देश संकटमा परेको बेलमा सरकारका निर्णय (लकडाउन)को पालना गर्न आम नागरिकलाई: पार्टी अध्यक्ष प्रचण्डको अपिल

प्रकाशित मिति : बुध, चैत्र १२, २०७६

काठमाडौं । देश संकटमा परेको बेलमा सरकारका निर्णय (लकडाउन) को पालना गर्न आम नागरिकलाई पार्टी अध्यक्ष प्रचण्डको अपिल
अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरस (कोविड–१९) को संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न सिंगो पार्टी पंक्ति र आम जनसमुदायमा अपील गरेका छन्।
पार्टी र सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सम्बन्धित सबैमा प्रचण्डले आग्रह गरेका छन्।

अध्यक्ष प्रचण्डले कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरे।