बाँके । जिल्लामै पहिलो पटक नरैनापुर गाउँपालिकाले स्कुल बस संचालनमा ल्याएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत दुर्गम क्षेत्रका विद्यार्थीहरुको सुविधाकालागि गाउँपालिकाले स्कुल बस संचालनमा ल्याएको हो ।

बाँके क्षेत्र नम्बर १ का संघीय सांसद् महेश्वरजंग गहतराज अथकले गाँउपालिकाले संचालन गरेको स्कुल बसको उद्घाटन गरेका छन । शुक्रबार वडा नम्बर १ कट्कुइँया पुगेर साँसद अथकले स्कुल बस उद्घाटन गरेका हुन । शैक्षिक शुधार गर्न गत आर्थिक बर्ष 2075/076को निर्वाचन क्षेत्र बिकास कोष पनि मा.अथक ले सबै सामुदायिक विद्यालयमै लगानी गरेको मा.अथकले बताउनु भयो ।

उद्घाटन कार्यक्रममा बोल्दै सांसद् अथकले स्कुल बस संचालनपछि सहज स्थितिको सुरुवात भएको बताए । वालवालिकाहरु सुरक्षित तवरले विद्यालय आउन जान सक्ने गरी बस संचालनमा आएको बताउँदै साँसद अथकले आफ्ना वालवालिकाहरुलाई नियमित रुपमा विदालय पठाउन अभिभावकलाई आग्रह गरेका छन ।
नरैनापुरको शैक्षिक विकासका लागि आफू लागिरहेको भन्दै उनले गंगापुरको जय किसान माविलाई नमुना बिद्यालयको रुपमा विकास गर्न प्राविधिक धारको पढाई सुरु गर्ने प्रयास भइरहेको जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षा समग्रविकासको अपरिहार्य आवश्यकता भएकाले गाउँपालिकाको शैक्षिक सुधारको लागि निरन्तर लागेको बताए । विद्यालयमा विद्यार्थीको उपस्थिती संख्या बढाउन स्कुल बस संचालन गरेको शाहले स्पष्ट पारे ।