लोर्काको कविता
अलविदा ..................
यदि म मरें भने बालकोनी खुल्ला राखि दिनु
बच्चाहरु सुन्तला खाई रहेका छन्
बालकोनीबाट म उनीहरुलाई हेर्छु
किसान हँसियाले बाली काटी रहेका छन्
उनीहरुलाई म बालकोनीबाट सुनिरहेको छु
यदि मरें भने बालकोनी खुला छाडि दिनु ...................................................
सुकेको सुन्तलाको रुखको गीत .....................
दाउरा काट्ने बञ्चरे!
मेरो छायाँलाई काट
स्वयंलाई फलहीन हेर्ने यन्त्रणाबाट मुक्त गर
ऐनाहरुबाट घेरिएर मेरो जन्म किन भयो ?
दिनले मेरो परिक्रमा गर्दछ
र रातले आफ्नो हरेक ताराहरुमा मेरो लागि
बन्चरो फेरी बनाउँछन् ।
म, आफैलाई नहेरी जिवित रहन चाहन्छु
म सपना देख्ने छु
कमिला र गिद्द मेरो पातहरु र पंक्षीहरु हुन्
दाउरे मेरो छायाँ काटिदेउ
म आफैलाई फलहीन हेर्नबाट मुक्त गरिदेउ ।
भावानुवाद जय कार्की भदौ ७, २०८० साल
कवि, नाटककार, निर्देशक तथा कलाकार फेदेरिको गार्सिया लोर्काको जीवन परिचय र विश्व साहित्यमा उनको देन
प्रख्यात स्पेनि कवि, नाटककार, निर्देशक तथा कलाकार फेदेरिको गार्सिया लोर्का सन १८९८ मा स्पेनको फुयन्ते भाकुरसको ग्रानाडामा जन्मिएका थिए । उनी २० औैं शताब्दिको स्पेनी कवि, नाटककार तथा पियानोवादककोरुपमा पनि चर्चाको शिखरमा थिए । लोर्काले ग्रानाडाको विश्व विद्यालयमा कानुनको अध्यायन गरेको भए तापनि अध्ययन पूरा नगरी उनि स्पेनको राजधानी म्याड्रिड सन १९१९ मा लेखनको कामलाई अझ तिक्षण बनाउन प्रस्थान गरेका थिए । उनी म्याड्रिडमा संस्कृतिको नयाँ धारा अवन्त गार्डको कलाकार मण्डलीमा सामेल भए र उनले त्यहीं विश्व प्रशिद्ध आर्टिस्ट साल्भाडोर डाली र फिल्म निर्देक लुइस बुनेलको निकटतमा पुग्न सफल भएका थिए । यो समूह जेनेरेशन–२७ का नामले निक्कै प्रख्यात थियो । यो समूह अति कल्पनावाद, छायाँवाद भन्दा धेरै फरक रहेको अति यथार्थवादी (सुनिश्चितावाद) लेखन आन्दोलनबाट प्रभावित रहेको थियो । लोर्काले आफ्नो जीवनकालमा थुप्रै कविता संग्रह प्रकाशित गरेका थिए । शुरुको संग्रह थियो सन १९१८ मा प्रकाशित कृति इम्प्रेसन्स एण्ड ल्याण्डस्केप्स् । उनको सांगितिक कलामा स्पेनी लोककथा, जिप्सी संस्कृति र अन्दालुसियसको संस्कृतिको छाप परेको थियो । त्यसमा गहन गीतभित्र रोमान्चकारी प्रेम तथा दुखान्त पक्षको संयोग रहेको थियो । उनलाई जिप्सी बल्लाड १९२८ ले असाध्य लोकप्रिय बनायो । उनको कृतिमाथि व्यापक आलोचना तथा समीक्षा हुन थाल्यो । त्यसपछि यिनको छबि क्रान्तिकारी बनेको प्रष्ट देखिन्छ । यो कृतिमा जिप्सीहरुले अधिकारको लागि आन्दोलन गर्नु पर्ने र दमनकारीलाई सखाप पर्ने सन्देश दिन अत्यन्त सफल मानिएको छ । केही उपलब्ध र अनुदित कविताहरु उनको प्रष्ट क्रान्तिकारी धारणा उर्वर भएको आएको पाइएको छैन । आम कविता भन्दा माथिका छैनन् । हुनत त्यो बेला जति सके रचे त्यो क्रान्तिकारी नै होइन भन्न सकिन्न । किनकि ती कविता र नाटकहरु फासिष्ट शासकको लागि दमनकारी नीति अपनाउन काफी र मजबुत प्रमाण थियो । यसैबैला उनले अमेरिकाको न्यु योर्क सहरको भ्रमण गरे र कोलम्बिया विश्व विद्यालयमा अध्ययनका लागि भर्ति भए । यहाँ उनले अफ्रिकी अमेरिकी हार्लेम गीत र स्पेनी गहन गीतको अध्यात्मिकताको आत्मा जोडिएको पाए । स्पेन फिर्ता भएपछि साथीरुसित मिलेर ला–बार्राका समूहको स्थापना गरे । यो संस्था भ्रमण नाटक मण्डली थियो । यसले विभिन्न साना सहरको चोकहरुमा गई लोर्काको नाटकहरु, ब्लड वेडिङ (१९३३) तथा स्पेनी क्लासिक संगीतहरु प्रदर्शन गर्दथ्यो । स्पेनमा फासिवादी रुझान देशमा बढिरहेको थियो । तर पनि लोर्काले आफु बामपन्थी दृष्टिकोणको भएको र समलिंगी भएको बिषयलाई लुकाउन इन्कार गरेका थिए । यो बेला उनको लेखकीय भूमिकाले आरोहण गरिरहेको र उनको यश, किर्ती फस्टाईरहेको थियो र उनी एकदम लोकप्रिय हुँदै गएका थिए । अगस्त महिनाको १९३६ मा स्पेनी गृह युद्धको शुृरुवात भयो, उनी यो खतराबाट अलि टाढै बस्न आफ्नो कर्मथलो फर्केका थिए । तर उनको घरेलु सहरबाटै फासिष्ट फ्रासिस्को फ्रांकोको सैनिक स्क्वाडले गिरफ्तार गरेको थियो उनलाई । त्यसको केही दिन पश्चात लोर्काको एउटा पहाडी एकान्त स्थानमा लगि फाइरिंग स्क्वाडले गोली हानी हत्या गरेको थियो । र, उनको शवलाई समेत संधैको लागि गायब गरेको थियो । फासिष्ट सत्ताको धम्कीको वावजुद प्राण रहुन्जेल समाजवादको प्रचारक र समाजवादी नै भएर बाँचेका थिए उनी । लोर्का फ्रांकोको फासिष्ट नेशनल गार्ड सैन्य दस्ताबाट मारिनेबारे स्पष्ट थिए । तर आफ्नो अभियानलाई उनले कहिल्यै मर्न दिएका थिएनन् । लोर्काको जन्म सन १८९८ को जुन ५ मा भएको थियो । उनी बाल्यकाल देखि नै निकै उर्जावान र उमंगले भरिभराउ बालक थिए । तर विद्यालयकोलागि उनी कहिल्यै पनि अब्बल दर्जाको विद्यार्थीमा गणना हुन सकेका थिएनन् । किनकि उनी पढ्नु भन्दा पनि रचनाधर्मितातिर बेस्सरी तानिएका थिए । २० बर्षको उमेरमा नै चर्चित लेखक, कवि भैसकेका थिए । तर कतै कतै लोर्काले स्कूली शिक्षा लिएकै थिएनन् केवल स्वअध्ययन मात्र गरेका थिए भनि लेखेको पाइन्छ । त्यो कुरा सत्य ठहर्ला जस्तो लाग्दैन । उनले स्नातक तहसम्मको पढाईमा ९ वर्ष लगाएका थिए र विभिन्न विश्वविद्यालयमा