सन् १९६० को नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रमा अमेरिकी गुप्तचर संस्था सिआइएद्वारा तयार गरिएको राफेल त्रुजिलोको तानाशाही सत्ताले मिरावेल दिदी-बहिनीको हत्या गरेको थियो ।
अमेरिकी आड भरोसामा टिकेको तानाशाही सत्ताका विरुध्द राजनीतिक अभियानमा सकृय मिनर्वा मिरावल र उनका दुई बहिनी पेट्रिया र मारियाको वलिदानको संझनामा २५ नोभेम्बरलाई महिला हिंसा विरुध्दको अन्तर्राष्ट्रिय दिवशका रुपमा मनाइने गरेको र पछि २५ नोभेम्वरदेखि १० डिसेम्बर (मानव अधिकार दिवश) को दिनसम्म १६ दिन लैंगिक हिंसा विरुध्दको अभियानका रुपमा मनाईंदै आएको छ ।
यतिखेर सो अभियान थोरै राजनीतिक संघ संगठनहरु, महिला अधिकारका पक्षमा काम गर्ने भनिएका एनजिओहरु र स्थानीय सरकारी निकायहरुको काम देखाउने मेलोमात्रै बनेको छ । ती आफैं लैगिक हिंसाका आधारहरुसम्म पुग्न चाहँदैनन् । त्यसैले तिनका गतिविधि लैंगिक हिंसाको प्रचार गरेर आफ्नो सांगठनिक अस्तित्व धान्ने या पेटपाल्ने कर्ममात्रै हो । साँचो अर्थमा लैंगिक या महिला हिंसाको मुल कारक कथित् धार्मिक मूल्य मान्यता तथा सामन्ती र पूँजीवादी चिन्तन हो ।

अन्तर्राष्ट्रिय महिला हिंसा बिरुद्धको दिवस के हो?- अन्टुफ पूर्बअध्यक्ष कुमार दाहाल
धर्मले र त्यही आडमा रहेको सामन्ती र पूँजीवादी चेतनाले महिलालाई पुरुष सरहको मानव होइन भोग विलासको वस्तु र त्यसभन्दा अघि बढ्दा पनि घरेलु कामदार भन्दा बढी मानेको कतै देखिंदैन । एकाध अपवादका पात्र र चरित्र देखाएर फुर्ति लगाउनु अलग कुरा हो । हिंसाको आधार विभेद हो । मुलत: धार्मिक चेतनाले सिर्जना गरेको विभेद नहट्दासम्म कसरी हिंसा अन्त्य हुन्छ रु यहाँ धर्म भन्नाले कुनै एक धर्मको कुरा होइन, सबै प्रचलित धर्मको जग महिला द्वेशमा अडिएको छ ।
अब हाम्रै ओरीपरीको कुरा गरौं । हिउँदभरी यस्तै विभेदकारी गाथाले भरिएका पौराणिक कथाहरुको प्रवचन बडो तामझामका साथ टोलैपिच्छे हुन्छन् । बच्चैदखि तिनै महिलाद्वेशी गाथा भक्तिपूर्वक सुन्न र विश्वास गर्न सामाजिक, पारिवारिक वातावरण तयार गरिन्छ । यसलाई आफ्नो परम्परा, मूल्य, संस्कृति र पहिचानका रुपमा स्वीकार गर्नेहरु वास्तवमै लैंगिक विभेद र हिंसाका पक्षधरहरु नै हुन् ।
तिनै मानिसहरु एनजिओ र विभिन्न संघसंस्थाको आवरणमा महिला हिंसाको विरोधमा सडकमा देखिनु विडम्बनामात्रै होइन पाखण्ड हो । त्यसैले हिंसाको अन्त्यका लागि सबभन्दा पहिला विभेदकारी धार्मिक, सामाजिक सांस्किृतिक परंपरागत त्यस्ता साहित्यको सार्वजनिक वाचन र श्रवणमा प्रतिवन्ध लागाउनुपर्छ । अन्यथा यो पाखण्ड प्रदर्शन निरर्थक छ ।
तस्बिरमा: सामाजिक संजालहरुबाट मिरावल दिदी बहिनीहरु- 1- पैट्रिया 2- डेडे 3- मिनर्वा 4- मारिया टेरेसा तानाशाह राफेल त्रुजिलो 1930 - 1961 डोमिनिकन गणराज्य । यो तानाशाहले आफ्नो कार्यकालभरी ५० हजार निर्दोष जनताको हत्या गरेको थियो; यसको अन्त्य यिनै चार दिदी बहिनीको अथक अभियानका कारणले भएको थियो । जसरी यसले निर्दोष ३ दिदी बहिनीहरुको हत्या गरेको थियो । जनताले पनि यसको हत्या त्यसरी नै गरेका थिए ।