नेपाली गीत संगीतको क्षेत्रमा विभिन्न प्रकारको गीत संगीतहरु आउने क्रममा एउटा निकै मिठो अनि रमाइलो सेलो गीत भर्खरै मात्रै बजारमा आएको छ ।
कविराज लामाको प्रस्तुति रहेको “स्याजी कान्छी” बोलको यो सेलो जुहारी गीतको म्युजिक भिडियो पनि निकै उत्कृष्ट बनेको छ ।
तुलसी डिजिटल म्युजिकको युट्युव च्यानलबाट सार्वजनिक भएको यो गीतमा चर्चित सेलो गायक विश्व दोङ्ग र सेलो गायिका सुनिता योञ्जनको निकै मन छुने आवाजमा सजिएको छ ।
सुनिता योञ्जनकै निकै उत्कृष्ट शब्द संगीतमा तयार भएको यो गीतको भिडियो पनि निकै उत्कृष्ट बनेको छ। गीतको भिडियोमा चर्चित मोडल सुस्मा मोक्तान सन्जिब ठकुरी सोममाया योञ्जन र कविराज लामाको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।
समिर थोकरको निर्देशनमा तयार भएको भिडियोलाई जितु तमाङले सम्पादक गरेका हुन भने जितु तमाङकै छांयाकन रहेको छ । बिशाल निरौलाको एरेन्ज रहेको छ । यस गीतको भिडियो निर्माण भने तुलसी डिजिटल प्रा लिले गरेको छ ।
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोला ।
[embed]https://youtu.be/6Tk9ZI6mM4Q[/embed]