१.भ्ला.इ. लेनिन क्रेमलिनमा जनकमिसार परिषदको बैठकमा सन १९२२, ३ अक्टुबर, मास्को
सरकार: संझन योग्य कुरा के छ भने त्यो जमानाको घटनाहरुका प्रत्यक्षदर्शी बताउँछन, अहिले भरखरै गोली चलिरहेकै थियो, सोभियत सरकारको गठन पनि भैसकेको थियो ।
पहिलो नियुक्तिको संझना गर्दै अनातोली लुनाचास्र्की लेख्नु हुन्छः
“यो (पहिलो सोभियत सरकारको निर्माण) स्मोल्नीको एक सानो भन्दा सानो कोठामा भएको थियो । जहाँ कुर्सिहरु माथि ओभरकोट र टोपीहरु छरिएका थिए र सबै अलि उज्यालो भएको मेचको वरपर जम्मा भएर बसेका थिए । हामी नयाँ रुसको नेताहरुलाई चुनिरहेका थियौं ।”
“मलाई यस्तो लाग्यो चयन प्रायः बिना सोचविचार गरेर भैरहेको छ । मलाई लागेको थियो जुन मानिसलाई चुनिदैछ, उनीहरुले आफूलाई सुम्पेको महान जिम्मेवारीहरुलाई पुरा गर्न सक्ने छैनन् । म यी मानिसहरुलाई राम्ररी चिन्दथें र मलाई ती अहिले यस्ता कामको लागि तयार लाग्दैन थियो । लेनिनले रिसाएर मेरो आपत्तिलाई नसुनेझैं गर्नुभयो तर पनि मुस्कुराउँदै भन्नु भयो”:
“पछिको पछि नै हेरिनेछ, तर अहिले त सबै पदहरुमा जिम्मवार मानिसहरुको जरुरत छ । यदि अयोग्य भेटियो भने पछि फेर्न सकिन्छ ।”
यस्तो सोच्ने एकलो लुनाचास्र्कीमात्रै थिएनन् । बैठकमा उपस्थित कैयौं अरु मानिसहरुको पनि त्यसतै सोच थियो ।
हाम्रो अवस्था निक्कै धेरै जटिल थियो, पहिलो नियुक्तिहरुको बारेमा ग. लोमोव–ओप्पोकोव स्मरण गर्नुहुन्छ–
“हामीवीच निकै धेरै शानदार र सुयोग्य काम गर्न सक्षम हुनुहुन्थ्यो । हामीवीच निक्कै धेरै समर्पित क्रान्तिकारी थिए, जुन रुसको कुनाकाप्चा जम्मैसित जानकार थिए र गोडामा जंजिर लगाएरै पिटर्सबर्ग, वारसा र मास्कोबाट याकूतिया र वेर्खोयान्स्कसम्मको सबै कष्टदायी मार्ग पार गरेका थिए । तर हामी सबैलाई राज्य चलाउन अहिले नै सिक्नु थियो । हामीमध्ये हरेक रुसकोे लगभग सबै झ्यालखानाको नाम गन्न सक्थ्यौं र त्यसमध्ये जे कानुन थियो, विस्तारमा बर्णन गर्न सक्थ्यौं । हामी जान्दथ्यौं काहाँ पिटिन्छ, यातना दिइन्छ, काहाँ र कसरी कालकोठरीमा बंद गरिन्छ, तर हामीलाई राज्यको शासन चलाउन आउँदैन थियो ।”
विगतका जो भूमिगत कार्यकर्ता थिए, तिनीहरु नै आज जनकमिसार अर्थात मन्त्री,विशेष प्रतिनिधि र असाधारण कमिसार बने । कमिसारहरुले स्मोल्नीमा नै काम गर्न आरम्भ गरेका थिए । शुरुमा कार्यालयको लागि एउटा सोफा यस्तै दुई कुर्सीहरु नै काफी थियो । त्यसैमाथि बसेर पहिलो समश्या समाधान गरिएको थियो र पहिलो दस्ताबेज लेखिएको थियो । पछि अलि अलि गरेर स्टाफ पनि खोजिएको थियो । र अनि गज्जबले पनि बनाइएको थियो ।
