नेपालका बाम विश्लेषक यति धेरै पुर्वाग्रही छन कि उनीहरुको विश्लेषण केवल आवेग, आक्रोश र बदलाको भावनाले प्रेरित देखिन्छ । त्यसमा कतै वाम विचारको गन्ध समेत पाईंदैन ।
नेपाली कम्युनिष्ट आन्दोलनको विश्लेषण गर्ने वाम वुद्धिजीविहरुको अचेल कुनै खडेरी छैन । तर वाम वुद्धिजीवी वा वाम विश्लेषकको योग्यता र मापदण्डको आधारहरु के के हुन ? यस विषयमा त्यत्ति प्रष्ट छैन । वाम विश्लेषकको भूमिका कम्युनिष्ट आन्दोलनलाई सही दिशातिर डोहो¥याउनको लागि हुने कि त्यसलाई ध्वंश गर्नको लागि हुने हो ? त्यसैले वाम विश्लेषकहरु एकै कोटीको हुनुपर्छ भन्ने पनि छैन ।
किनकी कम्युनिष्ट विचारधारासित सम्वन्धित अधिकांश विश्लेषण र पुस्तकहरु अमेरिका र बेलायतवाट प्रकाशित भएका छन् । के ती पुस्तकहरु संसारमा कम्युनिष्ट फैलिउन, क्रान्तिकारी कम्युनिष्ट धारको रक्षा र विकास होस भन्ने धेयले नै भएको हो त ? कम्युनिष्टलाई सत्यानास गर्न सहज होस भनि उनिहरुको एजेन्ट र सरकारका लागि डकुमेन्टहरु प्रकाशित गरेका पनि हुनसक्छन् । कम्युनिष्टलाई सिध्याउन कै लागि उनीहरुका लागि रिलायबल तथ्यांकहरु संकलन गरिरहेका छन् तिनीहरु । उनीहरु कम्युनिष्ट विरुद्ध दुश्प्रचार गरी समाप्त गर्न आधारहीन कुराहरु वाम विश्लेषक मार्फत प्रक्षेपण गरिरहेका छन् । र, कतिपय छद्म वाम विश्लेषकहरुलाई उनिहरुले नै प्रायोजन गरिरहेका छन् र जन्माइरहेका छन् ।
नेपालका बाम विश्लेषक यति धेरै पुर्वाग्रही छन कि उनीहरुको विश्लेषण केवल आवेग, आक्रोश र बदलाको भावनाले प्रेरित देखिन्छ । त्यसमा कतै वाम विचारको गन्ध समेत पाईंदैन । त्यसको प्रमुख कारण के हो भने धेरै जसो वाम विश्लेषकहरु एवं वाम वुद्धिजीविहरु कुनै वेला विभिन्न कम्युनिष्ट पार्टीको कार्यकर्ता वा नेताको पदमा आसिन रहेका नै पाइएको छ । ।
अन्तरविरोध र अन्तर संघर्षको दौरानमा अक्सर गरेर उनीहरु तत् तत् पार्टीवाट पराजित भएपछि पलायन हुने गरेका छन् अनि अध्ययन, प्रकाशन, संचार, एन्जिओ, आईएन्जिओ, विदेश पलायन, नोकरी खाने र व्यापारी वन्ने गरेका छन् । अझ तत्कालीन माओवादीले जनयुद्ध थालनी गरेको वेलामा सो पार्टीलाई सत्तोसराप गर्दै पार्टीको गोप्य डकुमेन्ट र शेल्टरको पोल खोल्नेहरु झनै ठूला बाम वुद्धिजीवि र वाम विश्लेषक वन्न पुगेका छन् ।
यो माथि वताइएको मापदण्ड वाहेकका पनि थुप्रै वाम विश्लेषक र वामवुद्धिजीविहरु पनि हुनुहुन्छ र उहांहरु स्वयंले वाम वुद्धिजीवी र वामविश्लेषकको पगरी गुथेको र पगरी गुथाइएको पनि देखिएन । उहांहरुले अथक प्रयत्न गरेको मात्र देखिन्छ नेपाली कम्युनिष्ट आन्दोलनलाई कसरी विवादरहित, फुटरहित एवं सिद्धान्तनिष्ठ ढंगले अघि वढाउन सकिएला भन्ने चिन्ताले सताईरहेको भेट्टाइन्छ । उनीहरुलाई सुनाम र सुकिर्तिको खासै चिन्ता छैन ।
उनीहरु नै सही वामविश्लेषक हुन् । तर, यी एकथरी विश्लेषक र वामपंथी वुद्धिजीवीहरुको धन्दा नै भएको छ नाम र दामको लागिमात्र काम गर्ने । कम्युनिष्ट पार्टी र त्यसका नेताहरुको चरित्र हत्या गर्ने, जनतालाई वितृष्णा जगाई दिने, नेता नेतावीचमा झगडा गराई दिने, कार्यकर्तावीच आशंका पैदा गराइदिने, एउटालाई उचाली अर्कोलाई पछारी दिने, पार्टी फुटको लागि उचाली दिने, माक्र्सवादी विचारमाथि आक्रमण र अविश्वास पैदा गराई दिने यस्ता वाम विश्लेषक र वामवुद्धिजीवीको नेपाली सर्वहारवर्गलाई के काम ? पार्टी र पार्टी नेताप्रति घृणा पैदा गर्नु नै यीनिहरु निकै ठुलो काम ठान्दछन् । एकजना वुद्धिजीविको केही हप्ता अघि एक टिभी च्यानलमा अन्तरवार्ता हेर्ने मौका पाएको थिएं ।