भर्ति भएका थिए । तर पढाईमा अब्बल थिएनन् मात्र सही कुरा हो । बरु उनलाई धार्मिक स्कूलमा भर्ना भने गरिएको थिएन। सन १९१५ स्यााक्रेड हार्ट विश्व विद्यालयमा कानून र कला अध्ययनको लागि भर्ति भएका थिए । उनी पढाईका अतिरिक्त स्थानीय क्षेत्रहरुमा घुमफिर गर्न खुब मन पराउँथे त्यसरी अध्ययन गर्न, ज्ञान आर्जन गर्न खुशी हुन्थे । जब उनी युवा अवस्थामा पदार्पण गरे उनको लेखनले झन झन हलचल मच्चाउन थाल्यो । कलाकार डाली र उनको जोडीले नयाँ मोड लिन थाल्यो । सन १९२७ मा उनको नाटक मारियाना पिनेदाले नाटक जगतमा निकै ठूलो चर्चा बटुल्यो । यस नाटकको स्टेज डिजाइनर (मन्च सज्जा) डालिले गर्नु भएको थियो । यसको मतलब नाटकको लागि मन्च सजावटको भूमिका कति महत्वपूर्णको हुँदो रहेछ भन्न खोजिएको हो । सन १९२८ मा रोमान्सेरो गितानो लेख्नुभयो यो नाटकले उनलाई अन्तर्राष्ट्रिय जगतमा परिचय गरायो, ठूलै प्रशिद्धि, किर्ति प्राप्त भयो । उनले अमेरिका बसाई र अध्ययनको क्रममा पोयट इन न्यु योर्कको रचना गरे । यो कविता संग्रहमा अलगावको भावना र अल्पसंख्यक र उत्पिडनमा परेको समूहका विषयमा बारेमा राम्ररी बोलेका छन् । अमेरिका जानु अघिको समयमा उनलाई गहिरो अवसादले गाँज्यो । हालसम्म आफ्नो जीवनमा प्राप्त सफलता र जनताले ग्रहण गरेको आकृतिभन्दा यसलाई भिन्नरुपमा अघि कसरी बढाउन सकिन्छ र जोगाई राख्न सकिन्छ भन्ने चिन्ता र खोजले उनको जीवनमा नयाँ सोच जन्मिन थाल्यो । त्यसकारण उनको यात्रा न्युयोर्कको कोलम्बिया विश्व विद्यालयतिर तानिएको थियो । स्पेनमा गृहयुद्ध सन १९३६ मा चर्केर गएकाले लोर्का आफ्नो गाउँ सहर ग्रानादा फर्किन बाध्ये थिए । तर फ्रांकोको फासिष्ट सेना नेशनल गार्डले मावली दाई र उनलाई सन १९३६ को अगस्त १९ का दिन गिरफ्तार गरेको थियो । त्यसको दुई दिनसम्म चरम यातना दिएर हत्या गरेको थियो । उनलाई फाँसी दिनुको कारणका दस्तावेज प्रष्ट छैनन् भनिन्छ, तर पनि उनी समाजवादी र महान लेखकको रुपमा खडा भएकाले लोर्काको गतिविधिलाई फासिस्ट फ्रांकोले सबैभन्दा खतरणाक उनलाई र उनका कृतिलाई ठान्थ्यो । त्यसकारण उनका सबै कृतिमाथि प्रतिबन्ध लगाएको थियो कि त भेटेसम्म ति सबै कविता, नाटक तथा गीतहरु जलाएर नष्ट गरेको थियो । फ्रांकोको अन्त्य सन १९७५ मा भएपछिमात्र लोर्काको कविता, नाटक तथा अन्य कृतिहरु खुल्ला भएका थिए । उनको सिर्जनाहरुका बारे छलफल र मुल्याँकन गर्न प्रारम्भ भएको थियो । लोर्काले अनेकौं विषयबस्तुहरु, प्रतिक, विम्ब र सामान्य वा सरल शैलीका बिकल्पहरुको कविता, नाटक लेखनमा प्रयोग गरेका छन् । सामान्यजनहरुको चेतना