" उहाँ एउटा लामो टेबलतिर बस्तै ब्यंग्य मुस्कुराहटकासाथ, विद्यार्थी जसरी सतर्क दृष्टिले हेर्दै कुशलता एवम् चतुर्याईंकासाथ साथीहरुवीच भैरहेको बहसका दिशा निर्देश गरिरहनु भएको थियो"–माक्सिम गोर्की रुसी साहित्यकार
भ्ला.इ. लेनिन क्रेमलिनमा जनकमिसार परिषद सचिवालयको कर्मचारीहरुको साथमा सन १९१८ मास्को
सोभियत सरकारका यी मन्त्रीहरुको कामको बारेमा सुझावहरु एकदम फरक फरक किसिमका थिए । उदाहरणको लागि, अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्सले त्यो दिन लेख्यो
“तिनीहरु गद्दीमा धेरै दिन टिक्नै सक्तैनन् चलाउनै सक्तैनन्” भनेर उस्ले अरु पनि लेख्यो “किनकि यीनिहरु अत्यन्तै छोटा बुद्धि भएका र दिमाग नभएका कम दिमाग भएका मानिस हुन् । यिनीहरु राजनीतिमा बच्चा नै छन् र जान्दा पनि जान्दैनन्, यिनीहरु कुन शक्तिहरुसित खेलिरहेका छन् ।”
तर एक प्रत्यक्षदर्शी ती पनि अमेरिकी नै थिए, यद्यपि उनी समुद्रपारबाट आएको थिएनन् तर क्रान्तिकारी रुसमा बसेर लेखिरहेका थिए, उनको भनाई भने यस्तो थियोः
“प्रथम जनकमिसार परिषदको सदस्यहरुले जति पनि पुस्तकहरु लेखेका छन् र जति भाषाहरु उनीहरुले जानेका थिए, यदि त्यसको संख्यालाई मापदण्ड बनाउने हो भने संस्कृतिको मामिलामा उनीहरुको स्तर विश्वको कुनै पनि मन्त्रिमण्डलभन्दा उच्चस्तरको छ ।” यसको साक्षी अमेरिकी रेड क्रस मिसनका प्रमुख कर्नेल रेमण्ड रबिन्सको भनाई रहेको छ । सरकारको प्रथम बैठकहरु स्मोल्नीमा भयो, त्यसपछि मास्कोको राजधानी बनेपछि क्रेमलिनमा हुन थाल्यो । लेनिनले बैठकको जुन तरिकाले संचालन गर्नुहुन्थ्यो, त्यो सबैको लागि अनुकरणीय बन्न सक्थ्यो, लेनिनको एक साथी, न. सेमाश्कोले लेख्नु भएको छ–
ठीक तोकेको समयमा लेनिन आफ्नो पछिल्लो ढोका बन्द गर्दै जनकमिसार परिषदको बैठक कक्षमा प्रवेश गर्नुहुन्थ्यो र एउटा लामो हरियो मेजपोशले छोपेको अग्लो बेतको कुर्सीमा बस्नुहुन्थ्यो । त्यसपछि सरसर्ति नजर दौडाएर हेर्नुहुन्थ्यो, सबै जनकमिसार उपस्थित छन् कि छैनन् । शुरु शुरुमा त बिलम्ब गरी आउनेलाई जरिवानासम्म लगाइन्थ्यो । आधा घण्टा बिलम्ब गर्नेलाई पाँच रुबल र त्योभन्दा बढि ढिलाई गर्नेलाई दस रुबल । बैठक यो विषयको जाँचबाट शुरु गरिन्थ्यो, पहिला गरेका फैसला कसरी लागू भैरहेका छन् । लेनिन पुरै एकग्रताकासाथ सुन्नुहुन्थ्यो र यसतै नै अरु उपस्थित मानिसहरुबाट आसा गर्नुहुन्थ्यो । परिषदको बैठकको समयमा केवल नोट लेखेर दिइन्थ्यो । कुराकानी गर्न शख्त बन्देज थियो ।