उनी भकाभक तुच्छ शब्दको बान्ता गर्दै भन्दै थिए प्रचण्डको जुंगा स्टालिनको जस्तो भयो, कपाल पनि स्टालिनको नक्कल गरेर कोरेको छ, भाषण गर्ने वेलामा कुम उच्काउंछ, शैली र वानी व्यहोरा स्टालिनको जस्तो गर्छ यसको पतन हुनैपर्छ यस्तो मान्छे नेपालको लागि काम छैन । हो, तर उपेन्द्र यादव राष्ट्रपति वन्नुपर्ने मान्छे हुन तर मैले भेट्ने मौका पाएको छैन । यो कतिसम्मको पुर्वाग्राही वाम विश्लेषक हो प्रचण्डको अनुहारमा स्टालिन देखेर आक्रोशित हुने ? कतिसम्मको घमण्डी हो उसको मुखमा जे आयो त्यही बोलेर पतनको धुप हाल्ने ? यो वुद्धिजीवि लामो समयसम्म अमेरिका बसेर आएको रे ।
पहिला खांटी वामपन्थी थियो रे । आर्को एउटा वुद्धिजीविको पनि धेरै पटक विश्लेषण सुनेको छु । उसको काम कामरेड प्रकाश उनी निकटका सवैलाई आमाचकारी गाली वेइज्जति गर्नु र उनिप्रति डरलाग्दो आशंका पैदा गराई आपसमा झगडा गराईदिनु र त्यसपछि ताली बजाएर बस्नु हो । तर यी वाम विश्लेषकले जनयुद्धकै क्रममा स्वइच्छाले गिरफ्तारी दिई पार्टीलाई ठुलो नोक्सानी पु¥याएका थिए । यी भन्दा बाहेकका दर्जनौ वामवुद्धिजीवी बग्रेल्ती छन् । जो जनयुद्धकालमा भगौडाको बिल्ला भिर्ने अवसर पाएका थिए र भगौडा मार्काले डामिएका थिए । ती पनि प्रतिक्रियावादीहरुकालागि राम्रा वाम विश्लेष्कभित्र पर्दछन् । ऐले यिनीहरु नै चर्चित वाम विश्लेषक र वामवुद्धिजी भएर ठँंटले बँंचेका छन् ।
तर यस्ता तत्वहरुको समयपरिस्थिति अनुसार उदय र अस्त हुने गरेको छ । जनुद्धकालमा प्रतिगामी सरकारले उचालेका कथित वाम वुद्धिजीवीहरुहरुको ऐले नामोनिसान छैन । समयको परिवर्तनले बढारेर लगेको छ । नेपाली कांग्रेसको पालामा चर्चित अर्थविद तथा वाम विश्लेषक प्रायोजन गरिएका वाम वुद्धिजीविहरुलाई समयले खोटो मोहोर सावित गरिदियो । एक जना अर्का नेपाली कम्युनिष्ट आन्दोलनमा विद्यावारिधी गरेका वामविश्लेषक छन् उनको हालत पनि निकै टिठ लाग्दो छ । एनेकपा माओवादीका विरुद्धमा स्थायी मोर्चावन्दी गर्नु, भ्रामक सामग्री पस्कनु उनको मुख्य दिन चर्या बनेको छ । उनी माओवादीका विरुद्धमा कुप्रचार गर्न निकै माहिर मानिन थालेका छन् ।
अर्का एक जना वरिष्ठ वाम पत्रकार छन् उनी कुनै बेला कमरेड प्रकाशको भक्त मानिन्थे तर ऐले उनी भन्दा सिनियर नेताको पुच्छर समातेर प्रकाशका विरुद्धमा जोडदारले खनिएका छन् । नेक्स्ट फ्रन्टका वाम साहित्यकार तथा वामविश्लेषक कसैलाई सत्तोसराप गर्न बिल्ला भिराउन सवैभन्दा अग्रमोर्चामा छन् पार्टी फुटपछि बल्ल उनले चिसो सास फेरेका छन् । पार्टी नफुटुन्जेल यिनलाई निद्रा लागेन । उनी टुकुचाको हरियो झिंगाको उपनामले पनि चर्चित छन् ।
यीनिहरुको काम नै निराशा पैदा गर्नु हो । क्रान्तिकारी चेत भएका कार्यकर्ताको चेतनालाई दिग्भ्रमित गरिदिनु हो । के वाम विश्लेषक भनेका यस्तै हुन्छन् ? के बाम विश्लेषकको काम वाम विचारधाराको हुर्मत लिनु मात्र हो ? बाटो देखाउनु होइन ? बाम पार्टीहरुलाई सकारात्मक सुझाव दिनु होइन ? सावधानी गराउनु होइन ?
असार १३,२०६९