यो ऐन, वि.सं. २०७४ साउन २९ गते (ई.सं. २०१७ अगस्ट १३) प्रमाणीकरण तथा प्रकाशित भएको हो भने प्रमाणीकरण भएको मितिले ९१औँ दिन अर्थात् वि.सं. २०७४ कार्तिक २७ गतेबाट ऐन कार्यान्वयनमा आएको हो । यस योजनाको औपचारिक शुभारम्भ वि.सं. २०७५ मङ्सिर ११ गते (आजैका दिन) भएको थियो । त्यसयता हरेक वर्ष मंसिर ११ लाई सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले एकल वा संयुक्तरुपमा “सामाजिक सुरक्षा दिवस” मनाउँदै आइरहेका छन् ।
पृष्ठभूमि
“असल श्रम सम्बन्धको आधार, सामाजिक सुरक्षा र रोजगार”को सुनिश्चितताका लागि “योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४” नेपाल सरकार, रोजगारदाता र ट्रेड युनियनको सहमतिमा जारी भएको श्रमजीवी मजदुरपक्षीय ऐन हो । यस ऐनलाई कार्यान्वयन गर्न “सामाजिक सुरक्षा कोष” स्थापना भएको छ जुन रोजगारदाता, औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र, स्वरोजगार र बैदेशिक रोजगारमा रहेका श्रमिकहरूको योगदान रकमबाट सञ्चालनमा आएको छ । विगत
श्रमजीवी मजदुरहरूको अत्यन्तै न्यून पारिश्रमिक, कार्यस्थलमा आइपर्ने दैनिक समस्या र कठिनाई साथै जीवन सुरक्षाको कुनै प्रत्याभूत नरहेको अवस्थामा श्रमिकहरूले ट्रेड युनियनको झण्डामा गोलबद्ध भई आन्दोलनको जगमा ‘‘योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४” प्राप्त गर्न सफल भएको हो । यो ऐन, वि.सं. २०७४ साउन २९ गते (ई.सं. २०१७ अगस्ट १३) प्रमाणीकरण तथा प्रकाशित भएको हो भने प्रमाणीकरण भएको मितिले ९१औँ दिन अर्थात् वि.सं. २०७४ कार्तिक २७ गतेबाट ऐन कार्यान्वयनमा आएको हो । यस योजनाको औपचारिक शुभारम्भ वि.सं. २०७५ मङ्सिर ११ गते (आजैका दिन) भएको थियो । त्यसयता हरेक वर्ष मंसिर ११ लाई सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले एकल वा संयुक्तरुपमा “सामाजिक सुरक्षा दिवस” मनाउँदै आइरहेका छन् ।
वर्तमान अवस्था
सामाजिक सुरक्षा कोषमा २०८३ मंसिर १० को अद्यावधिक तथ्याङ्कअनुसार सुचीकृत हुने रोजगारदाता संख्या २४ हजार ६ रहेको छ । यस्तै सुचीकृत योगदानकर्ता ३३ लाख ४ हजार ८६ पुगेको छ भने कूल योगदान रकम एक खर्ब ३३ अर्ब २६ करोड ३१ लाख ७२ हजार ४ सय ३८ (१३३,२६३,१७२,४३८ः००) रहेको छ । कोषमा सात प्रदेशबाट कुल रोजगारदाता संख्या २४ हजार ६ सुचीकरण भएका छन् भने औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू ८ लाख ४ सय ३६ जना सुचीकृत देखिन्छ । यस्तै अनौपचारिक क्षेत्रका एक हजार २ सय १० जना र स्वरोजगार क्षेत्रमा काम गर्ने एक हजार ५ सय ८८ जना सुचीकृत भएका छन् । सबैभन्दा बढी संख्या बैदेशिक रोजगारीमा गएका २५ लाख ८ सय ५२ जना देखिन्छ । उल्लेखित तथ्याङ्कलाई सरसर्ती हेर्दापनि देशभित्र काम गर्ने श्रमिकहरूलाई कोषमा आवद्ध गराउन