२०८३, कार्तिक ३० गते

२०८३, कार्तिक ३० गते

कर्मचारीको सरुवा मिलाउन स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको निर्देशन

सोमवार , आश्विन १५, २०७५

काठमाडौं । संसदको स्वास्थ्य तथा शिक्षा समितिले कर्मचारीको सरुवाको व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ । सिंहदरबारमा सोमबार बसेको बैठकले स्वास्थ्य र शिक्षा मन्त्रालयमा कार्यरत तल्लो तहका कर्मचारीलाई जान चाहेको अवस्थामा आफ्नै प्रदेशमा सरुवाको व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले सरकारी स्वास्थ्य संस्थामा उपचार गर्न आउने विरामीलाई पहुँचका आधारमा नभइ रोलक्रमका आधारमा उपचार गर्ने व्यवस्था मिलाउन पनि समितिकी सभापति जयपुरी घर्तीले मन्त्रालयलाई निर्देशन दिइन् । बैठकमा देशको पछिल्लो स्वास्थ्य अवस्थाका बारेमा छलफल भएको समितिले जनाएको छ ।