जागरण र फासिष्टहरुको विरोधमा उनको लेखन कला अघि बढेको थियो । फासिष्टको बढ्दो आक्रमणलाई हेरेर देखेर हुनसक्छ उनले प्रयोग गरेका प्रतिकहरुमा बढीमात्रामा मृत्युको प्रतिनिधित्व गरेको पाइन्छ । लोर्काको पिता एक धनी जमिनदार थिए, आमा स्कूल शिक्षिका हुनुहुन्थ्यो । लोर्का चार सन्तान मध्ये जेठा थिए । उनी गाउँ अण्दुुसुलियामा हुर्किदै थिए । तर दश वर्षको उमेरमा पूरा परिवार ग्रानादामा सरेको थियो त्यहीं यिनको अध्ययन क्याथोलिक सामुदायिक स्कूलको सट्टामा पिताले सेकुलर (धर्मसंग असम्बन्धित रहेको) संस्थामा भर्ना गराएका थिए । राजधानी म्याड्रिडमा चर्चित कवि जिमेनेज र उनको दौंतरी उमेरका कविहरु राफेल अलबेर्टी, जोर्गे गलिएन लगायत पेद्रो सालिनाससित मित्रता कायम भएको थियो यि चर्चित कवि, कलाकार, नाटककार तथा निर्देशक अनि फासिष्टबादको बिरुद्धका अति लोकप्रिय अभियन्ता थिए । लोर्काको कृतिहरुको नामावलि यसप्रकार रहेका छन यी सबै स्पेनी भाषा थिए अंग्रेजी भाषामा भेटिएका कृतिहरुको नामहरु मात्र यहाँ समावेश गरिएको छ । लोर्का न्युयोर्क पश्चात त्यही क्रममा क्युबाको पनि भ्रमण गरेका थिए । त्यहाँका काला जातिको शोषण दमनका बिरुद्धमा पनि कविता लेखेका छन् । यसै बेला उनले मेक्सिको पनि भ्रमण गरेका थिए । चिलीका नोबेल पुरस्कार विजेता महान कवि पाब्लो नेरुदासंग लोर्काको गहिरो सम्बन्ध रहेको थियो । यी दुबै कवि फासिष्टवादको विरोधी थिए । पाब्लो नेरुदालाई पनि चिलीको शैनिक तानाशाह पिनोचेले राष्ट्रपति एलेण्डेलाइ अपदस्त गरेपछि विष प्रयोग गरी मारेको थियो । लोर्काको हत्याको बर्णन गर्दै नेरुदाले शोक गीत समेत लेख्नु भएको छ । जो अहिले पनि निकै चर्चित रहँदै आएको छ ।
- यी दुबै कविता दायित्वबोधको जुलाई दिसम्बर १९९८ को अंकमा भारतीय लेखक बिष्णु खरेले हिन्दीमा अनुवाद गर्नु भएको थियो ।
लोर्काको कृतिहरुको नामावलि यसप्रकार रहेका छन यी सबै स्पेनी भाषा थिए अंग्रेजी भाषामा भेटिएका कृतिहरुको नामहरु मात्र यहाँ समावेश गरिएको छ । “Blood Wedding”, “Impressions and Landscapes”, “Lament for the Death of a Bullfighter” “Poet in New York, “The Butterfly’s Evil Spell”, “The Gypsy Ballads” “The House of Bernarda Alba”, “ Yerma”, Gypsy Ballads), Yerma), - The House of Bernarda Alba). Impressions and Landscapes), (“Book of Poems”) Sources- Written by Leslie Anne Stainton Fact-checked by The Editors of Encyclopaedia Britannica Last Updated: Jul 14, 2023 • Michel Martin del Campo
Summer Stewart