२०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते

डा. देवेन्द्रराज पाण्डेको निधनको दुःखद खबरले म अत्यन्त मर्माहत बनेको छु- पुष्पकमल दाहाल प्रचण्ड

आइतवार , श्रावण ३, २०८३

नागरिक अगुवा तथा पूर्वमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनको दुःखद खबरले म अत्यन्त मर्माहत बनेको छु।
कीर्तिशेष डा. पाण्डेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। नेपालमा शान्ति प्रक्रिया र लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित नागरिक स्वतन्त्रता, सुशासन र जनअधिकारको पक्षमा उहाँले पुर्‍याउनुभएको योगदान नेपाली इतिहासमा सदैव सम्मानपूर्वक स्मरणीय रहनेछ।
शोकसन्तप्त परिवारजन, आफन्त तथा उहाँप्रति सम्मान र स्नेह राख्ने सम्पूर्णमा हार्दिक समवेदना व्यक्त गर्दछु।

पुस्पकमल दाहाल प्रचण्ड 
पुर्ब प्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक