२०८३, भाद्र ४ गते

२०८३, भाद्र ४ गते

गीत- यो लुट्नेहरूको शासन हो !

आइतवार , माघ २६, २०७६

बलराम तिमल्सिना ******************

यो लुट्नेहरूको शासन हो, जो जो जान्छन् शासनमा, लुट्ने भनेर जान्छन् !

कसले खाने लटीपटी , कसको भूँडी ठूलो स्वरले, फुट्ने भनेर जान्छन् ! यो लुट्नेहरूको शासन हो.....! जन्मिदा नि लुट्छन् यिनले मर्दा पनि लुट्छन् ! भोक रोगले हामी विरामी पर्दा पनि लुट्छन् ! लुट्न जन्मिएकाहरूले जे गर्दा नि लुट्छन् ! यो लुट्नेहरूको शासन हो ....! रगत लुट्छन् पसिना लुट्छन् आँसु समेत लुट्छन लुट्छन् ! हाड लुट्छन् छाला लुट्छन्, मासु समेत लुट्छन् ! लुट्नेहरूले हाम्रा ओठका, हाँसो समेत लुट्छन् ! यो लुट्नेहरूको शासन हो ....! घर लुट्छन् खेत लुट्छन्, बारी समेत लुट्छन् ! भोटो लुट्छन् चोली लुट्छन्, सारी समेत लुट्छन् ! लुट्नेहरूले हाम्रा - चिहानघारी समेत लुट्छन् ! यो लुट्नेहरूको शासन हो ....! खोला लुट्छन् झर्ना लुट्छन् , हिड्ने बाटो लुट्छन् ! नानी-बाबुको थालबाट आँटो समेत लुट्छन् लुट्ने सारा जव सकिन्छ माटो समेत लुट्छन् ! यो लुट्नेहरूको शासन हो...! २०७६|१०|१६ भक्तपुर