अक्रम नादिर इराकको कुर्द ट्रेड युनियनको नेता हुनुहुन्छ । उहाँसित एक महिना अघि छोटो बार्तालाप भएको थियो । नेपालीमा अनुवाद गरी आज प्रस्तुत गरेको छु । इराकको ताजा हालत बारे यो छोटो जानाकारी निकै कष्टकर छ । तर पनि निराश छैनन् कुर्दहरु । धन्यवाद
- इराकको अवस्था झन झन खराब हुँदै गएको छ । यसको कारण हो अमेरिका र इरान बीचको द्धन्द । त्यो चेपुवामा परेकोले इराकी जनतालाई ठूलो समश्या परिरहेको छ ।
- हामी पूँजीवादको बिरुद्धको संघर्षलाई कहिल्येपनि रोक्नेवाला छैनौं । श्रमजीवि वर्गको पक्षमा हामी लडिरहने छौं । हरेक पल पल लडिरहेका छौं । पूँजीवादको समश्यामा देखा परेका संकट मोचन गर्न श्रमजीविवर्गमाथि दमन गर्ने गरिएको छ । त्यो कुरा हामीले बुझेका छौं । तपाईहरु जस्तो विश्वका थुप्रै संगठनहरुले हामीलाई निराश हुनबाट बचाई रहेका छन् । हामी कदापि निराश हुनेछैनौ ।
- अमेरिकी सेनाहरु श्रमजीविवर्गको धक्कामुलक क्रान्ति बिना इराकबाट कदापि हट्ने छैनन् । सबै पुँजीवादी सिस्टम रक्तपिपाशु बाहेक अरु केही होइनन् ।
- हाम्रा बिरोधी तत्वहरुले इस्लामिक समूहहरुको हाउगुजी देखाएर तर्साइरहन्छन, समाधान खोज्न सकिँदैन भनि निराश बनाउँछन ।