प्राय अखवारहरु र सम्पादकीय पत्रको डुंगुरले भरिएको मेचको एकाछेउमा वसेर उनले लेख लेख्नुपथ्र्यो । यसै कुर्सीमा बसेर उनी आगन्तुकहरुसित भेटघाट गर्थे । उनीहरु कहिले आफ्ना शिकायतहरु र कहिले कुनै गडवडीको वारेमा लेखियोस भन्ने अनुरोध लिएर आउथे । कहिले कुनै कारखानामा मजदुरहरु माथि गरेको अत्याचारको खवरमा पढेर मालिक रिसले चुर हुंदै आउंथे । मलाई संझना छ कि गोर्की कति ध्यानले र कति लामो समयसम्म निकिता एगोरिचको कुरा सुन्थे । छापाखानामा काम गर्ने यो झण्डै १२ वर्षको केटा लामो वाहुला भएको गोजीमाथि बाउको बास्कट र गोडामा निकै ठुलो जुत्ता लगाएको हुन्थ्यो । त्यसैले छापाखानावाट प्रुफ लिएर आउथ्यो । गोर्की उसित उसको परिवार र छापाखानामा काम गर्ने अरु केटाहरुको वारेमा सोध्थे । ससेज, डबल रोटी, चिया नखुवाई मात्र उसलाई जानाजान दिदैन थिए । फर्मा सजाउने काम गर्ने गोर्याच्किन नामको मानिससित गोर्कीको कुराकानी मलाई संझना छ । उनी छापाखानाको मजदुरहरुको रहनसहन र खासगरी किसोरहरुको कामको वारेमा वढि ध्यान दिन्थे । प्रुफ रिडिङको कोठामा उनिसित विताएको समयमा नै मैले गोर्कीलाई नजिकवाट चिने र उनीसित प्रेम गर्न थालें । सन १८९६ को नयां वर्षभन्दा केहीदिन अघि गोर्कीको सुझावमा हामीले छापाखानामा काम गर्ने केटाहरु र कम्पोजिटरहरुको वच्चाहरुको लागि सम्पादकीय कार्यालयमा नयां वर्षको रुख सजाइयो । सवै वच्चाहरुको लागि कुर्सी सजाइयो र उनीहरुलाई उपहार प्रदान गरियो । नयां वर्षको सांझ कर्मचारीहरु र अतिथिहरुको लागि रुखमा उज्यालो बालिएको थियो । सवैले फयान्सी ड्रेस शो को जस्तो थरिथरिको पहिरनहरु लगाएको थिए । गोर्कीले एक घुमन्तेको पहिरन लगाएका थिए । उत्सव विहान छ वजेसम्म चलिरहयो । अलेक्सेई माक्सिमोविच गोर्की मलाई घरसम्म छोड्न गए । त्यसैवेला मैले उनलाई वचन दिएं म उनको पत्नी बन्नेछु । मेरो परिवार, खासगरी आमा, मेरो यो निर्णयको विरुद्ध थिइन । आमालाई यसकुराको चिन्ता थियो कि मेरो उमेर कम छ, मलाई जीवनको कुनै अनुभव छैन, गोर्कीले ऐलेसम्म जो यायावरीको जीवन विताएका थिए, त्यसले पनि उनलाई आशंकित गर्दथ्यो । सवैले मलाई भने की मैले हतार नगरुं, राम्ररी सोचविचार गरुं । म राजी भएं । वातावरण परिवर्तनको लागि मलाई जनवरी १८९६ को अन्तमा नातेदारसित पिटर्सवर्ग पठाई दिए । गोर्कीसितको विदाईले मेरो निश्चय अझ निश्चित गरिदियो । पिटर्सवर्गमा मलाई खवर प्राप्त भयो कि पिताजिको पुरानो विमार वढेर आयो । म समारा फर्कें तर उनलाई मृत्युशैयामा पाएं । मेरो अनुपस्थितिमा गोर्की दिनहुं जसो पिताजिसित भेट्न आउथे । घण्टौंसम्म उनको विस्तारा नजिक वसिरहन्थे । दुवैले एक अर्कालाई आदर गर्थे र निकट भएका थिए । ऐले पिताजिले पनि मेरो फैसलालाई मान्नु भयो । पिताजिलाई समाराको ब्सेस्त्यात्स्कोये चिहानमा सहादत गरिएको थियो । हामीले आफ्नो विवाह पतझड (सितम्वर— अक्टुसबर) सम्म स्थगित गर्ने निश्चय ग¥यौं । गोर्कीको लागि नया सम्पादक अ.