२०८३, भाद्र ४ गते

२०८३, भाद्र ४ गते

गीत- लिम्पियाधुरा हो हो लिम्पियाधुरा : शरद पौडेल

सोमवार , मंसिर १६, २०७६

शरद पौडेल

लिम्पियाधुरा हो हो लिम्पियाधुरा यो माटो हो नेपालीको, बुझौं खाँटी कुरा !! लिम्पिया र लिपुलेक, अनि कालापानी नेपालीकै हकभोग हो, यति कुरा जानी ! भारतीय हस्तक्षेपको, डटी बिरोध गरौं मातृभूमि रक्षा निम्ति, मुटु दह्रो पारौं !! लिम्पियाधुरा हो हो, लिम्पियाधुरा आमा जोगाउन उठौं, बुझि साँचो कुरा !! बिस्तारवादी कालो पन्जा, हाम्रो छातिमाथि जीऊँदो लासभै जिऊनु पनि, के जिऊनु र साथी ? नबोलेर चुप्प बसे, निल्छ धर्ती उस्ले मिले हामी गर्जीएमा, रोक्न सक्छ कस्ले ? लिम्पियाधुरा हो हो, लिम्पियााधुरा उठौं सारा नेपाली हो, बुझि सत्य कुरा !! सुस्ता अनि महेशपुरमा पराया परेड खेल्यो रिसि मनले नेपालीलाई पेल्नुसम्मै पेल्यो पुर्खाहरूले डन्डीबियो खेलेका ति ठाँऊँ हेर्दा हेर्दै मौलान भयो हामो आफ्नै गाऊँ !! लिम्पियाधुरा हो हो, लिम्पियाधुरा ब्युझौं सारा नेपाली हो, बुझौं गाँठी कुरा !! जात हैन, धर्म हैन, भुगोल पनि हैन बिचारका सानातिना गुट पनि हैन ! यतिखेर सारा नेपाल नेपालीभै जुटौं माटो जोगाऊन देशका देशभक्त हो उठौं !! लिम्पियाधुरा हो हो, लिम्पियाधुरा मुट्ठी बनौं नेपाली हो, बुझौं खाँटी कुरा !!