२०८३, भाद्र ४ गते

२०८३, भाद्र ४ गते

फेदेरिको गार्सिया लोर्काको कविता

बुधवार , भाद्र ३, २०८३

" म एक क्रान्तिकारी हुँ, किनभने त्यो सच्चा कवि होइन जो क्रान्तिकारी हुँदैन ।- फेदेरिको गार्सिया लोर्का, स्पेन"

 
प्रख्यात स्पेनि कवि, नाटककार, निर्देशक तथा कलाकार फेदेरिको गार्सिया लोर्काको कविता - सुकेको सुन्तलाको रुखको गीत
 
दाउरा काट्ने बञ्चरे!
मेरो छायाँलाई काट
स्वयंलाई फलहीन हेर्ने यन्त्रणाबाट मुक्त गर
ऐनाहरुबाट घेरिएर मेरो जन्म किन भयो ?
दिनले मेरो परिक्रमा गर्दछ
र रातले आफ्नो हरेक ताराहरुमा
मेरो लागि बन्चरो फेरी बनाउँछन् ।
म, आफैलाई नहेरी
जिवित रहन चाहन्छु
म सपना देख्ने छु
कमिला र गिद्द मेरो
पातहरु र पंक्षीहरु हुन्
दाउरे
मेरो छायाँ काटिदेउ
म आफैलाई फलहीन
हेर्नबाट मुक्त गरिदेउ ।
 
.......................
स्पेनि कवि फेदेरिको गार्सिया लोर्काको कविता
 
अलविदा!
यदि म मरें भने
बालकोनी खुल्ला राखि दिनु
बच्चाहरु सुन्तला खाई रहेका छन्
बालकोनीबाट म उनीहरुलाई हेर्छु
किसान हँसियाले बाली काटी रहेका छन्
उनीहरुलाई म बालकोनीबाट सुनिरहेको छु
यदि मरें भने
बालकोनी खुला छाडि दिनु
..
भावानुवाद जय कार्की
भदौ ७, २०८० साल
 
फेडरिको गार्सिया लोर्का
..........................................
त्यसपछि मेरो हत्या भएको थाहा भयो ।
तिनीहरूले मलाई क्याफे, कब्रिस्तान र चर्चहरूमा खोजे....
तर भेटेनन् ।
तिनीहरूले मलाई कहिल्यै भेटेनन्?
होइन, तिनीहरूले मलाई कहिल्यै भेट्टाएनन्।
..
फ्रांकोको फासिष्ट सेना नेशनल गार्डले मावली दाई र उनलाई सन १९३६ को अगस्त १९ का दिन गिरफ्तार गरेको थियो । त्यसको दुई दिनसम्म चरम यातना दिएर हत्या गरेको थियो ।
(- कविता दायित्वबोधको जुलाई दिसम्बर १९९८ को अंकमा भारतीय लेखक बिष्णु खरेले हिन्दीमा अनुवाद गर्नु भएको थियो ।)
प्रख्यात स्पेनि कवि, नाटककार, निर्देशक तथा कलाकार फेदेरिको गार्सिया लोर्का सन १८९८ मा स्पेनको फुयन्ते भाकुरसको ग्रानाडामा जन्मिएका थिए । उनी २० औैं शताब्दिको स्पेनी कवि, नाटककार तथा पियानोवादककोरुपमा पनि चर्चाको शिखरमा थिए । लोर्काले ग्रानाडाको विश्व विद्यालयमा कानुनको अध्यायन गरेको भए तापनि अध्ययन पूरा नगरी उनि स्पेनको राजधानी म्याड्रिड सन १९१९ मा लेखनको कामलाई अझ तिक्षण बनाउन प्रस्थान गरेका थिए ।
उनी म्याड्रिडमा संस्कृतिको नयाँ धारा अवन्त गार्डको कलाकार मण्डलीमा सामेल भए र उनले त्यहीं विश्व प्रशिद्ध आर्टिस्ट साल्भाडोर डाली र फिल्म निर्देक लुइस बुनेलको निकटतमा पुग्न सफल भएका थिए । यो समूह जेनेरेशन–२७ का नामले निक्कै प्रख्यात थियो । यो समूह अति कल्पनावाद, छायाँवाद भन्दा धेरै फरक रहेको अति यथार्थवादी (सुनिश्चितावाद) लेखन आन्दोलनबाट प्रभावित रहेको थियो ।
लोर्काले आफ्नो जीवनकालमा थुप्रै कविता संग्रह प्रकाशित गरेका थिए । शुरुको संग्रह थियो सन १९१८ मा प्रकाशित कृति इम्प्रेसन्स एण्ड ल्याण्डस्केप्स् । उनको सांगितिक कलामा स्पेनी लोककथा, जिप्सी संस्कृति र अन्दालुसियसको संस्कृतिको छाप परेको थियो ।
त्यसमा गहन गीतभित्र रोमान्चकारी प्रेम तथा दुखान्त पक्षको संयोग रहेको थियो । उनलाई जिप्सी बल्लाड १९२८ ले असाध्य लोकप्रिय बनायो । उनको कृतिमाथि व्यापक आलोचना तथा समीक्षा हुन थाल्यो । त्यसपछि यिनको छबि क्रान्तिकारी बनेको प्रष्ट देखिन्छ ।
 
-भावानुवाद जय कार्की
भदौ ७, २०८० साल