४. भ्ला.इ. लेनिन गोलीको घाउ निको भएपछि जनकमिसार परिषदको बैठकको अध्यक्षता गरिहनु भएको छ । सन १९१८, अक्टुबर १७ मास्को
लेनिन आफू पनि संधै नोट लेख्नु हुन्थ्यो । यसकोसाथै उहाँ कार्यसूचिमा टिपहरु (स्थगित,.. आदि) पनि लेख्नुहुन्थ्यो । उहाँ वक्ताहरुको नाम टिप्नु हुन्थ्यो र कहिले कहिं उनीहरुले भनेका महत्वपूर्ण भनाई तथा सुझावहरु पनि टिप्नुहुन्थ्यो । बैठकहरुमा नै उहाँ प्रस्तावहरुको मस्यौदाहरुको सम्पादन पनि गर्नुहुन्थ्यो । त्यसपश्चात त्यसमा लेख्नुहुन्थ्योः
“अनुमोदित” भ्ला.उल्यानोभ(लेनिन)। निर्णयको भाषा उहाँ आफै तय गर्नुहुन्थ्यो, त्यसलाई पटक पटक बोलेर सेक्रेटरीलाई लेखाउनु हुन्थ्यो र सोध्नुहुन्थ्योः “लेख्नुभयो ?” विचाराधिन प्रश्नको बहशमा उहाँको सहभागिता चिन्ताकासाथ टिप्पणीको रुपमा या अरु बाँकी अधिकाँश मामिलामा सामेल हुनुहुन्थ्यो । दुई दुई, छ छ, दस दस पटक मज्जाले बोलेर गर्नुहुन्थ्यो । लुनाचास्र्की लेख्नुहुन्छः “जनकमिसार परिषदको बैठकहरु एक किसिमले संघनित सान्त बातावरण बनिरहन्थ्यो । एक मिनटभित्र यति धेरै तथ्य, विचार र फैसलाहरु समाहित हुन्थे कि लाग्दथ्यो समय पहिला नै आफै यति परिपक्व भैसकेको छ ।” ..........
तस्बिरहरुः
१.भ्ला.इ. लेनिन क्रेमलिनमा जनकमिसार परिषदको बैठकमा सन १९२२, ३ अक्टुबर, मास्को
२.भ्ला.इ. लेनिन गोलि लागेर भएको घाउ निको भएपछि जनकमिसार परिषदको बैठकको अध्यक्षता गर्दै, सन १९१८ अक्टुबर १७ मास्को ।
३. उहाँ एउटा लामो टेबलतिर बस्तै ब्यंग्य मुस्कुराहटकासाथ, विद्यार्थी जसरी सतर्क दृष्टिले हेर्दै कुशलता एवम् चतुर्याईंकासाथ साथीहरुवीच भैरहेको बहसका दिशा निर्देश गरिरहनु भएको थियो–माक्सिम गोर्की रुसी साहित्यकार
४. भ्ला.इ. लेनिन गोलीको घाउ निको भएपछि जनकमिसार परिषदको बैठकको अध्यक्षता गरिहनु भएको छ, सन १९१८, अक्टुबर १७ मास्को ।
अनुवादः जय कार्की
माघ १० गते २०८० साल
लेनिन शब्दचित्र
प्रगति प्रकाशन मास्को १९८७
हिन्दी अनुवादः बुद्धिप्रसाद उपाध्याय
रुसी अंग्रेजी अनुवाद येगोर याकोभ्लेभ