आइसोलेसनमा राखिएका ३० बर्षका एक युवकको मृत्यु: कोरोना पुष्टि हुन बाँकी

प्रकाशित मिति : मङ्ल, चैत्र ११, २०७६

११ चैत २०७६ , चितवन । भरतपुरस्थित कोरोना विषेश अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएको छ । उनको आज मंगलबार विहान ७ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका उच्च अधिकारीले अनलाइनखबरलाई जानकारी दिए ।

उच्च ज्वरो र रुघाखोकीले ग्रसित बनेका वीरगञ्जका ३० बर्षका युवकको मृत्यु भएको हो । उनको शव अस्पतालमै राखिएको छ । उनलाई चितवन मेडिकल कलेजबाट रिफर गरेर केही दिन अघि कोरोना बिषेश अस्पतालमा पठाइएको थियो ।

उनीलाई कोरोना भएको आशंकामा आइसोलेसनमा राखिएको थियो, तर कोरोना संक्रमण भएनभएको रिपोर्ट आउन बाँकी छ ।
उनको स्वाबको नमुना सोमबार नै संकलन गरिएको र मंगलबार विहान विमानबाट मात्र पठाइएको अस्पताल स्रोतले जनाएको छ ।