२०८३, आश्विन ५ गते

२०८३, आश्विन ५ गते

ल्याँग्सटन ह्युजको कविता -स्वतन्त्रता

बुधवार , चैत्र २१, २०८०

ल्याँग्सटन ह्युजको कविताको सानो अंश-(नेपाली भावार्थ)
 
 
म थाकेँ मानिसहरुका कथन सुनेर-
समयले आफ्नो बाटो तय गर्दछ रे
भोली अर्को दिन आउनेछ रे
मृत्युपछिको स्वतन्त्रता मलाई चाँहिदैन
म भोलीको भोजन पर्खेर बाँच्न सक्तिन
स्वतन्त्रता
रोपेको बलवान बिज हो
महान आवश्यक्ताको लागि
म पनि यहीँ जिउँदै छु
म मेरो स्वतन्त्रता चहान्छु
जसरी तिमीले भोगेका छौ
त्यसरी नै भोग्न चहान्छु ।
April 2,2024
Jaya Karki
Chaita 21, 2080