२०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

साहित्यकार शान्तदास मानन्धरको "आफन्तीका कथाहरू"  भाग-२ लोकार्पण तथा तेस्रो स्मृति सभा सम्पन्न

आइतवार , कार्तिक ३०, २०८३

लोकभावनाद्वारा आयोजित शान्तदास मानन्धरको तेस्रो स्मृति सभा तथा पुस्तक विमोचन कार्यक्रम नौलो ज्योति अंग्रेजी विद्यालय मध्यपुर ठिमीमा सम्पन्न भयो।


 उक्त कार्यक्रममा स्वागत भाषण शान्तदास मानन्धरको कान्छी छोरी तथा  बालकोसेली प्रकाशनकी रूपा मानन्धरले गर्नु भएको थियो । सुरुमा एक मिनेट मौन धारण गर्दै  साहित्यकार मानधरको फोटोमा माल्यार्पण गरिएको थियो 
कार्यक्रमको सभापतित्व लोक भावना त्रैमासिक पत्रिकाकी सम्पादक नानी मैया अधिकारीले गर्नुभएको थियो। बाल साहित्यका शीर्ष साहित्यकार शान्तदास मानन्धरको " आफन्तीका कथाहरू"  भाग-२ लोकार्पण मंचमा उपस्थित व्यक्तित्वहरुबाट सामुहिक रुपमा भएको थियो ।

907167906_29674587868805365_1846675833592014754_n.jpg

साहित्यकार शान्तदास मानन्धरको "आफन्तीका कथाहरू"  भाग-२ लोकार्पण  तथा तेस्रो स्मृति सभा

 

मंचमा बैकुण्ठहरि श्रेष्ठ, स्मृति प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठ, डा। मुकेश चालिसे, पूर्व प्राज्ञ तथा प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष मातृका पोखरेल, साहित्यकार मानन्धरको जेठी छोरी तथा बालकोसेली प्राशनकी दीपा मानन्धर, पारिजात स्मृति प्रतिष्ठानका अध्यक्ष इन्दिरा दली, ललित कला प्रतिष्ठानका पूर्व कुलपति के।के।कर्माचार्य र सुदुरपश्चिमका प्रतिष्ठानका कुलपति रामचन्द्र नेपाल हुनुहुन्थ्यो।
प्रमुख  वक्ताहरुमा मनमोहन मोहन श्रेष्ठ, ऋषिराम  पोखरेल, रामचन्द्र नेपाल इ‌न्दिरा दली, मातृका  पोखरेल, के।के।कर्माचार्य र डा।मुकेश चालिसे हुनुहुन्थ्यो।
 कार्यक्रमको सन्चालन साहित्यकार तथा साहित्यिक पुस्तक नौलो कोशेलीका सम्पादक कृष्णमोहन श्रेष्ठले गर्नुभएको थियो।

Afa.jpg
undefined

905003605_29674499468814205_1299298933252300880_n.jpg

 

910811929_29674587902138695_6928158464613568784_n.jpg

910905988_29674589312138554_5991568972713221645_n.jpg
undefined