बिश्व मानब समाजले आजसम्म आफ्नो इतिहासमा बिभिन्न डरलाग्दा र भयंकर महामारीहरु झेलेको छ र ठूलो मूल्य चुकाएको पनि छ । अनि अनेक कटु अनुभवहरु पनि बटुलेको छ । यस क्रममा करोडौं मानिसले ज्यान पनि गुमाएको छ भने अनेक औषधी र खोपहरुको बिकास पनि गरेको छ । उल्लेखै गर्ने हो भने त्यस्ता महामारीरुमा प्लेग, हैजा, स्पेनिश फ्लू, बिफर ,सार्स, मर्स, एचवन एनवन, इबोला, र यतिबेला सबैभन्दा पछि ‘कोभिड–१९’ अर्थात ‘कोरोना भाइरस’को घातक महामारी, जसले आज बिश्वलाई नै त्राही त्राही बनाइरहेको छ त्यसले हाम्रो जीवनलाई ठाडै चूनौति दिदै आइरहेको छ र दिइरहेको छ । सर्सरी हेर्दा बिश्वमा यस्ता महामारीहरु प्रायः एक दुइ दशकको हाराहारीमा आउने गरेको र बिश्वको बिभिन्न भूगोलमा देखा पर्ने अनि बिश्वभरी या बिश्वको कुनै खाश क्षेत्रमा फैलिएर धेरै जनतालाई शिकार बनाउने गरेको यस्ता माहामारीहरुको इतिहास देखिन्छ । यी महामारीहरु फैलिएको मार्ग र तिनको इतिहासलाई हेरियो र अध्ययन गरियो भने स्पष्ट हुन्छ कि ती मध्ये धेरैजसो महामारीहरु बिश्वका बिभिन्न देशका सेनाहरु, उद्योगपतिहरु, ब्यापारीहरु, प्रबासीहरु र पर्यटकहरु तथा रोजगारीमा गएका मानिसहरुको माध्यमले बिश्वको एकठाउँबाट आर्को ठाउमा फैलिन र ब्याप्त हुन पुगेको पाइन्छ । इतिहासमा ‘इण्डियन प्लेग’ को नामले चिनिएको भारतमा फैलिएको प्लेग महामारी जुन बृटिशकालीन भारतको बंगालमा १८१७ को सेरोफेरोमा भयावहरुपमा फैलिएको थियो त्यो बृटिश सेनाका टुकुडीको माध्यमले बंगालको एक क्षेत्रबाट अर्को क्षेत्रमा पुगेको थियो र बृटिश ब्यापारी र सैनिकहरुको माध्यमले त्यो प्लेग बेलायतसम्म पनि पुगेको थियो । त्यसलाई ‘भारतीय प्लेग’ अर्थात ‘इण्डियन प्लेग’ को संज्ञा दिइएको थियो । त्यतिबेला भारतीय स्थानीय जनता त्यो प्लेग रोगको प्रथम चरणमा त्यसको शिकार बनेका थिए । अनि बिस्तारै बिस्तारै त्यस रोगको संबाहककोरुपमा भारतीय जनता दरिदै गए ।
प्रष्ट छ, पहिला त्यो रोगले भारतीय जनतालाई आफ्नो शिकार बनायो र अनि तिनै जनताले त्यसपछि यो रोगलाई चारैतिर फैलाउन पुगे । बास्तवमा आज जुन ‘क्वारेण्टिाइन’ शब्दको ब्यापक प्रयोग गरिदैछ बिश्वभरी त्यसको बारेमा एउटा ब्याख्या के रहेको छ भने त्यो महामारीका दिनहरुमा नाभिकहरुले आफुलाई बचाउन र जोगाउनका लागि जहाज खोल्न र त्यसको यात्रा चलाउनभन्दा पहिला ४० दिनसम्म एकान्त बास गर्ने गर्दथे । त्यसबाट पनि स्पष्ट हुन्छ कि यस्ता महामारीहरु गतिशील समुदायहरु जस्तै नाभिक, ब्यापारी, सैनिक, धर्मप्रचारक मेशिनरीहरु, खोज अनुसान्धानकर्ताहरु, पर्यटक तथा प्रबासीहरुको परस्परमा गहिरो सम्बन्ध हुने गर्दछ । यी गतिशील समुदाय आफुसँगै धन सम्पत्ति, सँस्कृति र बिमारी तीन कुरा पनि आफुसँगै लिएर आउँदछन् र यनी तीन कुरालाई नयाँ जमिन या स्थान उपलब्ध गराएर यसलाई फैलिन मद्दत गर्ने गरेका