नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्ति पनि संक्रमित: तेस्रो व्यक्ति एयर अरेबियाबाट चैत ६ गते नेपाल आए थिय

प्रकाशित मिति : बिहि, चैत्र १३, २०७६

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट तेस्रो व्यक्ति पनि संक्रमित भएका छन् । धादिङ घर भएका संक्रमित व्यक्ति चैत ६ गते संयुक्त अरब इमिरेट्स (युएई)बाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ बाट काठमाडौँ उत्रेको खुलासा भएको हो ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सो विमान राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको जानकारी दिए ।

सो विमानमा आएका यात्रुहरुलाई सरकारले सम्पर्कमा आउन आह्वान गरेको छ ।

‘उहाँ चैत्र छ गते कतारबाट नेपाल आउनु भएका धादिङ निवासी ३२ वर्षीय पुरुष यहाँ आएर होटलमा बस्नु भएको र हिजो अलि असहज भएपछि टेकु अस्पताल गएर परीक्षण गर्दा संक्रमण देखिएको हो’ उनले भने ।

होटल र सम्पर्कमा रहेका व्यक्तिको खजतालस गर्ने र क्वारेन्टाइनमा राख्न जुटिरहेको मन्त्री ढकालले जानकारी दिए ।