२०८३, कार्तिक २९ गते

२०८३, कार्तिक २९ गते

कम्युनिष्ट नैतिकताः फ्रान्सिसी समाजवादी शार्लबारे लेनिनको धारणा

शनिवार , माघ २०, २०८०

" हामी आफ्नो पिताहरुभन्दा श्रेष्ठ तरिकाले लडिरह्यौं । हाम्रा बालबच्चा झन् श्रेष्ठतम् ढंगले लड्ने छन् र विजय हासिल गर्नेछन्"– भ्ला.इ. लेनिन लेनिन महान अक्टुबर समाजवादी क्रान्तिको दोश्रो बार्षिकोत्सवको अवसरमा आयोजित मेहनतकशहरुले निकालेको जुलुशका साथ लाल मैदानमा सन १९१९ अक्टुबर ७ मास्को ।
दिसम्बर १९१७ मा फ्रान्सिसी समाजवादी एवम् संसद सदस्य शार्ल द्युमा पेत्रोग्रादमा आए र आफ्नो पुरानो चिनजान प्रस्तुत गर्दै लेनिनलाई पत्र पठाएर उहाँसित भेट्ने समय मागे । लेनिनले आफ्नो उत्तरमा लेख्नुभयोः मलाई र मेरो पत्नीलाई ती दिनहरुलाई संझिदा निकै खुुशी लाग्छ, जब पेरिसमा हाम्रो आपसमा परिचय भएको थियो ।......... तर लेनिनलाई एउटा आर्को कुरा पनि स्मरण थियो । त्यो यो हो शार्लले साम्राज्यवादी युद्धको आरम्भमा कसरी आफू घोर अन्धराष्ट्रवादी भएको परिचय दिएका थिए । यसकारण लेनिनले लेख्नुु भयो ः मलाई निकै अफसोस छ, गंभीर राजनीतिक मतभेदको कारण हामीवीच वैयक्तिक सम्बन्ध बन्न सकेन.........। ”अरु भन्नुको आवश्यकता छैन म यो पत्र तपाईलार्ई सरकारको सदस्यको हैसियतले नभई एक निजी व्यक्तिको हैसियतबाट लेखिरहेको छु ।” लेनिनले पत्रलाई निजी स्वरुपमाथि जोड दिनुभयो, तर यसो गर्दै गर्दा उहाँ त्यही नै बनिरहनु भयो, जस्तो कि हमेशा तथा हरेक काममा हुनुहुन्थ्यो । यस्तो पत्र लेख्नु उहाँको लागि स्वाभाविक नै थियो, किनकि समाजवादी क्रान्तिमा समर्पित उहाँको सारा जीवनको भाँति त्यस्ले पनि उहाँको विचारसित मेल खाएको थियो । बा. वारोभ्स्कीले लेखेका छन् : “उहाँको लागि साझा र निजीमा फरक छैन, उहाँको लागि सार्वजनिक र वैयक्तिक जीवनमा भेद छैन । यसप्रकारले पनि उहाँ एकै चट्टानले बन्नु भएको थियो .. यहाँ आन्तरिक विरोधहरु, त्रासदिहरु र संझौताहरु यानी मध्येवर्गको त्यो विरासतको लागि कुनै ठाउँ छैन, जस्ले कैयौं क्रान्तिकारी बुद्धिजीविहरुको जीवनलाई तबाह गरेको छ ।” लेनिनको विनम्रताको बारेमा धेरै नै लेखिएको छ । सरकार प्रमुख भएर पनि पालेलाई आफ्नो परिचयपत्र देखाउन कहिल्यै हिचकिचाउनु भएन । एकपटक त उहाँको तलब कसैसित सल्लाह नगरी बढाई दिएकोमा दोषीको निन्दा गर्नुभएको थियो । हामी यी सबलाई आदतमा परेको विनम्रता मान्दछौं । तर यो कस्तो विनम्रता हो ? राम्रो हुनेछ हामी यस नियमलाई कडाईका साथ पालन गर्ने माग र यसलाई दृढ विश्वासको नाम दियौं भने कानुन तबसम्म कानुन रहन्छ, जबसम्म त्यसको पालना सबैको लागि अनिवार्य हुनेछ । लेनिन आफुद्धारा निर्मित पार्टीको नैतिक सिद्धान्तहरुमाथि निक्कै ठूलो जोड दिनु हुन्थ्यो: “कम्युनिष्टको लागि यस्तो कुनै पद हुनसक्तैन, जस्मा सबैकालागि बनाएको नियम कसैको लागिमात्र अनिवार्य नरहोस् ।”
