मजदुरको ज्यान जोखिममा, कारखानामा भाईरस विरुद्धको कदम चालियोस- अर्जुृन चिमारिया

प्रकाशित मिति : बुध, चैत्र १२, २०७६

अर्जुृन चिमारिया, अन्टुफ प्रदेश दुई अध्यक्ष

पथलैया बिरगंजका केही उधोगहरु जाहाँ श्रमिकहरु आउजाउ गर्न समेत अफ्ठेरो परेको छ ।
स्वस्थ रहनकालागि प्रयोग गरिने साबुन पानी सानिटाइजर, मास्क,पन्जा र काम गर्ने ठाउँमा एक अर्को बिचको दुरि हुनुपर्नेमा सो नदेखिएको अवस्था रहेको बुझ्नमा आएको छ ।
त्यहाँ कार्यरत साथी श्रमिकहरु कोरोना भाईरसको स्.क्रमणबाट अति जोखिममा रहेको हुँदा यो आजको गल्ती भोलिको खतरा नहोस ।
अत्यावश्यक बस्तुहरु औषधि, खाध्यान्न,पानी,बिजुली,सुरक्षा सेवामा दैनिक काम गरिरहनुहुने सबै श्रमिकलार्इ धन्यवाद छ र उहाँहरुको स्वास्थ्य सुरक्षासंग हाम्रो र हामी सबैको स्वास्थ्य सुरक्षा जोडिएको हुँदा यसमा सबैको ध्यानाकर्षण हुनुपर्ने र यसको ब्यवस्थापन गर्न सम्बन्धित सबै लाग्नुपर्ने हुन्छ।
आज सरकारले ल्याएको सेल्फ क्वारेन्टाइन, लक डाउनको उदेश्य भनेको कोरोना भाईरसबाट बँच्ने र बचाउँने हो । यसलाई सार्थक पार्न तपाईं, हामी सबैको आवस्यकता भएकोछ। यसमा उधोग ब्यवसायी, ट्रेड युनियन, उधोग बाणिज्य संघ, स्थानीय सरकार, सुरक्षा निकाय लगायत सबै चनाखो भर्इ तुरुन्त पहल नलिएको खण्डमा पछुताउनु मात्र पर्नेछ। हाल चालू अवस्थामा रहेका केही पथलैया बिरगंज करिडोरका केही उधोगहरु तृबेणी फिड छातापिपरा,सौरभ फिड छातापिपरा, शिवशक्ती घ्यु जितपुर, ओम एग्रो चावासोति राइसमिल परवानिपुर, नेसनल हेल्थ, आर्य फर्मा,क्वेस्ट फर्मा, एन पि एल, युनिक फर्मा,आजाद फुड, जिडि फर्मा,एलायन्स फर्मा लगायतको गंभीररुपमा ध्यानाकर्षण गराउँन चहान्छु ।