पास उपलब्ध श्रमिकमाथि कुटपिट बन्द गरि सबारी साधन उपलब्ध गराईयोस- बेनी तिमल्सिना

प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६

• बेनी तिमिल्सिना- औद्योगिक मजदुर संघका उपाध्यक्ष 

मिती २०७६चैत्र १३गते
अखिल नेपाल औद्योगिक मजदुर संघले बिरगंज करिडोरमा कार्यरत औद्योगिक मजदुरहरुको अवस्था बारे लकडाउन पश्चात स्वास्थ्य सुरक्षा तथा कार्यथलोको स्वास्थ्य स्थिति, कार्यथलोको बाताबरणबारे अनुगमन गरिरहेको छ । लकडाउनको अवस्थामा पनि कैयौं कारखानाहरु संचालनमा आईरहेका छन भने सरकारले काम गर्न जान आउनको लागि श्रमिकहरुलाई विशेष पासको व्यवस्था पनि गरेको छ । तर, उनिहरुमाथि कुटपिट पनि भएको अखिल नेपाल औद्योगिक मजदुर संघका उपाध्यक्ष बेनी तिमिल्सिनाले बताएका छन । कि पास नदिनु पास दिएपछि कुटपिट नगर्नु । उनले कार्यथलो पनि एकदम सुरक्षित हुनुपर्छ नत्र भयावह अवस्था आउनसक्छ उनि भन्छन ।

काम गर्न जान आउन सरकारी पास प्राप्त गरेको श्रमिकहरु क्रमश सौरभ फुड छातापिप्राका बिष्णु राना, प्रकाश यादव, रेख बहादुर मगर शिबशक्ति घ्यु उद्योगका श्रीकान्त चौधरी र अरु २ जना र आरती सोपका मोहन अचार्य समेत ४ जनामाथि कुटपिट भएको छ ।
नितनपुरभन्दा उत्तर तर्फमा सन्चालनमा रहेका खाद्यान्न र औषधी कारखानाहरुको निरीक्षण गरी श्रमिकहरुलाई परेका कठिनाई का बारेमा अध्ययन गरियो।
अध्यनका क्रममा सबैजसो उध्योगहरुमा श्रमिक आउँदा जाँदा प्रहरीबाट कुटपिट भएको भन्ने गुनासो रहको छ। उध्योगमा ज्वरो मापन गर्ने यन्त्र नहुँदा संक्रमित ब्यक्तिबाट संक्रमण सर्ने खतरा रहेको गुनासो उच्च रहेकोछ।
त्रिबेणी फिडमा कार्यरत श्रमिकले राज्यलार्इ आबश्यक परेको बेला कामगर्न तयार रहेको, तर श्रमिकको सम्पुर्ण दायित्व, जिम्वेवारी रज्यले लिनुपर्ने बताउछन्। शिवशक्ति घ्युका प्रशासन प्रमुख महेशजंग पाण्डे पासप्राप्त गरेका श्रमिक र आफु समेतलाई प्रहरीले कुटपिट गरेकाले उध्योग चलाउन नसक्ने बताउछन् ।
निरीक्षण गरिएका सबै उध्योगहरु आर्य फर्मा ल्याब, सौरभ फुड, शिबशक्ति घ्यु, आरती भेजिटेबल र एलाईन्स फर्मा, त्रिबेणी फिडका श्रमिकहरुको साझा समस्या आउने जाने सुरक्षित र सहज ब्यवस्था, ब्यक्तिगत सुरक्षाका साधन पि पि ई, उध्योगमा तापक्रम नाप्ने उपकरण हुनुपर्ने जस्ता साझा समस्याछन्।

यी समस्याका साथसाथै यस्तो संकटको घडीमा ज्यान जोखिममा राखी कामगर्ने श्रमिकहरुलाई राज्यको तर्फबाट विशेष सुरक्षाका साधन र भत्ताको ब्यवस्था सहित प्रहरीको सुरक्षामा काममा ल्याउने लैजाने ब्यवस्था मिलाउन ढिला भैसक्यो। यसोगर्न नसक्ने होभने खाध्यान्न र औषधी अभाब भई अर्को ठूलो संकट निम्तिने भएकाले यस बिषयमा प्रशासन राजनैतिक दलहरुका नेतागण, उध्योग ब्यबसायी,सुरक्षा निकायसहित सबैको ध्यानाकर्षण गराउँदछौं अखिल नेपाल औद्योगिक मजदुर संघका केन्दिैय उपाध्यक्ष बेनि तिमल्सिनाले माग गरेका छन ।