भ्ला.इ. लेनिन क्रेमलिनको स्वेर्दलोभ हलमा रु.क.पा(बोल्शेभिक)को दशौं अखिल रुसी काँग्रेसको प्रतिनिधिहरुका विच, सन १९२१ मई २६–२८ मास्को
  कम्युनिष्ट लेनिनको विनम्रता त्यस राजनीतिक लाइनको एउटा अभिव्यक्ति हो, जसमाथि उनीहरु संधै हिंडिरहन्छन् । यस लाईनको केही पहलु यो थियोः “राज्य र पार्टीको निर्णयहरुको पालनको अनिवार्यता–सबैकोलागि लागि समान र अविकल अनिर्वायताः सबै निर्णय सधंै र अवश्य सामूहिक रुपमा लिनु, किनकि लेनिनले भन्नु भयो, सामूहिक विचार–विनिमय बिना मतदान गराउनु असभ्यता, चुत्थोपन र हानिकर होः दोश्रोको मतको आदर र उ प्रति पूर्वाग्रहरहित रवैया, चाहे उ तिम्रो मतसित मेल नखाएको हुनसक्छ । लेनिनले भन्नु भएको थियो फरक तरीकाले सोच्नेहरुलाई, कामलाई फरक ढंगले गर्नेहरुलाई षड्यन्त्रकारी या विरोधी मान्नु हुुदैन, तरपनि मानिसहरुलाई कदर नै गर्नुपर्दछ ।  
भ्ला.इ. लेनिन महान अक्टुबर समाजवादी क्रान्तिको दोश्रो बार्षिकोत्सवको अवसरमा आयोजित मेहनतकशहरुले निकालेको जुलुशका साथ लाल मैदानमा सन १९१९ अक्टुबर ७ मास्को ।
लेनिन प्रतिष्ठालाई निक्कै महत्व दिनु हुन्थ्यो र यस बारेमा आफ्नो विचारलाई उहाँले प्रष्टताकासाथ परिभाषित गर्नु भयो । उहाँले लेख्नु भयो क्रान्ति जस्तोकि भीषण संघर्षमा यो “संघर्षको दौरानमा हासिल गरेको महानता पूर्णतः निर्विवाद नैतिक प्रतिष्ठाको, कुनै अमूर्त नैतिकताले होइन, अपितु क्रान्ति योद्धाको नैतिकता, क्रान्तिकारी जनसामान्यको लामको नैतिकता भन्दा आफ्नो शक्ति ग्रहण गरेको प्रतिष्ठा ठूलो महत्वको हुन्छ । यी शब्द पूर्णरुपेण कम्युनिष्ट लेनिनको नैतिक प्रतिष्ठामाथि लागू हुन्छ । यस्ता प्रतिष्ठामात्र भाषण गरेर या कुनै माथिल्लो पदमा बसेर पाउन सकिंदैन । यस्तो प्रतिष्ठाको व्यवहारमा निरन्तर परिभाषा भैरहन्छ र यसकारण त्यसको भागी उ नै बन्छ, जसको विचारहरुलाई कम्युनिष्टको आदर्शबाट कुनै पनि प्रकारले अलग गर्न सकिंदैन । .............................................. तस्बिरहरुः शीर्षकः कम्युनिष्ट क. भ्ला.इ. लेनिन क्रेमलिनको स्वेर्दलोभ हलमा रु.क.पा(बोल्शेभिक)को दशौं अखिल रुसी काँग्रेसको प्रतिनिधिहरुका विच, सन १९२१ मई २६–२८ मास्को ख.हामी आफ्नो पिताहरुभन्दा श्रेष्ठ तरिकाले लडिरह्यौं । हाम्रा बालबच्चा झन् श्रेष्ठतम् ढंगले लड्ने छन् र विजय हासिल गर्नेछन्– भ्ला.इ. लेनिन ग. हामी आफ्नो पिताहरुभन्दा श्रेष्ठ तरिकाले लडिरह्यौं । हाम्रा बालबच्चा झन् श्रेष्ठतम् ढंगले लड्ने छन् र विजय हासिल गर्नेछन्– भ्ला.इ. लेनिन ....................................................................... अनुवादः जय कार्की माघ २ गते २०८० साल अनुवादः जय कार्की माघ १५ गते २०८० साल लेनिन शब्दचित्र प्रगति प्रकाशन मास्को १९८७ हिन्दी अनुवादः बुद्धिप्रसाद उपाध्याय रुसी अंग्रेजी अनुवाद येगोर याकोभ्लेभ