बेताज कलियुगको असहाय बादसाह !

बी.कुलुङ प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६
बी.कुलुङ दार्जिलिङ
असहाय पृथ्वीको छाती कुल्चेर
ऊ !
असहाय जून र
शान्तिमय मंगल ग्रहहरुमा
चडाइ गर्नु भन्छ
निर्दोष सारा ब्रह्माण्ड नै भरी
एकछत्र उसको मात्रै
अधिपत्य
जमाउनु भन्छ
अहम्ले हो या अहंकारले
यत्तिसम्म
मात्तिको छन्-कि
अब ऊ !
सृष्टिहारालाई नै मुर्गा बनाउछु भन्छ
स्वार्थको सिंहासनमा
गजधम्म भइ बसेको
क्रुर
बर्बर अनि
तानाशाही
ऊ ! त एक
कलियुगको बादसाह!
उसले जे गरेपनि हुन्छ यहाँ ?
न कसैले याचना वेदनाहरुलाई सुन्छ
न कसैलाई कुराहरु नै टेर्छ
ऊसित
घातक बिज्ञानको सिङै लडाकु फौज
जो छ साथमा
टेक्नोलोजीकल ड्रोन
अणु परमाणुहरु जस्ता विनाशकारी
अत्याघुनिक हाइ/हतियार जो छ
उसको साथमा
तर
उसको अहम्/अहंकारको विजय रथ भने
मात्रै
त्यो एउटै
कणसँग नै(कोरोना) पराजित बनेझैँ
लौ हेर्नुस् त
आज
कस्तरी घुँडा टेक्दैछ
यो युगको उँ!एक
अजय सिंकन्दर
तर बेताज
कलियुगको असहाय बादसाह !!
बी.कुलुङ दार्जिलिङ