गोरख पाण्डे (1945 - 28 जनवरी, 1989) देवरिया, उत्तर प्रदेश) को कविता- हुलदंगा/ भावानुबाद: जय कार्की /असार ८ गते २०८३ साल
१.
आउनुस भाई बेचू आउनुस
आउनुस भाई अशरफ आउनुस
मिलीजुली छुरा हानौ
मालिकले काम दिएकै छ
पेट काटी काटी छुरा किनौ
अनि मालिकको आरधना गरौं
आ(आफ्नो धर्म बचाउ
मिली जुली छुरा हानाहान गरौ
एक आपसमा मारकाट गरी मरौ
छुरा हानौ धर्म बचाऔ
आउनुस दाजुभाइ आउनुस ।
२.
छुरा प्रहार गरेपछी चिच्याऔ
हर हर शंकर महादेव १
छुरा प्रहार गरेपछी चिच्याऔ
अल्लाहो अकबर
हल्ली खल्ली सकिएपछी
जे जति बाकी रह्यो
त्यो थियो छुरा
र बगिरहेको रगतको फाल्सा
३.
यसपटक हुलदंगा भयंकर भएको थियो
गजबले भएको छ अन्नबाली
बेस्सरी भएको थियो
रगातको झरी
अर्को बर्ष
हुनेछ राम्रो अन्न बाली
मतदानको ।
- भावानुबाद: जय कार्की
असार ८ गते २०८३ साल
जोरपाटी काठमाडौं नेपाल।