हामी नेपाली कम्युनिस्टहरुले मार्क्सबादका आधारभूत सैद्धान्तिक प्रश्नहरुलाई पलभरको निम्ति पनि ओझेलमा नपारी, त्यसलाई काम गर्ने निर्देशक सिद्धान्तको रुपमा लिनुपर्छ । के कुरामा हामी स्पष्ट हुनुपर्छ भने कम्युनिस्ट पार्टीका सबै सदस्यहरु सिद्धान्तमा पोख्त हुन सक्तैनन् तथापि, वर्गसंघर्ष, उसको पार्टी र सर्बहाराबर्गको अधिनायकत्व जस्ता बिषयहरुमा सामान्यतया स्पष्ट हुनु आबस्यक छ । यस बिषयमा पार्टीले व्यापक प्रशिक्षण, तालिम र प्रकाशनद्वारा आम पार्टी सदस्यहरुलाई स्पष्ट पार्नुपर्छ जस्को सोझै सम्बन्ध नेपाली पूंजीवादी क्रान्तिसंग रहन्छ ।