२०८३, कार्तिक १८ गते

२०८३, कार्तिक १८ गते

बाढीपीडितको घाउमा अन्टुफको मलम : श्रमदानबाट भग्नावशेष बस्तीका घरहरू सरसफाइ गरी पीडितलाई हस्तान्तरण

सोमवार , कार्तिक १७, २०८३

अण्टुफ केन्द्रिय श्रमदान टोलीद्वारा नानीमाया श्रेष्ठको घर सरसफाइ गरि हस्तान्तरण

 

नुवाकोट। भोटेकोशी बाढीका कारण भग्नावशेषमा परिणत भएका बस्ती र घरहरूमा पुनः जीवन फर्काउने उद्देश्यसहित अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) को केन्द्रीय श्रमदान टोलीले नुवाकोटमा व्यापक श्रमदान गरेको छ। टोलीले बाढीबाट प्रभावित विभिन्न घरहरूको सरसफाइ तथा व्यवस्थापन गरी सम्बन्धित पीडित परिवारलाई हस्तान्तरण गरेको हो।

दशैं पर्व मनाएलगत्तै अन्टुफको केन्द्रीय श्रमदान टोली श्रमसेवामा जुट्न नुवाकोट प्रस्थान गरेको थियो। नेकपाका केन्द्रीय सदस्य तथा महासंघका केन्द्रीय उपाध्यक्ष सोमबहादुर तामाङको नेतृत्वमा गएको उक्त टोलीको व्यवस्थापन नेकपाका केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला सहइन्चार्ज हिरानाथ खतिवडाले गरेका थिए।

नुवाकोट पुगेको श्रमदान टोलीलाई जिल्ला समन्वय समिति प्रमुख राजेन्द्रविक्रम सिंह ठकुरी, नेकपाका नुवाकोट जिल्ला सहइन्चार्ज हिरानाथ खतिवडा, विदुर नगरपालिका उपप्रमुख प्रभा बोगटी, वडा नं. १ का अध्यक्ष लेलिन रञ्जित, विदुर नगर पार्टी संयोजक भोजराज पनेरूलगायत स्थानीय नेता तथा जनसमुदायले स्वागत गरेका थिए।

बाढीका कारण घरभित्र तथा आसपासका क्षेत्रमा थुप्रिएको हिलो, माटो र अन्य फोहोर हटाउँदै टोलीले प्रभावित घरहरूको सरसफाइ तथा व्यवस्थापनमा श्रमदान गरेको थियो। विपद्का कारण घरबार र दैनिक जीवन अस्तव्यस्त बनेका स्थानीयलाई राहत पुग्ने गरी टोलीले सामूहिक श्रम र सेवाभावका साथ अभियान सञ्चालन गरेको हो।

यस श्रमदान अभियानमा राजेन्द्र न्यौपाने, विष्णुमाया श्रेष्ठ, कुमारी लामासाह, रमेश केसी, लोकमणि खतिवडा, सनत उप्रेती, मदन बराइली, रमेशलाल श्रेष्ठ, सावित्रा चौलागाईं, कालिका रिमाल अधिकारी, कमलमान श्रेष्ठ, मनिष खिलिङ र अमीर पाण्डेलगायत श्रमवीरहरूको सहभागिता रहेको थियो।

टोलीले सरसफाइ गरेका घरहरूमध्ये नानीमाया श्रेष्ठको घर पनि एक उदाहरण बनेको छ। घरको सरसफाइ तथा व्यवस्थापनपछि हस्तान्तरण गर्ने क्रममा नानीमाया श्रेष्ठ भावुक बनेकी थिइन्। उनले दुःख र विपद्को समयमा आफ्नो घरआँगन सफा गरिदिएर ठूलो सहयोग पुर्‍याएको भन्दै श्रमदान टोलीप्रति हार्दिक आभार व्यक्त गरेकी थिइन्।

बाढीबाट प्रभावित स्थानीयवासीले घरहरू सरसफाइ तथा व्यवस्थापन गरिदिन आग्रह गरेपछि अन्टुफको टोलीले श्रमदान अभियान सञ्चालन गरेको एक टोली सदस्यले बताए।

विपद्का बेला राज्य र समाजको साथ खोजिरहेका नागरिकका घरआँगनमा पुगेर पसिना बगाउनु केवल सरसफाइको काम मात्र नभई श्रमप्रतिको सम्मान, सामाजिक उत्तरदायित्व र मानवीय एकताको जीवन्त उदाहरण पनि हो। अन्टुफका श्रमवीरहरूले नुवाकोटमा गरेको यो श्रमदानले पीडित परिवारको दुःखमा साथ दिने र श्रममार्फत समाज निर्माण गर्ने सन्देश दिएको छ।

 

 

kOOOgQJx.jpg
undefined

 

tJVPT0Na.jpg

 

9cGSHrF0.jpg

 

SyxzePzs.jpg

 

6WMnr7TF.jpg