२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

तस्बिरमा जटा पोखरी दोलखा जिल्लाको प्रख्यात पर्यटक स्थल-जय कार्की

शुक्रवार , श्रावण ३०, २०७७

यो चर्चित धार्मिक स्थल जटापोखरी रामेछाप र दोलखा जिल्लाको सिमानामा अवस्थित रहेको छ भने समुद्री सतहबाट ४२०० मिटरको उचाईमा पर्दछ । जटापोखरीको समष्टिगतरुप पाँच पोखरी हो । जटा पोखरीको नाम बैरा महादेबको जटाबाट नामाकरण भएको हो कि भनि सहजै अनुमान गर्नसकिन्छ । जटा पोखरी जाँदा दोलखाको सदरमुकाम चरिकोट हुँदै रामेछाप जिल्लाको किर्ने खिम्ती बजार हुँदै सोही जिल्लाको नामाडी, बेताली हुँदै गर्जङसम्म सात घण्टा लामो बसको यात्रा गरी जान सकिन्छ  तर, त्यसपछि भने १० घण्टासम्म पैदल यात्रा नै लाग्नुपर्छ । पैदल यात्रामा अनेकौं प्राकृतिक दृश्यले मनलाई लोभ्याई राख्ने भएकोले थकाईको खासै महशुस हुँदैन ।
जटा पोखरी मेला जहाँ ठूलो स्वर निकालेर सबैले सुन्ने गरि बहिरा महादेबसित मन खोलेर आफुलाई आबश्यक परेको इच्छा (बर्दान) पूरा गर्योस भनी माग गरिन्छ । जबकी अरुले नसुनुन भनेर मन मनै आशीर्वाद माग्ने चलन सर्बत्र चलन छ । तर यहाँका महादेव बहिरा भएको किम्बदन्ती छ ।
हिमालको फेदीमा अवस्थित भएकोले जनैपूणिर्मा देखि तीजको पर्बसम्ममा यहाँ आउने चलन छ ।
जाडो याममा हिउँले ढाक्छ भने गृश्म मौसममा हिउँ पग्लिए पछि अनौठो खालको को चट्टान र हरियाली बुट्ट्यानको मनोरम दृश्य हेर्न पाईन्छ ।
यहाँ एकदम नजिक/ नजिक शुन्दर पाँच वटा हिमाली तालहरु पनि छन । त्यसैले पाँच पोखरी दोलखा जिल्लाको प्रख्यात पर्यटक स्थल  हो । दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट सात घण्टा बसको यात्रा र १० घण्टा पैदल यात्रा गरि जटा पोखरी पुगिन्छ ।
यो क्षेत्र हिमाली जरिबुटिको भण्डार रहेको पनि अखिल नेपाल निर्माण मजदुर संघ दोलखाका अध्यक्ष बिकास फुयालले बताएका छन ।
कोरोना भाइरसको माहामारीको अबस्थामा यस्तो बिकट स्थानमा भक्तहरुको आकर्षण देख्ता एक किसिमको रमाइलो मन भित्र उब्जिरहन्छ ।
                    ♦ बिकास फुयाल   [video width="576" height="320" mp4="https://www.communistonline.com/wp-content/uploads/2020/08/video-1597399281.mp4"][/video]     तस्बिर: बिकास फुयाल, दोलखा जिल्ला चरिकोट सदरमुकाम ।