हुन्छन् । महामारीहरुको इतिहास बारेमा भएका खोज अनुसन्धानहरुले बताएका छन् कि इशा पूर्ब दोश्रो शताब्दीको ‘एण्टोनाइन प्लेग’ पनि पश्चिम एशियामा युद्ध गरेर फर्केका सैनिकहरुको माध्यमले हालको इटालीको रोममा फैलिएको थियो । अनि एउटा अर्को निकै डरलाग्दो महामारी जसलाई ‘जस्टिनियन प्लेग’ नाम दिइएको थियो त्यो पनि उतिबेला चीनदेखि शुरु भएर मालबाहक पानी जहाजको माध्यमले अफ्रिका र मिश्रको माध्यमबाट बर्ष ६४१ मा ‘स्टण्टिनोपल’ पुगेको थियो । त्यसरी नै १४औं शताब्दीको भयानक प्लेग जसलाई ‘ब्ल्याक डेथ’ भन्ने संज्ञा दिइएको थियो, त्यो पनि यूरोपमा १३४० मा ‘सुदूर पूर्व’ का देशहरुमा पैदा भएर पानी जहाज र तिनमा काम गर्ने मानिसहरु तथा ब्यापारी प्रबासीहरुको माध्यमले फैलिएको इतिहास छ । त्यतिबोल पानी जहाज र तिनमा लादिएका मालसामानहरु, यात्री र जहाजमा काम गर्ने कर्मचारीहरुलाई ४० दिनसम्म ‘क्वारेण्टाइन’मा राखिने गरिन्थ्यो ।
इतिहासकारहरु त के पनि मान्दछन् भने ‘सिफलिस’ जस्तो बिमारी पनि १५औं शताब्दीमा स्पेनिश दुनियाका खोजयात्रीहरुको माध्यमले यूरोपमा फैलिन पुगेको थियो । बिश्वमा जब उपनिवेशहरुको खोजी र तिनमाथि आधिपत्य जमाउन साम्राज्य स्थापना गर्ने लडाई शुरु भयो तब ब्यापारीहरुका गतिबिधिहरु पनि उपनिबेशनबादको प्रसारसँग सँगै तीब्र हुँदै गए, अनि उपनिवेशबादका कारण प्रबासन र बिस्थापनको प्रकृया पनि तीब्ररुपले बढ्दै जान थाल्यो । त्यसपछि सारा संसारभरी महामारीहरुको लहर पनि फैलिने आधार बन्यो र फैलिदै जानथाल्यो । जतिबेला उपनिवेशको प्रसार चीन, भारत र अन्य एशियाली देशहरुमा बढ्दै गयो त्यतिबेला आइरिस प्रबासीहरुसँगसँगै १८औं शताबदीको ‘प्लेग’ संसारभरी फैलिन पुगेको थियो । यसरी युद्ध, ब्यापार, प्रबासन र पश्चिमा देशहरुद्वारा बिश्वभरी गर्ने गरिएका औपनिवेशिक हमला तथा खोज अनुसन्धानका अभियानहरुसँगसँगै बिश्व मानबताले महामारीहरुको भयावह शिकार बन्नु परेको थियो र त्यसको चपेटामा पर्दै गुज्रिनु परेको थियो । यसरी महामारीहरुले यात्रा गर्ने गर्दछन र ती यात्राको माध्यमले बिभिन्न देशहरुमा पुग्दछन् र फैलिन्छन् । तर कतिपय बेलामा स्थानीय मानिसहरुमाथि पनि यसको दोष दिइने गरिन्छ । औल्याउने नै हो भने १८१७ को ‘इण्डियन प्लेग’ फैलिएको थियो सैनिक र औपनिवेशिक गतिबिधिहरुसँग सम्बन्धित आइसिरश नागरिकहरुको माध्यमबाट । तर त्यसका लागि स्थानीय भारतीय जनतालाई दोषी बताइने गरिएको थियो । यूरोप र अमेरिकी भूखण्डमा त कयौं पटक महामारीको प्रसारका लागि स्थानीय यहूदी समुदायलाई जिम्मेवार ठहराउने र दण्डकुण्ड पनि गर्ने गरिएको इतिहास रहेको छ । महामारीहरुो प्रसारको बाहक गरीब तथा आम जनता हुने गर्दैनन्, बरु त्यसमा प्रायः सम्पन्न र धनाकांक्षी अभिजात बर्गका मानिसहरु अझ अघि बढ्ने र सम्पन्नशाली बन्ने चाहना राख्ने मानिसहरु हुने गर्दछन् ।
