“शासक वर्गहरू कम्युनिस्ट क्रान्तिमा थर्कमान हुन । सर्वहाराहरुसँग गुमाउनको लागि आफ्नो जनजीवन बाहेक केही छैन। उनीहरूसँग जित्नको लाग़ि संसार छ। सबै देशका मजदुरहरू, एक हुनुहोस्!”
कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सले लेखेका यी शब्दहरू १७५ वर्षअघि फेब्रुअरी २१, १८४८ मा कम्युनिष्ट घोषणापत्रमा पहिलो पटक प्रकाशित भएका थिए।
आज झन यस्क़ो महत्व बढेर ग़एको छ एकरत्ती पनि घटेको छैन ।
कम्युनिष्ट संघ अन्तर्राष्ट्रिय मजदुर संगठन थियो । निश्चय नै तत्कालीन परिस्थितिमा यस संघले गुप्त तवरले मात्र काम गर्न सक्थ्यो । सन १९४७ को नोभेम्बरमा लण्डनमा सम्पन्न भएको यस संघको अधिवेशनले तल हस्ताक्षर गर्ने हामी दुई जनालाई पार्टीको एक विस्तिृत सैद्धान्तिक र व्यवहारिक कार्यक्रम प्रकाशानार्थ तैयार पार्ने अविभारा सुम्पेको थियो । यसरी निम्न लिखित घोषणापत्र तैयार भयो । यसको पाण्डुलिपि फरवरी (१)क भन्दा केही साता अघि छाप्नको लागि लण्डन पठाइएको थियो । सबभन्दा पहिले जर्मन भाषामा छापिएको घोषणापत्र जर्मनी, इंगल्याण्ड र अमेरिकामा यसै भाषामा कमसेकम १२ संस्करण निस्किसकेका छन् । अंंग्रेजीमा सबभन्दा पहिले सन १८५० मा लण्डनको रेड रिपब्लिकन पत्रिकामा कुमारी हेलेन म्याकफर्लेनको अनुवाद प्रकाशित भएको थियो ।
इं.सं. १८७२ को जर्मन संस्करणको भूमिकाबाट माक्र्सएंगेल्स कम्युनिष्ट पार्टीको घोषणापत्र
प्रगति प्रकाशन मास्को
सन १९७९
लाल सलाम