संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष पुष्कर आचार्यद्धारा जारी अत्यन्त जरुरी प्रेस बिज्ञप्ति

प्रेस विज्ञप्ति

JTUCC प्रकाशित मिति : सोम, चैत्र १०, २०७६

हामीले त्रास होईन उच्च सतर्कता र सुरक्षा अपनाउनु पर्ने जरुरी छ- अध्यक्ष पुष्कर आचार्य

नोबेल कोरोना भाईरस (COVID-19) बिश्वब्यापी महामारीको रुपमा फैलिने क्रम जारी रहेको छ । छिमेकी राष्ट्र चिनबाट सुरु भएको यो भाईरस छिमेकी राष्ट्र भारतमा समेत फैलिने क्रम जारी रहेको छ । नेपालमा हालसम्म कसैमापनि कोरोना भाइरस नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको भएता पनि बिश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम राष्ट्रको रुपमा राखेकोले हामीले त्रास होईन उच्च सतर्कता र सुरक्षा अपनाउनु पर्ने जरुरी छ ।

नोबेल कोरोना भाईरस सम्वन्धमा त्रास फैलाउनका लागि भ्रामक प्रचार प्रसार गर्ने जो सुकैलाई पनि कडा कानूनी कारवाही गर्न सरकारलाई अपिल गर्दछौं । दैनिक उपभोग्य लगायतका समानहरु लुकाउने तथा कालो वजारी गर्न सक्ने भएकोले नेपाल सरकारले नियमित तथा प्रभावकारी अनुगमन गर्न अनुरोध गर्दछौं । नेपाल सरकार यस महामारी प्रति उच्च प्राथमिकता सहित काम गरेको जनमानसलाई बिश्वस्थ पार्र्न ध्यनाकर्षण गराउदछौं ।

कोरोना भाईरस फैलिएका देशहरुमा काम गर्ने नेपाली श्रमिकहरुको स्वास्थ्यको बिषयमा कुटनितिक माध्यमबाट पहलगर्न नेपाल सरकारसंग अनुरोध गर्दछौं । साथै व्त्ग्ऋऋ मा आवद्ध महसँघहरुलाई सरकार, रोजगारदाता र देश बिदेशका श्रमिकहरुसँग हातेमालो गर्दै आ आफ्नो कार्य क्षेत्रमा जनचेतना जगाउने लगायका काममा मातहतका सबै संघ÷घटकहरुलाई परिचालित गर्न अनुरोध गर्दछौं ।

यस महामारीको गलत फाईदा उठाउदै चिया वगान, उद्योग प्रतिष्ठान, होटेल रेस्टुराँ लगायतमा श्रमिकहरु कटौती तथा निश्कासन गर्ने लगायतका कार्यहरुप्रति, श्रमजीवि वर्गको अधिकार र समृद्धिका लागि साझा ढंगले क्रियाशील रहेका नेपालका मान्यता प्राप्त टे«ड युनियन महासंघहरुको साझा संस्था यस संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (JTUCC) घोर भत्र्सना गर्दछौं र श्रमिकहरुको रोजगारी अन्त्य नहुने कुराको सुनिश्चितता गर्न सरकारको ध्यनाकर्षण गराउँदछौ । श्रमिकहरुलाई सुरक्षीत रुपमा काममा लगाउन सरकार तथा रोजगारदातालाई आग्रह गर्दै हाललाई कर्मचारीहरुलाई बिदा दिनु पर्ने अवस्था आएमा टे«ड युनियनहरुसँग छलफल गरी उचित ब्यवस्थापन कालागि पहल गर्न समेत रोजगारदाता तथा सरकारकोे ध्यानाकर्षण गराउदछौं ।

यस संकटको घडिमा सरकार, रोजगारदाता, श्रमिक लगायत संपूर्ण देशवासीहरुमा उच्च मनोवलका साथ यस महामारीको सामनाका लागि सुरक्षा अपनाउन हुन आग्रह गर्दछौं ।

……..
अध्यक्ष
पुष्कर आचार्य