- कमरेड उपेन्द्र रायको छोरा निश्चल रायको तस्बि, पहिला उनको अपहरण त्यसपछि हत्या गरेको पुष्टि।
हाम्रो संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका नेता १ न प्रदेश एकका सह इन्चार्ज उपेन्द्र रायको छोरा हिजो २०७८र७र२२ गते ३ बजे देखी हराइरहेको र आज बिहान हत्या गरी खोलामा फालिएको र खोलाले लाश बगाइरहेको अवस्थामा भेटिएको हुँदा यो हत्या गम्भिर राजनैतिक प्रतिसोधको कारण वा जुनसुकै कारणले गरिएको किन नहोस हत्यारालाई तुरुन्त पत्ता लगार्इ कडा भन्दा कडा कारवाही गरियोस र यो दुस्खको घडीमा अखिल नेपाल ट्रेड यूनियन महासँघ परिवार उपेन्द्र राय र उहाँको परिवारको साथमा रहने छ र आवश्यक परेमा न्यायको लागि कडा भन्दा कडा कदम पनि चाल्ने छ।
सालिकराम काफ्ले
महासचिब
अखिल नेपाल ट्रेड युनियन महासंघ केन्द्रीय कार्यालय पेरिसडाँडा
काठमाण्डौ