नैराश्यताको बिस्कुन सुकाउन
अब छोड्नु पर्छ
एक अर्को प्रति धारे हात लगाउन छोड्नु पर्छ
के के मिलेन आपसमा बसि सम्याउनु पर्छ
हार्ने र भाग्ने होईंन,
फ़ुट्ने र टूटने होईंन
अब फेरि जुटने हो ।
एक कड़ी खुस्कीए
अर्कों जोड्ने हो।
बिजयपताका नफहराई
अब नछोड़ने हो !
समाजबादको आसा मात्र देखाउने होइन
स्रमजीबी बर्गलाई फुस्रो स्वर्गमात्र देखाउने होइन
आकाशको फल आँखा तरि मर पार्ने होइन
चर्को भाषण र रित्तो आश्वासनले नयाँ नेपाल बन्दैन
जे गुम्नु थियो गुमिसक्यो
अब किन पछि हट्ने ?
जितकै लागि अब अन्तिम पटक
डटेर लड्ने हो
अन्तिम पटक फेरि लड्ने हो
निर्दिष्ट लक्ष्य पूरा गरि छाड्ने हो ...

Jaya Karki
Jetha 7,2080