२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

ओत्तो रेने कास्तिलोको कविता- अराजनीतिक बुद्धिजीबीसित

ओत्तो-रेने-कास्तिलोको-कविता

सोमवार , बैशाख ८, २०८२

ग्वाटेमालाका क्रान्तिकारी कविओत्तो रेने कास्तिलो- अराजनीतिक बुद्धिजीबीसित/ भावानुबाद :जय कार्की
  • जय कार्की

ओत्तो रेने कास्तिलोको कविता : अराजनीतिक बुद्धिजीबीसित


एक दिन जनताको 
सबभन्दा मामूली मान्छेले
यो देशको 
अराजनीतिक 
बुद्धिजीबिसित 
द्व्वादस गर्नेछ 
उस्ले सोध्ने छ 
तिमीले के त्यस्तो के काम गर्यौ 
जुनबेला देश बिस्तारै बिस्तारै बर्बाद भइरहेको थियो,
धिमा गतिमा सल्कि रहेको चिताको 
लास झैं निर्बल र एक्लै।
यो मामूली एबम् एक्लो मानिसले
सोध्ने छैन तिमीलाई
तिम्रो पोशाकको बारेमा ।
खाना खाईसकेपछी 
अपरान्हको तिम्रो लामो आरामको बारेमा 
जान्न कोही इच्छुक छैनन् ।
“ दर्शन केही पनि होइन” सित 
तिमीहरुको बाँझो लडाइँका बारेमा 
तिम्रो समृद्ध आर्थिक बुझाईको बारेमा 
कसैले पनि ध्यान ध्यान दिएका छैनन्।

कसैले पनि सोध्ने छैनन् तिमीलाई 
ग्रीक मिथकको बारेमा 
अथवा तिम्रोे आत्म(घृणाको बारेमा 
तिमीहरुमध्ये कोही मर्दैछन–
कायरहरुको मृत्यु ।
तिमीसित कसैले पनि सोध्ने छैनन् 
तिमीहरुको मतलबहीन 
स्पस्टिकरणको बारेमा । 
प्रष्ट छ त्यस्लाई झुठो छायाँले छेकिरहेको छ   
र त्यो दिन 
सबभन्दा मामूली मानिस आउनेछन्
तिनीहरुको कतै चर्चा छैन
अराजनीतिक बुद्धिजीबिहरुको 
ती किताब र कविताहरुमा ।
तर उनीहरुले हरेक दिन पुर्याउँथे 
तिनीहरुका लागि तौर्तिलिया (खाजा) र अन्डा, 
तिनीले उनिहरुको लुगा रफ्फु गरेका थिए
उनीहरुले तिनीहरुको सबारी बाहन हाँकेका थिए
कुकुर र बगैंचाको हेरचाह गरेका थिए
र ती मामुली मानिसले उनीहरुको लागि श्रम गरेका थिए।
र अब उनीहरुले सोध्ने छन्– 
के गर्यौ तिमीहरुले गरिबहरु भोकभोकै मरिरहँदा, 
जुन बेला उनीहरुको कोमलता र जिन्दगी भित्रभित्रै डढिरहेको थियो 
मेरो मधुर देशको अराजनीतिक बुद्धिजीविहरु हो, 
तिमीहरुले केही जबाफ दिन सक्ने छैनौ। 
गिद्धले तिमीहरुको आन्द्रा चपाउने छ। 
तिमीहरुको त्योे दुर्गतिले आत्मा पोल्नेछ 
लाजले भुतुक्क मरेतुल्य हुनेछौ तिमीहरु । 


सन्दर्भ सामाग्रीहरुः


१. आह्वान् क्याम्पस टाइम्स, जनवरी(मार्च २००६  
२. दिगम्बर, मजदुर बिगूलबाट


 भावानुबादस् जय कार्की 
२०८२ साल बैशाख ४ गते