ग्वाटेमालाका क्रान्तिकारी कवि ओत्तो रेने कास्तिलो
"स्वतन्त्रता"
तिम्रो लागि हामीले
हाम्रो छालामा कैयौं सुम्ला सहेका छौं
उभिदा उभिदै पनि हामी मृत्यु नापभित्र छिर्दैनौ
स्वतन्त्रता आत्माबाट निस्केको नाजुक सासमात्र होइन
वास्तवमा यो छालाको साहस पनि हो ।
यसको अथाह बिस्तारको हरेक मिलिमिटरमा
तिम्रो नाम लेखिएको छ : "स्वतन्त्रता" ।
ती यन्त्रणा झेलेका हातरुमा; शोकको कारण अचम्भित ति खुलेका आखामा ।
गर्वले चम्किलो बनेको निधारमा ।
त्यो छातिमा जहाँ जीवट ब्यक्ति हामीभित्र महान बन्दछ।
स्वयंमा गर्व गर्ने ती अन्ड्कोषहरुमा ।
त्यहाँ तिम्रो नाम छ , तिम्रो कोमलता र तिम्रो नामको
नरमपन आशा र साहसको गीतहरुमा गाइने छन
हामीले कैयौं ठाउँ झेलेका छौँ
ती यन्त्रणा दिनेहरुको यतनहरु
र हाम्रो सानो छालामा तिम्रो नाम यति धेरै पटक लेखिएको
छ कि अब हामी मर्न सक्तैनौ
किनकि "स्वतन्त्रता" मर्दैन।
यद्यपि तिनिहरुले हाम्रो यन्त्रणा
पक्कै पनि निरन्तर जारी राख्न सक्ने छन्
तर स्वतन्त्रता तिमी सधैं सधैं बिजयी हुनेछौं ।
र जब हामीले हाम्रो बन्दुकबाट
अन्तिम गोलिको निशाना लगाई रहेका हुनेछौं
त्यतिखेर "स्वतन्त्रता" तिमी प्रथम हुनेछौ
जुन मेरा सथिहरुको कन्ठबाट गाईरहेको हुनेछ
किनकि यो धरतीको अथाह बिस्तारमा
कुनै पनि बस्तु यत्ति शुन्दर छैन
जति कुनै ढल्न लागेको ब्यवस्थामा
स्वतन्त्र जनताको गौरवपूर्ण पैताला !
Translate- Jaya Karki
भावानुबाद: जय कार्की कार्तिक २१ गते २०८१ साल जोरपाटी , काठमाडौ