२०८३, भाद्र ४ गते

२०८३, भाद्र ४ गते

सर्लाहीको हरिवनमा लागू औषधविरुद्ध सर्लाहीमा युवा दौड सम्पन्न

शनिवार , श्रावण ३०, २०८३

लागूऔषधविरुद्ध सर्लाहीमा युवा दौड

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सर्लाहीको हरिवनमा बुधबार बिहान युवा दौड प्रतियोगिता आयोजना गरिएको छ।

सर्लाही युथ फोरमको आयोजनामा भएको प्रतियोगितामा एक सयभन्दा बढी युवा सहभागी भएका थिए। ‘लागूऔषधविरुद्ध हाम्रो दौड’ नारासहित नयाँरोडदेखि हरिवनसम्म दौड आयोजना गरिएको हो।

प्रतियोगितामा अशोककुमार साह प्रथम, विक्रम यादव दोस्रो र आकाश मुखिया तेस्रो भएका छन्। विजेताहरूलाई प्रमाणपत्रसहित क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ।

सर्लाही पछिल्लो समय लागूऔषध सेवनकर्ताको अखडाजस्तै बन्दै गएको भन्दै लागूऔषधविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फोरमकी अध्यक्ष आरती लामाले बताइन्।

‘लागूऔषधले हाम्रा युवाको सिर्जनशीलता मार्दै लगेको छ,’ लामाले भनिन्, ‘युवाहरूलाई स्वस्थ, अनुशासित तथा मानसिक र शारीरिक रूपमा सक्षम बनाउन राज्यले विशेष ध्यान दिनुपर्छ।’

Untitled nm.jpg

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुधबार देशभर विभिन्न कार्यक्रम आयोजना गरिएका छन्। यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ तय गरिएको छ।

युवाको भूमिका र महत्वलाई उजागर गर्ने उद्देश्यले सन् २००० देखि संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ तारिखका दिन अन्तर्राष्ट्रिय युवा दिवस मनाउने गरिन्छ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा १६ देखि ४० वर्ष उमेर समूहको जनसङ्ख्या १ करोड २४ लाख १२ हजार १७३ रहेको छ। यो कुल जनसङ्ख्याको ४२ दशमलव ५६ प्रतिशत हो।

युवा अवस्थालाई मानव जीवनको अत्यधिक जोश, जाँगर, उत्साह र ऊर्जाले भरिपूर्ण उमेर समूहका रूपमा लिइन्छ।