आईटियुसी न्याक(ITUC-NAC) को अत्यन्त जरुरी प्रेस विज्ञप्ति

प्रेस विज्ञप्ति

प्रकाशित मिति : आइत, चैत्र ९, २०७६

एकताबद्ध भै उच्च मनोबलकासाथ महामारीको सामना गरौं ।

चीनको युहान प्रान्तबाट फैलिएको कोभिड–१९ अर्थात् नयाँ कोरोना भाइरसको सङ्क्रमणका कारणले २०२० मार्च २१ सम्ममा २,९७,३४५ संक्रमित भएका छन् भने १२,७५८ को यस महामारीको कारणले मृत्यु भैसकेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले नेपाललाई पनि उच्च जोखिममा रहेको राष्ट्रको रुपमा लिएको छ । हालसम्म नेपालमा कोरोना भाइरसको संक्रमितहरुको आधिकारिक पुष्टि नभएता पनि यस भाइरसको संभावित प्रकोप जोखिम नियन्त्रणका लागि सरकारले चालेको पहल कदमीलाई हामी स्वागत गर्दछौं साथै यसलाई अझ प्रभावकारी रुपमा लागू गराउन सरकार समक्ष अनुरोध गर्दछौं ।
पछिल्ला दिनमा संचार माध्यमहरुमा कोरोना भाइरसबारे नेपालका सन्दर्भमा आइरहेका विभिन्न समाचारहरुले जनसमुदायहरुमा एक प्रकारको त्रास उत्पन्न गराएकोले हामी यस अन्तर्राष्ट्रिय टे«ड यूनियन महासंघ– नेपाल आवद्ध परिषद भ्रामक प्रचारको पछि नलागि, सबै श्रमिकवर्ग तथा जनसमुदायहरुलाई सरकार द्धारा गरिएका निर्णयहरुलाई ढृढतापूर्वक पालाना गर्न आग्रह गर्नुका साथै एकबद्ध भइ उच्च मनोबलका साथ सम्भावित महामारीको सामना गर्न आग्रह गर्दछौं ।
साथै, कोरोना भाइरसबाट उत्पन्न हुने समस्या सम्बन्धमा सरकारलाई निम्न विषयहरुमा ध्यान केन्द्रित गराउँदछौं;
ड्ड कोरोना भाइरसको कारण देखाएर कुनै पनि श्रमिकको रोजगारी अन्त्य नहुने कुराको सुनिश्चिता गरियोस् । श्रमिक कटौति गर्न रोक लगाइयोस् र टे«ड यूनियनसँग छलफल गरी रोजगारी सुरक्षाको व्यवस्था गरियोस् ।
ड्ड अत्यावश्क सेवा सञ्चालन सुनिश्चिताका लागि श्रमिकको स्वास्थ्य सुरक्षाको पूर्ण प्रत्याभूति गरियोस् ।
ड्ड विदेशी भूमिमा रहेका नेपाली श्रमिकहरुको समस्या कुटनीतिक माध्यमबाट समाधान गर्न पहल गरियोस् ।

अध्यक्ष
……………
बिनोद श्रेष्ठ

ITUC-NAC