ग्वाटेमालाको क्रान्तिकारी कवि ओत्तोरेनि कास्तिल्लो/ भावानुबाद: जय कार्की / कार्तिक २१ गते २०८१ साल
मेरी प्रिय,
हामी सबै अपराजय छौँ
इतिहास अनि जनताबाट हामी बनेका हौँ ।
जनता र इतिहासले भबिस्यलाई
चलायमान बनाउछ ।
जिबनभन्दा बाहेक केहि छैन अरु पराजय ;
यही झोक्काले हाम्रो पखेटामा हावा भर्छ।
जब हामी जीत हासिल गर्नेछौं
हामीसंगै बिजयी हुनेछन् जनता ,
इतिहास र जिन्दगी ।
हाम्रो हातको अन्तिम डिलबाट
अहिले नै सुर्योदय हुन लागेको छ
र हामीभित्र शुभबिहानीले आखा खोल्दै छ,
किनकि हामी उनको घर बनाउँछौ,
उनको किरणको संरक्षक हौँ ।
हामीसित आउ
किनकी लडाइँ अझै बाकी छ ।
नारी हो ! आफ्नो मिलिशियाई गर्वलाई जगाउनुस
हामी सबैले जित्ने छौँ
मेरा प्यारा साथीहरू ! ..
- भावानुबाद: जय कार्की कार्तिक २१ गते २०८१ साल जोरपाटी , काठमाडौ