त्यस्ता मानिसहरु जहाँ पनि जाने गर्दछन् त्यहाँका स्थानीय समुदाय र आम सर्बसाधारण जनता खाशगरी बिपन्न बर्ग र समुदाय त जहाँ हेरे पनि यस्ता महामारीहरुको शुरुशुरुमा केवल ‘निस्कृय प्रापक’ अर्थात ‘प्यासिभ रेसिपिएण्ट’ मात्र हुने गर्दछन् र पछि गएर उनीहरु पनि बिस्तारै बिस्तारै त्यस्ता महामारीको बाहकोरुपमा बद्लिन पुग्दछन् । प्रबाशीहरुमा पनि जो गरीब र श्रमिक मानिसहरु हुन्छन् जसलाई आमरुपमा स्थानीय प्रभावी सुमदाय तथा मध्यम बर्गले ‘फोहोरले भरिएको समूह’ मान्ने तथा उपेक्षा र तिरस्कारको दृष्टिले हेर्ने गर्दछन् । यद्यपि प्रायःजसो पर्यटकहरु, ब्यापारीहरु र कर्मचारीहरु तथा अभिजात्य समुदायका मानिसहरुद्वारा आफ्नो साथमा ल्याएका यस्ता डरलाग्दा महामारीहरु ग्रहण गर्ने र तिनलाई फैलाउने माध्यम बन्ने गरेको अहिलेसम्मको इतिहासले प्रष्ट पारेको छ । हुन पनि बिपन्न समूहहरु निश्चित छ कि गरीब बस्ती, स्लम, सडक किनारा या उपेक्षित स्थानमा रहने र किनारमा परेका या पारिएका मनिसहरु हुने गर्दछन् र उनीहरुको यस्तो रहनसहनका कारण उनीहरु मध्यम, उच्च मध्यम बर्ग तथा समर्थबान सामाजिक समूहरुहरुभन्दा भिन्न पनि देखिने गरेका हुन्छन् । यसै कारणले उनीहरुमाथि नै कुनै यस्ता महामारी फैलाएको दोष दिइने गरिन्छ । कोरोना भाइरस अर्थात अहिलेको कोभिड–१९ को प्रसार पनि आज हाम्रा अगाडि ताजा उदाहरण छ । हाम्रो देश लगायत बिभिन्न देशमा यो महामारी यहाँको तुलनात्मकरुपमा खातापिता ठूलाबडा बर्गको आवत जावत, त्यस्तै ब्यापरी सुदाय, बिदेशमा नोकरी गरिरहेका मानिसहरु आउँदा जाँदा, बिदेशी रोजगारीमा जान बाध्य भएका मानिसहरु, पर्यटकहरु आदिको माध्यमबाट सरेको र फैलिएको देखिन्छ । यसका अतिरिक्त बिभिन्न देशका होटलहरु, ट्राभल एजेन्सीहरु, ट्क्सी चालकहरु, मजदुर र दोकानदारका बीचमा यो रोग फैलिने जोखिमपूर्ण आधारहरु बन्दछन् र यो ब्यापकरुपमा फैलिन्छ ।
यसले स्पष्ट पार्दछ कि हामीले यसको नियन्त्रण र निर्मूलन पार्न कहाँ कहाँ ध्यान दिनु पर्दछ । यस्ता डरलाग्दा महामारीहरु फैलिने यो इतिहासले सर्सरी हामीलाई प्रष्ट पार्दछ कि जो प्रबासन गर्ने या त्यसो गर्न बाध्य हुने स्थितिमा हुन्छन्, जो बिदेश जान र घुम्न सक्ने स्थितिमा हुन्छन् तिनीहरु नै कुनै पनि महामारी फैलाउने प्रथम बाहक हुन पुग्दछन् । प्रबासन जसले हाम्रा जस्ता कुनै पनि देशहरुलाई डलरसँग जोड्दछ, त्यो नै महामारीसँग पनि जोडिन्छ र महामारीको प्रथम बाहक पनि बन्दछ । तर अन्त्यतः आजको बिश्वको गजबको र पीडादायी कटु यथार्थ के छ भने जसले यो डलरको मुख कहिल्यै देखेका हुँदैनन् र त्यस डलरको सुखानुभूतिको एक अंश पनि कहिल्यै गर्न पाएका हुँदैनन् तिनैले यस्ता महामारीको शिकार भने हुनुपरेको छ । यो इतिहास र बर्तमानले पनि दर्शाइरहेको नाङ्गो सत्य हो । शायद यसैलाई भन्दछन् ‘आफुले नगरेको पापको पनि परिणाम भोग्नु’ ।