आ. द्रोबस—द्रोबिशेन्स्कीसित काम गर्न एकपछि आर्को दिन काम गर्न कठिन हुंदै गयो । अतः उनले निझ्नी नोब्गोरोदको प्रदर्शनीमा ओदेस्किए नोवोस्ती (ओदेस्सा समाचार) को विशेष सम्वाददाताकोरुपमा काम गर्ने ब.न. माराकुयेवको प्रस्ताव स्वीकार गरे । मईकोमध्येमा उनी निझ्नी नोव्गोरोद प्रस्थान गरे । त्याहां उनले निझ्जी नोब्गोरोदस्की लितोस्कमा पनि काम गरे । ♦ गोर्की साथीहरुका साथमा प्रदर्शनीवाट आफ्नो रिपोर्टहरुमा उनले यो लेखेकी प्रदर्शनीमा लोककला र शिल्पकलालाई समुचित स्थान प्राप्त भएको छैन र आम मानिसहरुले प्रदर्शनीमा भाग लिइरहेका छैनन् । ओदेस्सामा सेंसर त्यति कडा थिएन । अतः जुन कुरा निझ्नी नोबगोरोदमा कहिल्यै छाप्न सकिन्नथ्यो, त्यो त्यहां छापिन्थ्यो । निझ्नी नोब्गोरोद्स्की लितोस्कमा आफ्नो लेखहरुको लागि गोर्कीलाई प्राय गभरनर बारानोभकोमा हाजिर भई जवाफ दिनु पथ्र्यो । प्रदर्शनी जव सकिनै लागेको थियो, भने बोल्झस्को— काम्स्की क्राई(भोल्गा— कामा अंचल) को सम्पादक मार्चेकोले गोर्कीलाई कजानमा आफ्नो अखवारको लागि काम गर्न निमन्त्रणा दिए । अशेशोव, जो निझे गोरोदस्की लितोस्कमा काम गर्न लागेका थिए, गोर्कीलाई भनेका थिए कि उनी उनकोमा काम गरिरहुन् । उत्ता माराकुयेव ओदेस्कीए नोवोस्ती स्थायी नोकरीको लागि ओदेस्सा जान मनाईरहेका थिए । गोर्की यो सोचमा थिए की १८९६—१८९७ को जाडोमा कांहां काम गर्ने हो । ओदेस्सामा समुद्रको आकर्षण थियो तर साथै यो कुराको डर पनि थियो की उनी ओदेस्कीए नोवोस्तीका ढर्रा वदल्न सक्ने छैनन् । उनले मलाई पत्रमा लेखे कजान र निझ्नी नोब्गोरोदमा एउटा उदार विचार भएको लेखकको रुपमा मेरो नाम वनिरहन्छ, तर ओदेस्सामा मैले त्यसलाई गुमाउने छु । समारामा काम गर्ने कुरा पनि उनी सोचिरहेका थिए, तर समरास्काया गजेतामा जसको सम्पादक द्रोविशेव्स्की थिए, अव काम गर्न चाहिरहेका थिएनन् । आखिरीमा उनले निझ्नी नोब्गोरोदमा वस्ने निर्णय गरे । त्यो वेला गोर्की अखवार छाडेर पत्रिकामा काग गर्ने कुरा पनि सोच्न थालेका थिए । क्रमश:..         माक्सिम गोर्कीबारे युट्यबमा प्राप्त यो सामाग्री निकै महत्वपूर्ण र विरलै प्राप्त सामाग्रीभित्र पर्दछ  https://youtu.be/G-8Yzz2L5LI?t=416