सबैभन्दा सुन्दर समुद्र तर्न
अझै बाँकी छ
सबैभन्दा सुन्दर शिशु
अझै हुर्किसकेको छैन।
अहिलेसम्म नदेखेका
सबैभन्दा सुन्दर दिनहरू
हामीले हेर्न बाँकी नै छ र,
म सबैभन्दा सुन्दर शब्दहरू
तपाईंलाई भन्न चहान्थे
यद्यपि त्यो मैले भन्न भ्याएकै छैन।
टर्कीका बहुआयामिक विश्व प्रशिद्ध प्रगतिवादी कवि नाजीम हिक्मेत रान(सन १५ जनवरी १९०२– ३ जुन १९६३)। यी कविको झण्डै आधाजसो जीवन कारागार र देश निकाला पश्चात प्रवासमा नै वितेको थियो ।
उनका सम्पूर्ण साहित्य देशभित्र प्रतिबन्धित थियो । उनको मरणोपरान्त पश्चात मात्र उनको मातृभूमिमा प्रतिबन्ध फुकुवा भएको थियो । उनका कृतिहरु झण्डै ५० भाषामा प्रकाशित भएका छन् र अझै प्रकाशित भैरहेका छन् ।
उनका कविता तथा लेखहरुमा समाजवाद, विश्व कम्युनिष्ट आन्दोलनको पक्षमा र साम्राज्यवाद, उपनिबेशवादको समूल नष्ट र जातिय मुक्ति आन्दोलनको पक्षमा सबैभन्दा प्रखर अभिव्यक्तिहरुले भरिपूर्ण रहेको पाइन्छ ।
उनका साना साना टुक्रा कविताहरुमा पनि भरमार वैचारिक तथा मुक्ति आन्दोलन र सुनौलो भविश्यप्रति दृढता झल्केको पाइन्छ । आर्को पक्ष के पनि छ भने नोबेल साहित्यकार पाब्लो नेरुदाको कविताहरुभन्दा अलि सरल र जनभाषामा अभिव्यक्त भएको पाईन्छ ।
तर नेरुदाको कविता भने महासागर जस्तो विशाल आकारको रचना शैलीमा पाइन्छ । जसको भेउ पाउन निक्कै कठिन महशुस हुन्छ ।
- भावानुवाद जय कार्की
- भाद्र १९ गते २०८१ साल