बोलिभियाली जनताका प्यारा राष्ट्रपति इभोमोरालेसको समाजवादी पार्टीको सत्तालाई चुनाव जितिसकेपछि अत्यन्त षडयन्त्रपूर्ण ढंगले अमेरिकी साम्राज्यवादको ताकतमा शैनिकमार्फत अपदस्त गरी देश निकाला गरिएको छ । उनको पक्षमा सिंगो जनमत रहेको छ, तर सेनाको आडमा ठूलो दमन गरि आदिवासी जनताको कट्टर विरोधी एनेजले काम चलाउ राष्टपतिको जिम्मेवारी लिएकी छन । फेरी पनि समाजवादी पार्टी मास (MAS)ले चुनाव जित्ने निश्चित भएपछि समाजवादी पार्टी तोड अभियानमा लागेकी छन । तर जनताले पार्टीप्रति ठूलो समर्थन जनाई इभोमोरालेसको समर्थन गरिहेका छन । अहिलेसम्म काम चलाउ राष्ट्रपतिले तीन तीन पटक निर्वाचन मिति सारेको झोकमा जनप्रिय राष्ट्रपतिलाई कु गरेको वर्ष दिन पुगेको कालो दिनको विरुद्धमा अहिले बोलिभियन जनता ठूलाठूला विरोधका अवरोध कार्यक्रमहरु लिएर सडक संघर्षमा उत्रिरहेका छन ।
बोलिभियाका स्वास्थ्यकर्मीहरु भोक हडतालमा
खाद्यान्नको हाहाकार मच्चिएपछि भोकमारी लाग्न शुरु भएकोले भोकको विरुद्धमा खाद्यान्नको माग गर्दै काम चलाउ सरकारको राजीनामा माग गर्दै सडक आन्दोलनमा उनिहरु उत्रिरहेका छन । त्यसैमध्येको यो भिडिओ क्लिप टेलेसुरबाट कपी गरी प्रस्तुत गरेका छौं । यो आन्दोलनमा सेना, प्रहरी र भाडाका गुण्डाहरुद्धारा आक्रमण गरी हत्या गरेका छन, कैयौंको हत्यासमेत गरिसकेका छन। तर पनि आन्दोलन निरन्तर चलिरहेको छ ।
जनताको पक्षमा उत्रिएका आदिबासी जनताको नारा जुलुश यसप्रकारको छः
आदिबासी जनताको नारा जुलुश यसप्रकारको छः
"कुु"बाट आएकी काम चलाउ राष्ट्रपति एनेज राजीनामा दे
आन्तरिक मन्त्री आर्तुरो मुरिलोको राजीनामा दे
हामीहरुलाई भोकभोकै मार्दैछन,
हामी हट्नेवाला छैनौ,
अन्तिम चरणसम्म लडिरहन्छौं ।
हाम्रा बालबच्चा, हाम्रा विद्यार्थीहरु
भोकमारीमा मरिरहेका छन ।
हामीलाई काम दे
हामीलाई काम दे
एनेज राजीनामा दे
आर्तुरो राजीनामा दे
बोलिभियाका स्वास्थ्यकर्मीहरु पनि भोक हडतालमा उत्रेका छन । उनीहरुले लामो समयदेखि तलब पाएका छैनन् र कोसभड महामारीका लागि आवश्यक पर्ने सुरक्षा सामाग्री पनि उलब्ध गराईएको छैन । यसरी भोक हडतालमा भाग लिएका मागपत्र प्रस्तुत गरेका स्वास्थ्यकर्मीहरु र संचारकर्मीहरुको व्यापक दमनमा सैनिक बल उत्रिरहेको छ ।
https://www.facebook.com/teleSUREnglish/videos/287326732279000/?t=2