साहसको अर्को नाम आमा जोन्स, जस्ले माहामारीलाई पछारेकी थिईन

जीवन यात्रा

जय कार्की प्रकाशित मिति : बुध, चैत्र १२, २०७६

“सडकमा मेरो नजिकै १० जना प्लेग रोगले मरेका थिए, हाम्रो वरिपरी लाशमात्र थिए । ती लाशहरुलाई राती नै हतार हतार कुनै औपचारिक कार्यक्रम विना नै चिहानमा गाडिन्थ्यो ।” मदर जोन्स

अमेरिकी ट्रेड यूनियन आन्दोलन, रंगविभेद, सरकारी विभेदपूर्ण नीति र सामन्तवर्गको शोषणको विरुद्धमा खरो आवाज बुलन्द गर्ने अमेरिकी ट्रेड यूनियन आन्दोलनकर्मीको नाम हो मेरी जी. ह्यारिस ।
तर ट्रेड यूनियन आन्दोलनले उनको सक्कली नामलाई नै परिवर्तन गरिदियो र उनी बन्न पुगिन मदर जोन्स । जोन्सको जन्म सन १८३० मा आयरल्याण्डको कर्क शहरमा एउटा गरिब परिवारमा भएको थियो । उनको पुस्ता लामो समयसम्म आयरल्याण्डको स्वतन्त्रताको लागि लडेको थियो । त्यो आन्दोलनमा थुप्रै विभिन्न समूहका मानिसहहरु मारिएका थिए ।

मदर जोन्सको पिता आप्रवासी श्रमिककारुपमा सन १८३५ मा अमेरिका प्रवेश गरेका थिए भने अमेरिकामा आएर उनी रेल्वे निर्माणको कर्मचारीको रुपमा टोरन्टो क्यानडा जोडने रुटमा काम गर्नथालेका थिए ।
उनले अमेरिकी नागरिकता ग्रहण गरेपछि आफ्नो परिवारलाई अमेरिका ल्याएका थिए । मेरी ह्यारिसले अमेरिका आएपछि प्रारम्भिक तहदेखि माध्यमिक तहसम्मको शिक्षा पुरा गरेकी थिइन । उनी शिक्षक बन्ने शुरमा थिइन भने ड्रेस डिजाइनर बन्ने इच्छा पनि उनीमा थियो । तर पनि उनी टेनिसी राज्यको मेम्फिसमा शिक्षण पेसामा कार्यरत रहिन भने त्यहीं नै सन १८६१ मा फलामको मोल्डरिङ्ग यूनियनका सदस्य जर्ज जोन्ससित उनको विवाह भएको थियो ।

अमेकिाको मेम्फिसमा सन १८६७ मा महामारी प्लेगज्वरोको महामारी फैलियो (अहिलेको ज्यानमारा कोरोनाभाईरस जस्तै) । यो महामारीको चपेटामा खासगरी गरिब परिवार र मजदूरहरु परेका थिए । किनकी धनी तथा सम्पन्न घरानाका सबैजसो यो शहर छाडेर भागिसकेको थिए । स्कुल र चर्चहरु सबै बन्द थिए । महामारी रोग लागेका विरामीलाई अनुमति विना प्रवेश निषेध गरिएको थियो । गरिबहरुले नर्सको सहयोग लिनसक्दैन थिए ।

उनी बिरक्तिएर सो दुखद अवस्थाको बारेमा भन्छिन “सडकमा मेरो नजिकै १० जना प्लेग रोगले मरेका थिए, हाम्रो वरिपरी लाशमात्र थिए । ती लाशहरुलाई राती नै हतार हतार कुनै औपचारिक कार्यक्रम विना नै चिहानमा गाडिन्थ्यो । मेरा घरका सबै रोइरहेको र मुर्छित भएर चिच्याई रहेको सुन्थे । एकपछि अर्को गर्दै हाम्रो चारजना छोराहरु विरामी भए र मृत्युको मुखमा परे । मैले मेरा मृत छोराहरुको साना साना शारीरलाई सफा गरें र गाड्नको लागि तयार पारिदिएँ ।”

पुनः सो दुखद घडीको स्मरण गर्दै उनी भन्छिन “मेरो पतिलाई पनि ज्वरोले समात्यो र उनको पनि मृत्यु भयो । म एक्लै रातभरी शोकमा डुबिरहेँ रोइरहेँ । मेरो नजिक कोही आएनन् । अरुका घरमा पनि मेरै घरमा जस्तै बज्रपात परेको थियो । रातदिन म मृत्युको गाडाको पहियाँको ख्यार ख्यार सुन्थें । अन्ततः यूनियनले मेरो पतिलाई गाड्ने काम ग¥यो । अरु विपत्तिमा परेकाहरुलाई सहायतागर्ने अनुमति मलाई दिईयो । मैले प्लेग रोगको अन्त्य नभएसम्म सहयोगीको रुपमा यो काम गरिरहेँ ।

यो मान्छेको जात पनि कति ज्याद्रो हुँदोरहेछ चारभाई छोरा अब उनीसित थिएनन । जीवनसाथीले आफ्नै काखमा प्राण त्याग गरेका थिए । तर पनि खोई त ? मदर जोन्सले हिम्मत हारेको ? त्यसैले लाग्छ कति धेरै सहन सक्ति भएकी आमा ? प्लेग रोगले सबैलाई एकै गाँस पा¥यो तर उनीसित प्लेगले पनि हार मान्यो ।
यति ठूलो विपत्तिमा पनि हिम्मत हारिनन् मदर जोन्सले । कामको खोजीमा उनि सिकागो शहरतिर लागिन र आफनो ड्रेस डिजाइनरको काम एकजना पार्टनरको सहयोगमा शुरुगर्न थालिन । यसै बखत उनको जीवनमा फेरी अर्को ठूलै दुर्घटना घटयो, सिकागो शहरमा लागेको भयावह आगोले उनको सपनालाई खरानी बनायो । उनको घरवास फेरी खरानीमा परिणत भयो ।
उनले अर्को नयाँ बाटो रोजिन मजदुर मुक्तिको आन्दोलन । उनि एकदम सफल रहिन त्यसकारण उनि मदर जोन्सका नामले इतिहासमा प्रशिद्ध रहेकी छन । त्यसकारण हामी सबैले सकारात्मक सोचकासाथ अघि बढिरहनुपर्छ ।
मानव इतिहास काँहा छ ? जोखिमले नभरिएको, रोग नलागेको र महामारीले हताहत नपारेको ? युद्धले हताहत नपारेको ? इतिहास तब त इतिहास ।