डब्ल्यूएचओले नेपाललाई भन्यो: भारतसँगका सबै नाका तत्काल बन्द गर्नुस्

प्रकाशित मिति : आइत, चैत्र ९, २०७६

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नेपाललाई भारतसँगका सबै सीमा नाका तत्काल बन्द गर्न आग्रह गरेको छ ।

दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमणका कारण मानिसहरुको हताहती बढ्दै गएपछि डब्ल्यूएचओले नेपाललाई पछिल्लो आग्रह गरेको हो ।

कोरोना रोकथामका लागि डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस अधानोम नेतृत्वमा बनेको ’न्युक्लिसय टीम’ले आज बिहान गरेको नियमित पत्रकार सम्मेलनमा भारतसँगका सीमा तत्काल बन्द गर्न भनिएको हो ।

नाकाबाट आउनेहरुको स्वास्थ्य परीक्षण गरी १४ दिनसम्म क्वारेन्टाइनमा राख्न र संक्रमण फैलिहालेमा त्यसलाई नियन्त्रण गर्ने आपत्तकालिन संरचना बनाउनतर्फ पनि डब्ल्यूएचओले आग्रह गरेको छ ।