रोजगारदाताहरूको अनिच्छा र सरकारले कानुन कार्यान्वयनमा पूर्णरुपमा अर्कमन्यता देखाएको स्पष्ट हुन्छ । आज संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयुसीसी)ले काठमाडौंका एक कार्यक्रम आयोजना गरेर योगदानमा आधारित सामाजिक सुरक्षा दिवस मनाउँदै छ । जुन श्रमिकका लागि खुसीको कुरा हो । तर, पछिल्ला वर्षहरूमा युनियन र यसका नेताहरू श्रमजीवी मजदुरका सवाललाई उठाउने गरेको देखिएपनि रोजगारदाता र सरकारकै वरपर घुम्ने, मातृपार्टी सरकारमा हुँदा ऐन कार्यान्वयन गर्न जोड नगर्ने तर सडकमा आएपछि विरोध गर्ने साथै मजदुरका आवाज देशभित्र होस् वा देशबाहिरका मञ्चहरुमा बैदेशिक रकम प्राप्तिका लागि उठाउने, मजदुरका लागिभन्दा दाताका लागि श्रमिक कार्यक्रम, गोष्ठीका मञ्चहरू उपलब्धता बनाउने शैलीले वास्तविक गरिखाने श्रमिकहरूले न्याय पाउन सकेको देखिँदैन ।
भविष्य बारे
SB Thapa ANTUF Vice President.
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन–२०७४, नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा क्षेत्रको अत्यन्तै महत्वपूर्ण र दूरगामी सुधारको जग हो । यस ऐनले औपचारिक क्षेत्रका श्रमिकहरूलाई मात्र नभई अनौपचारिक, वैदेशिक रोजगारीमा रहेका र स्वरोजगार श्रमिकहरूलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउने लक्ष्य राखेकाले ऐन पूर्ण कार्यान्वयन हुँदा आम श्रमिकहरुले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा साथै वृद्धावस्था सुरक्षा (निवृत्तभरण)को भरपुर उपयोग गर्न सक्नेछन् । यसर्थ श्रमजीवी मजदुरका हकहित र अधिकार सुनिश्चित गर्न सरकार, रोजगारदाता र ट्रेड युनियनहरूले श्रमजीवी मजदुरका पक्षमा रहेको यस ऐन कार्यान्वयन गर्दै अझ समृद्ध गर्न लाग्नु आजको अपरिहार्य आवश्यकता हो । श्रमिकको भविष्य सुन्दर छ । तर, वर्तमान चुनौती पार गर्दै दीर्घकालीन स्थायित्वका लागि सामाजिक सुरक्षा कोषले पनि कोषमा जम्मा भएको रकमको सुरक्षित, पारदर्शी र उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गर्नु सबैभन्दा ठूलो चुनौती र अवसर रुपमा देखिन्छ । अन्तमा, ट्रेड युनियन, सरकार र रोजगारदाताले आ–आफ्नो कर्तव्य पूरा गर्ने साथै श्रमिक र सामाजिक सुरक्षा कोषले सही तरिकाले दायित्व निर्वाह गर्ने हो भने नेपाल र नेपाली श्रमिकको भविष्य सुन्दर छ । तर, श्रमिकका नाममा खुलेका कुनैपनि ट्रेड युनियनहरू दातृनिकाय वा संस्थाको सहयोग थाप्ने डोको बन्नु हुँदैन् । यस्तै सरकारका विभिन्न ओहोदामा रहेका व्यक्ति होस् वा ट्रेड युनियनका नेताहरू देशी, विदेशी दातृसंस्था वा निकायको खेतला बन्नु हुँदैन् । संसारको इतिहास निर्माता मजदुर हुन् । मजदुरका अधिकार कसैले खोस्न सक्दैन् ।
सोम बहादुर थापा (एसबी) उपाध्यक्ष, अखिल नेपाल ट्रेड युनियन महासंघ